२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सिडिओको मायाले कति फरक पार्‍यो यादवको जिन्दगीमा?

सिडिओको मायाले कति फरक पार्‍यो यादवको जिन्दगीमा?

जनै चुंडिदा भएको विवादले दुर्गाको ज्यान गयो, यादव ६ वर्ष जेल गए । उनलाई फांसीको सजाय थियो । फासीमा जाने मिति आउन ६ दिन बांकी रहंदा रुपन्देहीका सिडिओले ब्लडमनी वापत ४६ लाख जुटाएर पीडित पक्षसंग मिलापत्र गराएपछि यादव मृत्युको मुखबाट जोगिएर नयां जीवन पाए।

सिडिओको मायाले कति फरक पार्‍यो यादवको जिन्दगीमा?

सिडिओको मायाले कति फरक पार्‍यो यादवको जिन्दगीमा?

जनै चुंडिदा भएको विवादले दुर्गाको ज्यान गयो, यादव ६ वर्ष जेल गए । उनलाई फांसीको सजाय थियो । फासीमा जाने मिति आउन ६ दिन बांकी रहंदा रुपन्देहीका सिडिओले ब्लडमनी वापत ४६ लाख जुटाएर पीडित पक्षसंग मिलापत्र गराएपछि यादव मृत्युको मुखबाट जोगिएर नयां जीवन पाए।

सिडिओको मायाले कति फरक पार्‍यो यादवको जिन्दगीमा?
लुम्बिनी पत्रिकाका सह-सम्पादक शर्मा करिब २ दशक देखी पत्रकारितामा क्रियाशील छन् । उनले सममामयीक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
मंगलवार, भाद्र ११ २०८१
मंगलवार, भाद्र ११ २०८१
  • भैरहवा ।

    ‘एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा.....
    एउटा साथीको साथले कति फरक पर्दछ जिउनुमा’.....


    स्वर सम्राट नारायणगोपालले गाएको गीतको माथिका हरफ जस्तै साउदी अरबमा फाँसीको सजाय सुनाइएका धनुषाकारामआशिष यादवको जीवनमा रुपन्देहीका सिडिओले देखाएको मायालेसांच्चिकै ठूलो फरक पारेको छ, अर्थात फासीको सजायबाट मुक्ति पाएर नयां जीवन नै पाएका छन् । एउटा प्रशासकको माया र करुणा अनि ब्लडमनी वापतको ठूलो रकम (४६ लाख) जुटाउन उनलाई रुपन्देहीका व्यवसायीले दिएको साथले एकजनाले मृत्युबाट जोगिएर नयां जीवन पाएपछि सांच्चै एउटा मान्छेको मायाले कति फरक पार्देरहेछ जिन्दगीमा भ्ने गीतको मर्म र भाव पुष्टी भएको छ । 


    त्यही मायाको फलस्वरुप यादव साउदीको जेलबाट मुक्त भई नेपाल फर्केका छन् । नेपालको प्रशासनिक इतिहासमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अर्यालले आफ्नो कार्यक्षेत्र नहुदा नहुंदै पनि धेरै टाढाको भूगोलका बासिन्दालाई बचाउन खेलेको भूमिका सांच्चिकै अनुकरणीय र अविष्मरणीय मात्र छैन, अरु प्रशासकलाई नजिर र प्रेरणा हुन सक्दछ ।


    साउदी अरबमा एकै ठाउं काम गर्ने र बस्दै आएका रुपन्देहीको कञ्चन गाउँपालिका-४ का दुर्गाप्रसाद शर्मालाई हत्या गरेको अभियोगमा यादव ६ वर्षदेखि साउदीकै जेलमा थिए । उनलाई अदालतले फाँसीको सजाय सुनाएको थियो । फांसीबाट जोगिन यादवले मृतकको परिवारबाट क्षमादानको स्वीकृति लिनुपर्दथ्यो ।त्यसका लागि मृतकको परिवारले ‘ब्लड मनी’ वापत् ५० लाख रुपैयाँ मागेका थिए ।


    सम्पत्तिको नाममा झण्डै एक कठ्ठा मात्र घरघडेरी रहेको रामआशिषको परिवारलाई ब्लडमनीवापत् ५० लाख रुपैयाँ जुटाउनु कल्पना बाहिरको र असम्भव जस्तै थियो ।

    तर रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आफूसहित केही कर्मचारी र रुपन्देहीका उद्योगी व्यवसायीबाट ब्लड मनी वापतको ४६ लाख संकलन गर्दै मृतकका परिवारसँग मिलापत्र गराउन सफल भएपछि रामआशिषको जीवन जोगिएको हो ।
    फांसीको सजाय पाउने मिति आउन ६ दिन पहिला प्रजिअ अर्यालले मृतकको परिवारलाई ४६ लाख रुपैयां दिलाएर सहमति गराई त्यसको जानकारी साउदी दुतावासलाई गराएपछि रामआशिषले जीवनदान पाएका हुन् । 


    ‘मेरो टाउको काटिने दिन आउन ६ दिन मात्र बांकी थियो, साउदी अरबको पात्रो अनुसार दोस्रो महिनाको ११ तारिखमा मैले फांसी पाउनेवाला थिएं’-जिल्ला प्रशासन कार्यालय रुपन्देही आइपुगेका रामआशिषले भने-‘रुपन्देहीका सिडिओ साबले ४६ लाख जुटाएर दुर्गा दाइ (साउदीमा हत्या भएका) को मेडमलाई दिएर मिलापत्र गरेको कागज साउदी पठाएपछि म नयां जुनी पाएर फर्केको हुं ।’ 


    रामआशिषले आफू साउदीबाट नेपाल आउने वित्तिकै स्वर्गीय दुर्गा शर्माको परिवारसंग माफी माग्न,साउदीमा रक्सी खाएर गरेको गल्तीको प्रायश्चित गर्न र आफूलाईबचाउन भूमिका खेलेका स्व. दुर्गाको श्रीमती, सिडिओ अर्याल र रुपन्देहीका व्यापारी जसले ब्लड मनीको लागि पैसा दिए उनीहरुलाई धन्यवाद दिन रुपन्देही आएको बताए । 


    रामआशिष रुपन्देही आउने भएपछि प्रजिअ अर्यालले जिल्ला प्रशासन कार्यालयमै बोलाएका थिए, त्यहां ब्लड मनीका लागि रकम दान गरेका व्यवसायीहरु समेत थिए । श्रीमती र छोरीहरुसहित आएका रामआशिषले भावविभोर हुंदै सबैलाई धन्यवाद दिए । 


    विशेषगरी सिडिओ अर्यालको खुलेर प्रशंसा गर्दै उनकै प्रयासले आफू बांच्न पाएको बताए । ‘रुपन्देहीका सिडिओ न मेरो जिल्लाको हुन् न चिनेजानेको हुन्, तर उनले मलाई बचाउन किन यसरी काम गरे म पनि अचम्म परेको छु’-रामआशिषले भने-‘अझै पनि हाम्रोमा पहाडीया र मधेशी भनेर हेर्ने चलन छ तर एउटा पहाडि समुदायको सिडिओले मधेशको गरीब यादवको छोराको जिवन बचाइदियो, म उनलाई भगवान नै मानेको छु, म फांसीमा गएको भए मेरो श्रीमती र  तीन छोरीको बिचल्ली हुनेथियो ।’ स्वर्गीय दुर्गाको परिवारलाई भने रामआशिषले भेट्न पाएनन् । 


    जनै चुंडिदा दुर्गाको ज्यान गयो, यादव ६ वर्ष जेल गए
    तीन छोरी, आमा-बुबासहित ६ जनाको परिवार चलाउन गाह्रो भएको भन्दै रामअशिष सन् २०१२ मा साउदी अरब पुगेका थिए । रामअशिष र रुपन्देहीका दुर्गा साउदीमा पुल, सडक बनाउने कन्स्ट्रक्सन कम्पनीमा काम गर्थे ।दुर्गा इलेक्ट्रिसियन थिए, रामआशिष शुरुमा लेबर काम गर्थे । पछि मेकानिक भए । 


    रामआशिष भन्दा दुर्गा पहिलेदेखि नै साउदीमा काम गर्दै आएका थिए । उनीहरु७-८ महिनासम्म त एउटै कोठामा बसे । पछि बस्ने कोठा अलग भएपनि खाना खाने भान्सा एउटै थियो । राम आशिषका अनुसार  घटना हुनुभन्दा पहिला एकपटक दुर्गाले रामआशिषसंग साउदीको २ हजार सापटी मागेका थिए । रामआशिषले दिएका थिए । र दुर्गाले केही समयपछि फिर्ता गरेका थिए । दुर्गाले फेरि अर्कोपटक पनि त्यहांको २ हजार मागेका तर घरमा आफ्नो आमा बितेकाले रकम दिन नसकेपछि दुर्गा रिसाएको रामआशिषले स्मरण गरे । 


    २०१८ को अक्टोबर ६ तारिखदुर्गा, रामआशिष र  एकजना लिम्बु थरका पुरुषले कोठामा बिहानैदेखि मदिरा खाए । अनि क्यारिमबोर्ड खेल्न थाले । रामआशिषका अनुसार क्यारिमबोर्ड खेल्दा बोर्डबाट खसेको गोटी टिप्न खोज्दा दुर्गा लडे । दुर्गाले हाफ स्याण्डो (गन्जी) लगाएका थिए । उनलाई उठाउन खोज्दा तानिएर जनै चुडियो ।

    जनै चुंडिएपछि दुर्गाले किन जनै चुंडालिदिएको भन्दै रिसाए । रामआशिषले जानी जानी होइन, तपाईलाई उठाउन खोज्दा हो भने ।  यसैमा दुई जनाबीच झगडा भयो । दुर्गाले रामआशिषलाई पनि छडले टाउकामा हानेर रक्ताम्य बनाए । उनीहरुबीच लडाई भयो । झगडा गरिरहेको ठाउंमा निर्माण कम्पनीको छड र जस्ता पाताका बण्डलहरु थिए । दुर्गा तिनै छड र जस्ता पातामाथि घोप्टो परेर बजारिएर  गम्भीर घाइते भए । 


    ‘सोही राति दुर्गा दाइको मृत्यु भएको रहेछ,मैले अर्को दिन बिहान मात्र थाहा पाएं’- रामआशिषले भने-‘हामी दाजु भाइ जस्तै मिलेर बसेका थियौं, कुनै रिसिइबी पनि थिएन,रक्सीले नै घटना भयो,दाइको ज्यानै गयो, म पनि ६ वर्ष जेल गएं, रुपन्देहीका सिडिओ नभएको भए म पनि यतिबेला मरिसकेको हुन्थें ।’ 


    घर हुंदासम्म मदिरा नखाएका रामआशिषले साउदी गएर मदिरा र मासु खान सिकेको बताए । ‘रक्सीले दुख दियो,नेपालमा नखानेहरु पनि विदेशमा गएर रक्सी खाएर बिग्रने रहेछन्’-रामआषिसले भने -‘कमाएर परिवारलाई राम्रो होला भनेर अर्काको देशमा गइन्छ तर रक्सी खाएर नगर्ने काम गर्दा धेरै मान्छे मरेका र दुख पाएका छन्, यस्तो नहोस् ।’ 


    हत्या अभियोगमा साउदीको ताबुक क्रिमिनल कोर्टले सन् २०२० को २० डिसेम्बरमा राम आशिषलाई ५ वर्ष कैद सजायको फैसला गर्‍यो । ५ वर्ष पछि दुवै जनाको परिवारको बीचमा ब्लडमनीमा सम्झौता नभए अन्तिम विकल्प फाँसी दिने पनि अदालतको फैसला थियो ।


    यो घटनाको खबरले घरपरिवारमा बज्रपात भयो । विपन्न आर्थिक अवस्थाको कारण श्रीमती रेनु कुमारी तीन छोरीहरुसहित गुजारा गर्दै आइरहेकी छन् । विपन्नताको कारण ३ छोरीहरुसमेत पढाइबाट बञ्चित छन् ।


    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अर्यालले निजी क्षेत्रको साथ र सहयोगका कारण यादवलाई बचाउने  प्रयास सार्थक भएको बताए । ‘नतमस्तक छु, मृत्युदण्ड कुरेर बसेका यादव हाम्रो अगाडि छन् । मानवता बचाउने अभियानको सन्दर्भमा बन्दी जीवन बिताइरहेका र मृत्युदण्डको सजाय पाएका यादवले  हाम्रो र सुरक्षा प्रमुखहरुको साथ, व्यवसायीहरुको सामाजिक दायित्ववोध र सीता शर्माको विशाल हृृदयका कारण ६ वर्ष जेल सजाय काटेका रामआशिष यादव घर फर्किने वातावरण बनेको छ’- प्रजिअ अर्यालले भने-‘परिवारले ५० लाख ब्लडमनी जम्मा गर्नसक्ने अवस्था नभएकाले रामआशिष फासीमा चढ्नुको विकल्प थिएन, तर  मानवीय संवेदनशीलतासँग जोडिएर हामीले प्रयास गर्‍यौं, रुपन्देहीका व्यवसायीले साथ दिएपछि ज्यान जोगियो ।’ 


    नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको अध्यक्ष कृष्णप्रसाद शर्माले आर्थिक संकट झेलिरहेको वषम अवस्थामा पनि ४६ लाख जुटाउन ठूलो चुनौति भएपनि मानवताका हिसाबले रुपन्देहीका उद्योगी व्यवसायीले उक्त रकम जुटाएर रामआशिषको ज्यान जोगाएको शर्माले भने । ‘एउटाको मृत्यु भइसकेको अवस्थामा अर्कालाई पनि मृत्युको बाटोमा जान दिनु हुदैन भन्ने हाम्रो मान्यता थियो,६ वर्ष जेलमा बस्दा रामआशिषले आफुले गरेको कर्मको सजाय भोगेको र उनको श्रीमती र छोरीहरुले दुःख नपाउन् भन्ने उद्देश्यले पनि रकमको जोहो गरिएको हो ’ - शर्माले भने । 


    आफुले आशा मारिसकेको अवस्थामा रुपन्देहीका सिडिओ र यहांका व्यवसायी आफ्नो लागि भगवान भएर आएको रामआशिषकी श्रीमति रेनो कुमारीले बताइन् । उनले अब श्रीमानलाई विदेश नपठाई यही परिवारसँगै केही गर्ने बताइन् । 


    प्रजिअ अर्यालबाट भएको पहल
    काठमाडौंस्थित कन्सुलर विभागले १२ चैतमा जिल्ला प्रशासन कार्यालय रूपन्देहीलाई ‘ब्लडमनी’मा सम्झौताका लागि पत्र पठायो । कन्सुलर विभागले पीडक र पीडितबीच ब्लडमनी सम्झौता भए/नभएको लेखेर पठाउन प्रशासनलाई भनेको थियो ।


    विदेशमै नेपालीलाई फाँसी हुने खबरसहितको पत्र हात परेपछि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अर्याल सोचमा परे । रामआशिषलाई बचाउन सकिन्छ कि भनेर उनले चासो लिए । रेनुकी मामा प्रभु यादव रामआशिषलाई माफीको आशासहित रुपन्देही आए ।


    प्रजिअ अर्याल प्रभुलाई लिएर मृतक दुर्गा प्रसाद शर्माकी श्रीमती सीता शर्माको घर पुगेर मिलापत्रको प्रस्ताव राखे । ‘सुरुमा उहाँले मान्नुभएको थिएन । त्यो स्वाभाविक पनि हो’, प्रजिअ अर्यालले भने, ‘हामीले उहाँलाई धेरै प्रकारले आग्रह गर्‍यौं र मनाउन सफल भयौं ।’


    प्रजिअ अर्यालका अनुसार पटक-पटक अनुरोध गर्दा पनि तीन महिनासम्म कुरा मिल्न सकेन । कन्चन गाउँपालिकाका अध्यक्ष, जिल्ला समन्वय प्रमुख उमाकान्त चपाई, प्रजिअ अर्याल लगायतको लगातारको प्रयासपछि सीताको परिवारले ५० लाख रुपैयाँ माग गर्‍यो ।


    ‘मृतक परिवारको पक्षबाट एकथरिले ब्लडमनीमा सहमति हुन सक्दैन, त्यसैले छिटो निणर्य लेखेर पठाइदिन दबाब दिइरहेका थिए,’ प्रजिअ अर्यालले भने, ‘कसैको ज्यान लिने गरी चिठी लेखेर हस्ताक्षर गर्न सक्दिनँ भनेर अडान लिएपछि उहाँहरु जानु भयो । तीन महिनापछि आएर बल्ल ५० लाख दिने भए सहमति गर्छौं भन्नुभयो ।’


    सीताले ब्लडमनी बापत मागेको ५० लाख रकम जुटाउन धनुषामा रहेको यादव परिवारको लागि असम्भव थियो । प्रजिअ अर्यालले धनुषाका प्रजिअलाई सम्पर्क गरेर रामआशिषका लागि ब्लडमनी जुटाउन जिल्लामै पहल गर्दा सम्भव होला भनेर आग्रह गरे, तर त्यसलाई त्यति गम्भीरतापूर्वक नलिइएको प्रजिअ अर्यालको भनाइ छ ।


    धनुषामा बेवास्ता भएपछि रेनुकी मामा प्रभु जिल्ला प्रशासन कार्यालय रुपन्देही धाउन थाले । रुपन्देहीका प्रजिअले ब्लडमनीको कुरा उद्योग बाणिज्य महासंघ, लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्मा र सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठलाई भने । यसको लागि कोष बनाउने कुरा भयो ।


    तत्काल प्रजिअ अर्यालले ५० हजार, दुई जना सहायक प्रजिअ र रुपन्देहीका सुरक्षा निकायका तीन जना प्रमुखले जनही २५-२५ हजार रुपैयाँका दरले कोषमा जम्मा गरे । जिल्लाका ३० जना उद्योगी व्यवसायीबाट समेत ३६ लाख २५ हजार रुपैयाँ जम्मा भयो ।
    रामआशिष यादवकी श्रीमती रेनु कुमारीले आफ्नो भएको १५ धुर खेत, अढाइ धुरको घडेरी र त्यसमा बनेको फुसको घर बेचेर १० लाख रुपैयाँ जुटाइन् ।


    कर्मचारी र व्यवसायीबाट ३६ लाख २५ हजार र रामआशिषको परिवारको १० लाख गरी जम्मा ४६ लाख २५ हजार रुपैयाँ मृतक दुर्गा प्रसाद शर्माकी श्रीमती सीतालाई नगदै दिएपछि मिलापत्र भएको प्रजिअ अर्यालले बताए । ‘३ लाख ७५ हजार रुपैयाँ जुटाउन सकिएन । तै पनि मृतकका परिवार माफी दिन सहमत भयो,’ प्रजिअ अर्यालले भने ।


    त्यसपछि मंगलबार रुपन्देहीका प्रजिअको कार्यकक्षमा मृतकका परिवारलाई ब्लडमनी बापतको ४६ लाख २५ हजार रुपैयाँ असार २५ गते सीता शर्मालाई हस्तान्तरण गरियो । उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्माले पनि यो अभियान सफल भएको भन्दै खुसी व्यक्त गरेका छन् । ‘राष्ट्रले नै नोटिस गर्नुपर्ने साँच्चिकै उदाहरणीय काम भयो’- शर्माले भने ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij