२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

इमर्जिङ एशिया बैकिंङ अवार्ड : बेस्ट बैंक सहित तीन उपाधि जित्यो शाइन रेसुंगाले

इमर्जिङ एशिया बैकिंङ अवार्ड : बेस्ट बैंक सहित तीन उपाधि जित्यो शाइन रेसुंगाले

इमर्जिङ एशिया बैकिंङ अवार्ड : बेस्ट बैंक सहित तीन उपाधि जित्यो शाइन रेसुंगाले

इमर्जिङ एशिया बैकिंङ अवार्ड : बेस्ट बैंक सहित तीन उपाधि जित्यो शाइन रेसुंगाले

इमर्जिङ एशिया बैकिंङ अवार्ड  :  बेस्ट बैंक सहित तीन उपाधि जित्यो शाइन रेसुंगाले
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, भाद्र ८ २०८१
शनिवार, भाद्र ८ २०८१
  • बुटवल । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२३ अन्तर्गत नेपालबाट बेस्ट बैंक सहित तीनवटा उपाधि जितेको छ ।  

    इण्डियन च्याम्बर अफ कमर्सले भारतको नयां दिल्लीमा आयोजना गरेको ‘बैंकिङ कन्क्लेभ  २०२४’ मा शाइन रेसुंगाले नेपालबाट बेस्ट बैंक सहित बेस्ट पर्फमेन्स अन प्रोेफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ क्याटोगोरीमा पनि  उत्कृष्ट हुंदै उपाधि जित्न सफल भएको हो ।

    अवार्डमा विमस्टेक अन्तर्गतका राष्ट्रहरु भारत,नेपाल,श्रीलंका,भुटान,म्यानमार लगायतका देशका बैंकहरुले प्रतिस्पर्धा गरेका थिए । शुक्रबार नयां दिल्लीमा आयोजित समारोहमा शाइन रेसुंगा डेभलपमेन्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरु र प्रमुख वित्त अधिकृत भुवन पन्थले अवार्ड ग्रहण गरेका थिए । 

    456679137_951837433415574_7550852275547747775_n.jpg
    undefined


    नेपालबाटै एनआईसी एशिया बैंकले बेस्ट पर्फमेन्स अन डिजिटल बैंकिङ शिर्षकमा र गरिमा विकास बैंकले बेस्ट पर्फमेन्स अन एसेट म्यानेजमेन्ट (सम्पत्ति व्यवस्थापन) क्याटोगोरीमा  अवार्ड जितेका छन् ।

    इण्डियन च्याम्बर अफ कमर्सले गत वर्षदेखि वितरण गर्न शुरु गरेको यो अवार्डमा शाइन रेसुंगाले पहिलोपटकमै बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ क्याटेगोरीमा उत्कृष्ट हुंदै अवार्ड जितेको थियो  ।  अहिले दोस्रोपटक पहिलोपटक जितेका दुई विधा संगै प्रमुख विधा बेस्ट बैंक अवार्ड समेत जितेर बैंकले आफूलाई थप उत्कृष्ट र अब्बल सावित गरेको छ । 

    अवार्डका लागि इण्डियन च्याम्बर अफ कमर्सको आर्थिक मामिला तथा नीति विभागले विभिन्न १७ वटा सुचक निर्धारण गरेको थियो । जसमध्ये शाइन रेसुंगाले कुल सम्पत्ति, कुल निक्षेप, कुल कर्जा तथा सापटी, खुद कर्जा तथा सापटी, कुल ब्याज आर्जन,कुल ब्याज खर्च,शुल्कमा आधारित आम्दानी,सञ्चालन खर्च,कर पछिको खुद नाफा,प्रावधान र आकस्मिकता तथा अन्य आम्दानी लगायतका सुचकहरुमा उत्कृष्ट भएको थियो ।

    बैंकले यसअघि न्यु विजनेस एज प्रालिले आयोजना गरेको प्रतिस्पर्धामा दुई पटक बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको अवार्ड जितेको छ।

    स्थापनाकालदेखि नै इथिकल बैकिङको मूल्य मान्यतामा आर्थिक सुशासन कायम गर्दै अघि बढेकाले निरन्तर अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरका अवार्डहरु जित्न  सफल भएको र यसबाट बैंकको उचाई थप माथि पुगेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए ।

    ‘अन्तर्राष्ट्रिय अवार्ड पाउनुमा बैंकका सञ्चालक,कर्मचारी, निक्षेपकर्ता, कर्जा लिएका सर्वसाधारणदेखि उद्योगी व्यवसायी सबैको योगदान र सहयोग छ’–पौडेलले भने ।

    बैंकका अध्यक्ष थानेश्वर पौडेलले शहरी क्षेत्रसंगै ग्रामीण क्षेत्रमा समेत बैंकिङ पहुच पु¥याउने उद्देश्यले बैंकले पहाडी जिल्लामा प्राथमिकताका साथ शाखाहरु विस्तार गरेको र सूचना प्रविधको विकसित युग सुहांउदो डिजिटल बैकिङलाई प्राथमिकता दिएर अगाडि बढेकाले विकास बैंकहरुमा अग्रणी र सेवाग्राहीको रोजाईको बैंक बन्न सफल भएको  बताए ।

     

    शाइन रेसुंगा बुटवलमा केन्द्रीय कार्यालय रहेको लुम्बिनी प्रदेशको एक मात्र राष्ट्रिय स्तरको विकास बैंक हो । ८ अर्ब अधिकृत पुंजी र ४ अर्ब ७३ करोड चुक्ता पुंजी भएको बैंकका देशभर ८८ वटा शाखा, एउटा एक्सटेन्सन काउन्टर र १८ वटा एटीएम सञ्चालनमा छन् । लुम्बिनी प्रदेशमा सबै बैंकमध्ये सबैभन्दा धेरै शाखा र ग्राहक भएको बैंक पनि शाइन रेसुंगा हो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij