प्रेम सुनार
गुल्मी । पाहडी जिल्लामा गुल्मी गाई भैसीको दुध उत्पादन बढदो भए पनि पछिल्लो विभिन्न परिकारमा दुधजन्य उत्पादन घटदो देखिएको छ । दुधमा गुल्मी जिल्ला आत्मानिर्भर भएको सरकारी तथ्याङकले देखाई रहँदा सदरमुकाम तम्घास लगातका मुख्य ब्यापारिक केन्द्रहरुमा दुधबाट उत्पादित मिठाई जन्य परिकारका पसलहरु शुन्य प्रायः बन्दै गएका छन ।
तम्घासका पुराना समाज सेवी ७४ बर्षीय नन्दराम भुसालका अनुसार २०३५ सालतिर एक जना देशी तम्घासको भिमचोकमा मिष्ठाठान पसल खोल्न आएका थिए । उनि आए लगत्तै २०५० को दशक सम्म तम्घासमा थुप्रै मिठाई पसलहरु थिए ।
त्यसका अलवा चोक चोकमा जेरीपुरी र कुरौनीका पसलहरु थिए । क्रमशः मिठाई र कुराउनीका पसलहरु बन्द हुँदै गए । मानिसहरु खाजाका रुपमा समोसा मोटर , चाउचाउ जस्ता जंङफुट तिर आकार्षित हुँदै गए । सदरमुकाम भित्र अहिले जम्मा तिन वटा मिठाई पसल छन । ब्यक्तिका विभिन्न खुशीयाली र उत्सवहरुमा पछिल्लो चरण बेकरी उद्योगका उत्पादनहरु तर्फ मानिसहरुको आकर्षण बढदो छ । विवाह , हर्ष बढाई जस्ता सिजन बाहेक मिठाई पसलको कारोवार पहिला जस्तो नहुने गरेको पसल सञ्चालकहरु बताउँछन ।
शनिबार बिश्व दुध दिवस भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द गुल्मीले जिल्ला कारणगारका कैदी बन्दीहरुलाई दुध र दुधबाट बनेका परिकार खुवाएर मनाएको छ । दिवस बिशेष कार्यक्रमको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले उदघाटन गरेका थिए ।
सोही कार्यक्रममा पशु विज्ञ केन्द्र प्रमुख हुमकान्त पाण्डेले गुल्मी जिल्ला दुधमा आत्मानिर्भर भएको तथ्याङक सुनाएका हुन ।
त्यस्तै सो केन्द्रका डाक्टर नविना ढकालले मानिसहरुको जिवनलाई चाहिने सम्पुर्ण पौष्टिक आहारा भएकोले दुधमा भएकोले नियमित खानु पर्ने सल्लाह दिए ।
कार्यक्रममा अगुवा पशुपालकका रुपमा बोल्दै वस्तुका रबिन्द्र घिमिरेले कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारी र पशु विज्ञ कार्यालय प्रमुख हुमकान्त पाण्डेको कार्याकालमा कृषकहरुलाई निकै उत्साह थप्ने काम भएको भन्दै प्रशंसा गरेका थिए ।
पछिल्लो चरण मानिसहरु माछा मासु, जाँड रक्सीतिर बढि आकर्षित हुने हुँदा मासु र मदिाजन्य होटलहरु बृद्धि हुने दुध डेरी र मिठाई पसलहरु बन्द हुँदै गएको बिषयमा चिन्ता ब्यक्ता गर्दै प्रमुख जिल्ला अधिकारी शर्माले स्वास्थ्यका लागि दुध र दुधबाट बनेका परिकारमा जोड दिनु पर्ने सुझाव दिए ।
गुल्मीमा ब्यबसायिक पशुपालन र दुध उत्पादनको सरुवात गर्ने नेकपा एमालेका पुराना नेता तथा बहुदल कालमा संघिय सांसद र त्यस यता पुर्व प्रदेश सांसद कमलराज श्रेष्ठको अगुवाईमा थानापतिका कृषकहरुले गरेका थिए ।
श्रेष्ठको अगुवाईमा त्यहाँका ९ जना किशानले २०६० ÷ ०६१ सालतिर भारतबाट उन्नत जातको राँगो र भैसी ल्याई सुरु गरेका थिए । दुध तथा दुग्ध उत्पादनको सेवन , दुग्ध ब्यवसायको प्रर्वद्धन दुध दिवस बिशेष कार्यक्रमको मुख्य आयोजन विज्ञ केन्द्र रहेको थियो भने सहआयोजक डेरी एशोसियन गुल्मी, लुम्बिनी दुग्ध वितरण केन्द्र बलेटक्सार र रिडीको गौरव दुग्ध डेरी उद्योग रहेको थियो । पशु विज्ञ केन्द्रका प्रमुख पाण्डेको अध्यक्षता रहेको कार्यक्रममा डाक्टर ढकालको स्वागत मन्तब्य र सवईन्जिनियर टपेन्द्र बिष्टको सञ्चालन रहेको थियो ।




