बुटवल । बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ (ओम्स) नेपालको प्रथम महाधिवेशनबाट अध्यक्ष पदमा पुनः बुटवलका सूर्य पराजुली सर्वसम्मत निर्वाचित भएका छन् ।
बुटवलमा सम्पन्न महाधिवेशनबाट पराजुलीको नेतृत्वमा २६ सदस्यीय कार्यसमिति चयन भएको हो । जसको वरिष्ठ उपाध्यक्षमा बसन्तराज सिग्देल, उपाध्यक्षहरुमा शैलेश न्यौपाने, डम्बरबहादुर ठकुल्ला र राजन कार्की,महासचिवमा नवराज भुर्तेल, उपमहासचिवहरुमा जनक ढकाल र बाबुराम पोखरेल, सचिवहरुमा पंकज कुमार मिश्र, किशोर वाबु पुरी, सुवाष कुमार श्रेष्ठ र कोषाध्यक्षमा सूर्य प्रसाद पराजुली चयन भएका छन् ।
यस्तै केन्द्रीय सदस्यहरुमा डोरप्रसाद काफ्ले,शिवहरि पोखरेल,पुष्करसिंह धामी,महेश फुलारा,देबेन्द्र गिरी,सलमान कार्की,आह्वान सुवेदी,बद्री अधिकारी,देवप्रसाद शर्मा र रामसिंह पटेल निर्वाचित भएका छन् । यस्तै हरि रिमाल,नरमाया चौधरी,मिनाकुमारी भट्ट,अजितकुमार झा,अरबिन्द्र कुमार मिश्रा र सुरजकुमार सिंह पनि केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।
संस्थाको महाधिवेशन जिफन्टका केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठले गरेका थिए । ओम्स नेपालमा देशभरका करिब ५ हजार बजार व्यवस्थापन र विक्रीमा काम गर्ने कर्मचारी र मजदुर आवद्ध रहेका अध्यक्ष पराजुलीले बताए ।




