२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

जलवायु परिवर्तनको असर

जलवायु परिवर्तनको असर

जलवायु परिवर्तनको असर

जलवायु परिवर्तनको असर

जलवायु परिवर्तनको असर
आइतवार, जेठ २० २०८१
आइतवार, जेठ २० २०८१
  • जलवायु परिवर्तनले खडेरी बढ्दै गरेको र कृषि क्षेत्रमा बहुआयामिक असर देखिन थालेको एक अध्ययनले देखाएको छ । राष्ट्रिय जलवायु सर्वेक्षण-२०२२ ले जलवायु परिवर्तनले कृषि क्षेत्रमा रोगकिराको प्रकोप बढ्दै गएको र कृषि उत्पादकत्व घट्दै गरेको उल्लेख गरेको  छ । 


    जलवायु परिवर्तनले सबैतिर प्रभाव देखिन थालेका छन् । खडेरी, बाढी पहिरो जस्ता असरले कृषि क्षेत्रलाई मात्रै नभई मानव जीवनका विविध पक्षलाई असर गरेको  छ । मान्छेले पहिलेदेखि हासिल गरेका ज्ञान र सीपले मानव जीवनलाई सहज र सरल बनाउँदै लगेको हो । परम्परागत ज्ञान र सीपका आधारमा मानव जीवन नचल्ने अवस्थामा आइपुगेको छ । जलवायु परिवर्तनले अहिलेसम्म देखिएका असर अझँै बढ्ने देखिन्छ । खेतीपातीबाट मान्छे विस्तारै अलग हुने जोखिम बढेको छ नै, खानेपानीको मुहान सुक्दा पहाडमा बस्ती छाडेर हिंड्न थालेका छन् । कुवा र पँधेराले पहाडी जीवन धानिएको थियो । अहिले ती पँधेरा सुख्खा भएका छन् ।  सर्वेक्षणमा सहभागीमध्ये सुदूर पश्चिम र कर्णाली प्रदेशका दुई तिहाइभन्दा बढी सहभागीले खोला पूर्णरुपमा सुक्न थालेको बताएका छन् ।


    जलवायु परिवर्तनको मुद्दा अब समुदायदेखि सरकारसम्मको सरोकार हुनुपर्छ । जलवायु परिवर्तनले पार्ने असर र त्यसको न्यूनीकरणका लागि पहलकदमी लिन तहगत सरकारबीच समन्वय र सहकार्य आवश्यक छ । तहगत सरकारबीचको सहकार्य र समन्वयले नै समुदायलाई एउटै लयमा हिडाउन सकिन्छ । पानीका मुहान जोगाउने अभियान चलाउनुपर्नेछ । पहिले-पहिले वरपीपल रोप्ने चलन थियो, अहिले लामो आयु भएका ती रूख रोप्न छाडिएको छ, भएका पनि काट्न थालिएको  छ । मुहान जोगाउने विषय प्राथमिकतामा पर्दैन् । मनपरी डोजर चलाएर बाटो खन्दा कतिपय ठाउँमा पानीका मुहान पुरिएका छन् । कतिपय मुहान डोजरले छिया-छिया भएका छन् ।


    लुम्बिनी प्रदेश सरकारले केही वर्षअघि एक गाउँ एक पोखरी कार्यक्रम सुरु गरेको थियो । यो कार्यक्रमले निरन्तरता पाउन सकेन् । गाउँमा भएका पोखरी मासिएका छन् । अब जलवायु परिवर्तनको असरसँग जुध्न सरकारले समुदायतहमा गर्नुपर्ने काम गर्न ढिलाइ गर्न हुन्न । कतिपय नीतिगत व्यवस्था भइसकेको छ  भने कपितय गर्न बाँकी काम पनि टुंगो लगाएर जलवायु परिवर्तन अनुकुलन अभियान चलाउन ढिलाइ नगरौं ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij