२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

कावासोतीमा प्रहरीको नमूना पेट्रोल पम्प शिलान्यास

कावासोतीमा प्रहरीको नमूना पेट्रोल पम्प शिलान्यास

कावासोतीमा प्रहरीको नमूना पेट्रोल पम्प शिलान्यास

कावासोतीमा प्रहरीको नमूना पेट्रोल पम्प शिलान्यास

कावासोतीमा प्रहरीको नमूना पेट्रोल पम्प शिलान्यास
श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
शुक्रवार, भाद्र ७ २०८१
शुक्रवार, भाद्र ७ २०८१
  • नवलपरासी । नवलपुरको सदरमुकाम कावासोतीमा नेपाल प्रहरीको नमुना पेट्रोल पम्प बन्ने भएको छ । विद्युतीय गाडीहरुको चार्जिङ्ग स्टेशन सहित पेट्रोल पम्प बन्न लागेको हो । पेट्रोल पम्पको शुक्रबार प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले शिलान्यास गरेका छन् । 


    शिलान्यास पछि बोल्दै राईले पेट्रोलपम्म अत्यावश्यकीय सेवा रहेकोले प्रहरीले यसमा काम गर्न लागेको बताए । उनले प्रहरीले खोल्ने पम्पमा गुणस्तरीय इन्धनका साथै असहज अवस्थामा पनि पेट्रोलियम पदार्थ उपलब्धताको लागि सहज हुने बताए । 


    प्रहरीले यो पम्पलाई देशकै नमूना पम्प भनेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुर कावासोतीको अघिल्तिर प्रहरीले पम्प निर्माण शुरु भएको हो । प्रहरीको नाममा महेन्द्रराजमार्गमा रहेको २२ कठठा जग्गामा यो पम्प निर्माण हुन लागेको हो । देशकै नमूना भनिएको यो पम्पमा इभि चार्जिङ्ग स्टेशन, गाडी ग्यारेज, क्याफे शप र करिब ६ कठ्ठामा सुन्दर बगैचा समेत निर्माण हुने जानकारी दिए । 


    यसैबीच प्रहरीको नाममा रहेको २२ कठ्ठा भित्र रहेको जमिनमा बनेको फलफूल चोकमा रहेको सटर, फलफूल पसल तथा किराना पसलहरु प्रहरीले अब केही दिनमा नै खाली गर्ने भएको छ । प्रहरीले यस अघि ३५ दिने सूचना जारी गरेर उक्त जमिनमा भनेको टहरा तथा संरचना हटाउन निर्देशन गरिसकेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij