२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

जिगतढी युद्धमा कर्णेल उजिरसिंह थापा, सुवेदार मनिराज मास्के र स्थानीयको भूमिका

जिगतढी युद्धमा कर्णेल उजिरसिंह थापा, सुवेदार मनिराज मास्के र स्थानीयको भूमिका

जिगतढी युद्धमा कर्णेल उजिरसिंह थापा, सुवेदार मनिराज मास्के र स्थानीयको भूमिका

जिगतढी युद्धमा कर्णेल उजिरसिंह थापा, सुवेदार मनिराज मास्के र स्थानीयको भूमिका

जिगतढी युद्धमा कर्णेल उजिरसिंह थापा, सुवेदार मनिराज मास्के र स्थानीयको भूमिका
जिसी साहित्यकार, वामपन्थी विचारक तथा राजनीतिक विश्लेषक हुन् । दैनिक लुम्बिनीका नियमित स्तम्भकार कुँवर राजनीतिक तथा सामाजिक विषयमा विचार पोख्छन् ।
मंगलवार, भाद्र ११ २०८१
मंगलवार, भाद्र ११ २०८१
  • १. प्राचीन कालमा नेपाललाई रुद्रदेश, शैव देश, किन्नर देश आदि भनिन्थ्यो भन्ने पुराण आदिमा पाइन्छ । त्यतिखेर यहाँ प्राकृतिक धर्म संस्कृति थियो । निरञ्जन निराकार धर्म संस्कृति थियो ।


    २. निरञ्जन निराकार धर्म संस्कृतिको स्थान जातिपाति र विभिन्न साम्प्रदायिक धर्म संस्कृतिले लिएपछि त्यसका विरुद्ध कपिलवस्तु तिलौराकोट क्षेत्रको लुम्बिनीमा सिद्धार्थ गौतमको जन्मपछि साम्प्रदायिक धर्मसंस्कृतिको विरुद्ध समाजलाई एकीकृत र सबैलाई सम्मान र सवल बनाउनका लागि गौतम सिद्धार्थले बुद्ध दर्शन धर्म र संस्कृतिको प्रतिपादन गर्नु भएको हो । यो धर्म दर्शनका प्रतिपादन पनि यसरी नेपालभित्रै भएको थियो । 


    ३. पूर्व मध्यकालमा आइपुग्दा काम रुपदेखि कर्तृपुर । सतलज सम्म विस्तृत नेपाल देश विभाजित भएको इतिहास छ ।
    ४. मध्यकालमा हालको तिब्बत खारी प्रदेश खशान क्षेत्र र हुम्ला, जुम्लाका राजा नागराजले खारीबाट राजधानी जुम्लाको सिंजा कायम गरी शासन गर्न थाले ।


    ५. यो राज्य पनि सतलजदेखि त्रिशुलीसम्म विस्तृत भएको थियो । यही बेला खशान क्षेत्र जुम्लाबाट खश कुराको उत्पति भयो, जुन खश कुरा अहिले नेपाली भाषाको रुपमा विकसित र विस्तृत छ । यो भाषा लोक भाषा हो । लोक भाषा भएकाले यो भाषामा लोक साहित्य, उखान, टुक्का आदि पर्याप्त मात्रामा छन् । लोक साहित्य र उखान टुक्का कुनै व्याकाचार्यले दरबारमा बसेर वा कारखानाबाट उत्पति गरेको भाषा होइनन, त्यसैले जहाँ जहाँ नेपाली जाति अस्याथी रुपमा वा स्थायी रुपमा बसोबास गरेका छन्, त्यहाँ त्यहाँ नेपाली लोक गीत घन्केको छ । लोक भाषा वा नेपाली भाषा विकसित र विस्तृत र सम्पर्क भाषा र भावना आदानप्रदान गर्ने भाषा बनेको हो । 


    ६.तर नागराजले खशान क्षेत्रबाट सुरु गरेको एकीकरण अभियान रोकियो । वि.सं. १८६१ मा आइपुग्दा खशान देश विभाजित भयो । जो जसलाई स्थान स्थानमा दरादरामा द्वारपालका रुपमा राखिएका सरदारहरु थिए, उनीहरुले आफूलाई राजा घोषणा गरी शासन गर्न थाले । 


    ७. राप्ती नदी पश्चिम २२ राज्य र राप्ती पूर्व त्रिशुलीसम्म २४ राज्य कायम भए, बाइसे र चौबिसे राज्य भनेको नै यही हो । 
    ८. तर,  गोर्खा, काठमाडौं उपत्यकाभित्र कान्तिपुर, भक्तपुर, ललितपुरलगायत  राज्यहरु थिए । यी सबै ठालु सामन्त मल्लहरुले चलाएका राज्य हुन् ।  काठमाडौं पूर्व पनि त्यस्तै अन्य स्वतन्त्र राज्यहरु थिए । 
    ९. राज्य विभाजित भए पनि त्रिशुलीदेखि पश्चिम सतलजसम्म नै धर्मको कुरा गर्ने हो भने बुद्ध धर्म सनातनी धर्मको रुपमा थियो र भाषा त नेपाली सम्पर्क भाषा र गीतगानको भाषा बनेको देखिन्छ । 


    १०. नेपालको भाषा साहित्य, संस्कृतिको विकास पश्चिम नेपालबाट सुरु भई पूर्वतिर सर्ने क्रम रहेकोले उपत्यकाको मल्लकालमा अभिलेखहरुमा समेत नेपाली भाषामा समेत प्रस्तर अभिलेखमा नेपाली भाषा प्रयोग गरेको पाइन्छ । 
    ११. गोरखाका राजा पृथ्वीनारायण शाहमा वि.सं. १८०० देखि ठूलो भूभागको राजा हुन् भन लाग्यो । त्यसैले उनी राजा भएको लगत्तैपछि नुवाकोट बेलकोट, मकवानपुर आदि राज्यलाई गोरखामा विलयन गर्न थाले । वि.सं. १८२४ सम्म आइपुग्दा भारतमा व्यापार गर्ने निहुँमा प्रवेश गरेका अंग्रेजहरुले भारतीय धेरैजसो राजा रजौटालाई लगभग ब्रिटिस  भारत उपनिवेशमा गाभिइसकेका थिए । 


    यता गोरखालीले पनि छिमेकी राज्यहरुलाई  गोरखाराज्यमा विलय गर्न थालेपछि कान्तिपुरका राजा जयप्रकाश मल्ल पनि निकै तर्सिएका र आतंकित थिए । त्यसैले राजा जय प्रकाशले अंग्रेज गर्भनरसँग सैन्य सहयोग मागी चिठी पठाए । अंग्रेजले पनि पृथ्वीनारायणको शेखी झार्न र गोर्खालीलाई युद्धको स्वाद चखाइदिने उद्देश्यले जय प्रकाशको सहयोगार्थ १८२४ मा सिन्धुलीगढीको बाटो विशाल फौज पठाइदियो । अक्टरलोनीको नेतृत्वमा ढुङ्ग्रेबाँस हुँदै आएको ब्रिटिस सैन्य शक्ति पौवा गढी वनको बीचमा आइपुग्दा वंसु गुरुङ् अथवा शिकारी गुरुङले अरिङगालको गोलामा गुलेलीले मट्याङ्ग्राले हाने । कालो अरिङ्गालले आक्रमणकारी फिरङ्गीलाई टोकेर हैरान बनायो र कतिपयलाई ठहरै मा¥यो भने, कति त्यहाँबाट भागाभाग भए । कतिपय सेनालाई जुटाएर अक्टोरलोनीले पौवागढीदेखि पश्चिम, बेचल्तीको बाटोबाट उत्तरी डाँडातिर लगे । अंग्रेज फौज डाँडाबाट ओरालै खुर्काेटतिर गयो । फेरि त्यही बेला खास सिन्धुली गढीमा तैनाथ नेपाली सेनाले खुर्काेटतिर ओरालो झर्दै गरेका अंग्रेज सेनालाई प्रहार गर्दा थुप्रै आक्रमणकारी गोली लागेर र भीरबाट लडेर मरे । यो युद्ध प्रत्यक्ष अंग्रेज सेनासँग भएको युद्ध थिएन, यो त नवाव गुरगिनखाँको फौजसँग भएको युद्ध थियो ।


    १२. राजा ठूलो श्रीपेच लाउने ठूलो राजा हुने त्यसका लागि ठूलो भूभाग बनाइदिने कुरा क्रमशः हराएर बलियो राज्य बनाउनुपर्छ भन्ने भावना नेपाली सपुतहरुमा आइसकेको थियो । 


    १३. पृथ्वी नारायणको देहान्त पनि ब्रिटिशलाई हराएर वा हटाएर नेपाली राष्ट्रियता, भाषा, साहित्य, संस्कृति र सभ्यताको संरक्षण र  विकास गर्र्नुपर्छ भन्ने विचार भावना, नेपाल आमाका सन्ततिहरु सेनापतिहरुमा राम्ररी चेत आयो । 
    १५.वि.सं. १८६१ मा राजा रणबहादुर शाह र नेता जनरल, मुख्तियार भीमसेन थापाको रणनीतिक योजना बमोजिम पाल्पा राज्य नेपालमा विलय भयो । जबकि यतिबेलासम्म नेपाली सैन्य शक्तिको पहुँच सतलजसम्म भइसकेको थियो । 
    पाल्पा राज्य नेपालमा विलय भएपछि पाल्पाली सेन राजाका भारदारहरु गोरखपुर निचरौलस्थित ब्रिटिस क्याम्पका हाकिम, मजिस्ट्रेर मेजर ब्राड शाहसमक्ष शरणागत भए । ब्रिटिसलाई उचाल्न थाले । 


    १६. यसको लगत्तैपछि सन् १८१४ अप्रिल २२ मा शिवराज गढी अर्थात् शिवराज गढीदेखि पश्चिम कणाली नदीसम्म ३ ठाना र नारायणी नदी देखियता पश्चिम वाणगंगासम्मको लागि एक ठाना अर्थात् जम्मा ४ ठाना चौकी स्थापना गरी कर प्रशासन सञ्चालन  गर्न थाल्यो । अर्थात् कर उठान थाल्यो । हाकाहाकी सात समुन्द्र पारिको अंग्रेजका गुलाम इण्डियन सिपाहीले अर्काको देशमा आइ शासन गर्न थालेकोमा के–कस्तो कदम चाल्ने हो भनी केन्द्रीय प्रशासनलाई सोधनी गर्दा आफ्नो जमिन सैन्य कारबाही गरी फिर्ता लिने, ठाना चौकी ध्वस्त पारी फिर्ता लिने, ठाना चौकी ध्वस्त पारिदिने आदेश आएपछि पाल्पाली प्रशासक जरनेल काजी अमरसिंह थापाको नेतृत्वमा जगदेव भण्डारी, मनिराज मास्के, करबर पाँडे आदिले सैन्य कारबाही गरी विजय हासिल गरे । शत्रु पक्षका ६ जना मारिए भने १८ जना घाइते भए । 


    १७.आफ्नो शक्तिको दम्भले फुलेको अंग्रेज गभर्नर मरक्युस अफ हेस्टिङसले २५ दिनभित्र नारायणीदेखि कर्णालीसम्मको भूभाग फिर्ता गर्न २५ दिने अल्टिमेटम दियो । नेपाल पक्षले आफ्नो भू–भाग दिने त कुरै थिएन, त्यसैले २५ दिन गुज्रेपछि दक्षिणतिरबाट नेपालमा ५ ठाउँबाट सैन्य आक्रमण गर्ने भए । नारायणीदेखि कर्णालीसम्म छोटकरीमा भन्दा यसको प्रमुख प्रशासनिक केन्द्र पाल्पा तानसेन भएकोले यस बुटवल पाल्पा क्षेत्रको कमाण्डिङ २० वर्षे युवा कर्णेल उजिरसिंह थापा भीमसेन थापाका भतिज, नयनसिंह थापाका छोरा अमर सिंह थापाका नाति । कर्णेल उजिरसिंह थापालाई नयाँ सबुज गठन गर्ने र सेनराजाकालीन नेपाल पक्षधर भारदारलाई खान्गी र पदवी वृद्धि गर्ने अख्तियारसहित वि.सं. १८७१ कात्तिकको २६ गते  पठाएका थिए । सोही बमोजिम कर्णेल उजिरसिंह थापाले बर्तुङ निवासी पं. चिन्तामणि भट्टराईलाई बुटवल नारायण मन्दिरको पूजारीमा थमौती र खान्गी वृद्धि तथा तानसेन ठाडो गल्ली शीतलपाटी निवासी, बुटवल, मोतीपुर विनायकपुर तथा हरिहरपुर नेवारिया घाटलगायत निकै धेरै जग्गा जमिन समेत भएका मीनराज मास्केको देशभक्तिपूर्ण भावना र प्रतिबद्धता र मोही रैती किसानसँगको हार्दिक सम्बन्ध, इण्डिया ब्रिटिस शत्रुपक्षतर्फको तीब्र घृणा र आक्रोशलाई कदर गरी नेवार समुदायबाट पहिलो सैनिक पदमा भर्ती गरियो छोटो अवधिमै सुवेदारमा प्रमोशन गरिदिएका थिए । युद्धका बेला नेपाली सेना र गैर बर्दीधारी झारा सेना लडाकाहरुलाई रसद पानी समेत उनै मनिराजले निःशुल्क उपलब्ध गराएका थिए । देशका लागि महात्याग गर्न सक्ने गरेका मनिराजको कदर गरी कर्णेल उजिरसिंहले उनलाई फौजदारीको (रसद पानी दिने) जिम्मा दिएका थिए । उनले बुटवल निमचोकबाट सैन्य जवानलाई रासन वितरण गर्ने गरेको इतिहास छ ।


    जितगढी युद्ध हुँदा खट्टे मकै जावेमा राखेर झारा सेनाले ल्याउने कुरा एउटा पक्ष हो । त्यो पनि भयो तर प्रमुख रुपमा सैन्य सिपाहीको भोक मोचनको जिम्मा त मनिराज नै लिएका हुँदा यस युद्धमा अन्न पानीको अभाव भएन ।
    वीरहरु युद्ध लडे, युद्ध जिते । जितेपछि मनिराज मास्केले आफूले युद्ध पहिल्यै स्थापना गरेको नारायण मन्दिर, पाटी, पौवा, पर्खाल मर्मत सम्भार, जात्रा र भण्डारा लगाउन अनि आफ्नो १४२ विगाहाभन्दा बढी तराईको जग्गा मन नारायण गुठीको स्थापना गरी राखेको पाइन्छ । (स्रोतः गुढी जग्गा र मालपोत विभाग, मालपोत कार्यालय, भैरहवा)
    निचोडः
    महाकाली पश्चिम र मेची पूर्वको नेपाली भूमि बैरीको पोल्टामा गयो तर यहाँ यस क्षेत्रको भूमि जुन ढाडको रुपमा रहेको थियो ।  त्यो भू–भाग नेपालसँग रही रह्यो । ढाड भाँचिएको भए वा नेपाल र नेपालीको अस्तित्व रहने थिएन, विश्वमान चित्रबाटै नामेट हुने थियो । 
    अंग्रेजतर्फबाट खटाइएको मेजर जनरल सुलिभान उडले २ पटक अत्याधुनिक शस्त्र अस्त्रले सज्जित विशाल सैन्य फौजले आक्रमण गरेको तर दुवै पटक हारेर फर्कन बाध्य भए ।
    यो युद्ध नेपालले जित्नुका पछाडि केही विशेष कारण छन्,
    क) कुशल नेतृत्व
    ख) रैती दुनियाँसँगबाट कर्णेल उजिरसिंहले सहभागिता जुटाउन सक्नु वा जनसहभागिता भएकै कारण जितियो ।
    ग) सुवेदार मनिराज मास्के जस्ता दिलदार जमिनदारले युद्ध  जित्न, देश बचाउन आफ्नो ज्यान र सारा ऐश्वर्य श्री सम्पत्ति खर्च समर्पण गर्न तयार हुनु । 


    युद्धमा विजय प्राप्त भएपछि कर्णेल उजिरसिंहले पाल्पा, तानसेनमा भगवतीको मन्दिर विधिपूर्वक स्थापना गरेर हरेक भाद्र कृष्ण जन्माष्टमीका राति भगवतीको रथयात्रा मन्दिर प्राङ्गणमा गराउने र भोलिपल्ट नवरात्रिका दिन विशेष मुर्हुतमा रथलाई जङ्गी निजमती कर्र्मचारी, सामाजिक संघसंस्थाका प्रतिनिधिहरु र जनताको व्यापक सहभागितामा हर्ष बढाइका साथ तानसेन बजार परिक्रमा गर्ने संस्कृतिको सुरुवात गराए र जुन रही आएको छ । 


    यसरी नै बुटवलमा मननारायण मन्दिरबाट मननारायणको रथ बजारभरि परिक्रममा गराउन, नित्य पूजा आजा गर्न, भण्डारा लगाउन, मन्दिर र मन्दिर परिसरका पार्टी पौवा आदि निर्माण समेत मनिराजले करिब १४२ विगाहा जग्गा, विनायकपुर, मोतीपुर, हरिहरपुर आदिमा जग्गा मननारायण गुठीको नाममा राखेको प्रतिलिपि गुठी संस्थानबाट प्राप्त भएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij