२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

युवा आक्रोशलाई हल्का नलेऊ

युवा आक्रोशलाई हल्का नलेऊ

युवा आक्रोशलाई हल्का नलेऊ

युवा आक्रोशलाई हल्का नलेऊ

युवा आक्रोशलाई हल्का नलेऊ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, भाद्र १२ २०८१
बुधवार, भाद्र १२ २०८१
  • सोमबार गौरा पर्वको अवसरमा टुँडिखेलमा सुदूरपश्चिमवासीले आयोजना गरेको कार्यक्रममा केही युवाले नेताहरूविरुद्ध चर्को नाराबाजी गरे ।  वहालवाला र पूर्व प्रधानमन्त्रीलगायत शीर्ष नेता उपस्थित कार्यक्रममा नाराबाजीबिच प्रधानमन्त्री केपी शर्मा ओलीले छोटो मन्तव्य दिएर हिँडे । कांग्रेस सभापति शेरबहादुर देउवा भने उल्टै संयम गुमाएर युवालाई तथानाम गाली गर्दै भाषण छोट्याएर हिँड्न बाध्य भए । 


    सोमबार नै श्रीकृष्ण जन्माष्टमीको अवसरमा पाटन कृष्ण मन्दिरमा पुगेका राष्ट्रपति रामचन्द्र पौडेलविरुद्ध पनि हुटिङ भएको थियो ।
    मंगलबार संसदमा समेत प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि अमरेशकुमार सिंहसम्मले जनतामा आक्रोश र निराशाको आगो बढ्दै गएको र टुँडिखेल घटना खतराको संकेत भएको बताए । यद्यपि उनीहरुको भनाइ नै अन्तिम सत्य हो भन्ने होइन । 


    हुलदंगा र अराजकता फैलाउने, सामाजिक सञ्जालमार्फत् सद्भाव बिथोल्ने काम र  प्रवृत्ति अनुचित छ । तर मुलुकको नेतृत्व गरिरहेका शीर्ष नेताहरुले यस प्रकारका गतिविधिलाई एकतर्फी रुपमा गलत व्याख्या गरेर उम्कन मिल्दैन । टुँडिखेलमा युवाहरूले स्वतःस्फूर्तरूपमा नेताहरुविरुद्ध वितृष्णा व्यक्त गरेका हुन् भने त्यसमा गम्भीर हुनुपर्छ । 


    टुँडिखेलको घटनाबाट राज्यसँग नागरिकको अपेक्षा के रहेछ भनेर बुझ्नुपर्ने हुन्छ । लोकतन्त्रमा नागरिकमा देखिएको गुनासो, विरोध र असन्तुष्टिलाई सुरक्षाकर्मी लगाएर निस्तेज गर्न सकिँदैन । गर्नु पनि हुँदैन । तर, राज्यले सुक्ष्म अनुगमन गरेर आमनागरिकको अपेक्षा के हो भनेर पहिचान गर्नुपर्छ । विपक्षीले पनि उत्तेजकभन्दा समस्या के हो भनेर सरकारलाई देखाइदिनुपर्छ । यस्ता समारोहमा फरक राजनीतिक दलले घुसपैठ गर्न सक्छन् । तर, सत्ता चलाउने व्यक्ति र नेताले कुनै व्यक्ति तथा दललक्षित भनेर बुझ्नुहुँदैन । आमजनताको आक्रोश हो भनेर बुझ्दा समस्या पहिचान र हल गर्न सकिन्छ ।


    कुनै विरोध र असन्तुष्टि आउनेबित्तिकै अराष्ट्रिय तत्व र घुसपैठ भनिदिँदा समस्या पहिचानमा चुकिन्छ । नागरिकले असन्तुष्टि देखाउनु सचेत हुने र सरकार सच्चिने मौका पनि हो । टुँडिखेलमा सोमबार भएको प्रदर्शनलाई नागरिकको सरकारसँग अपेक्षा रहेछ भनेर बुझ्नुपर्छ । पाटनमा राष्ट्रपति तथा टुँडिखेलमा प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीप्रति भएको हुटिङ र नाराबाजीप्रति सुरक्षा निकायले समेत सूक्ष्म अध्ययन गरी यथार्थ पत्ता लगाउनुपर्छ ।


    नागरिक आक्रोशलाई गाली गरेर, हल्कारुपमा लिएर होइन, सरकार सञ्चालन गर्नेहरुले यावत समस्याको समाधानको आशा र विश्वास दिलाएर मात्रै भविष्यमा दोहोरिन नदिने गरी काम गर्नुपर्छ । नागरिकका असन्तुष्टी र आक्रोशको अन्तर्यको सही पहिचान गरेर सम्बोधन गर्न सके मात्रै यस्ता आक्रोशहरु दोहोरिने छैनन् । 

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij