२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

गुल्मीमा धेरै बजेट पाउने पालिका बन्यो मालिका

गुल्मीमा धेरै बजेट पाउने पालिका बन्यो मालिका

गुल्मीमा धेरै बजेट पाउने पालिका बन्यो मालिका

गुल्मीमा धेरै बजेट पाउने पालिका बन्यो मालिका

गुल्मीमा धेरै बजेट पाउने पालिका बन्यो मालिका
गुल्मी संवाददाता सुनार सामाजिक विषयमा कलम चलाउछन् ।
आइतवार, जेठ २० २०८१
आइतवार, जेठ २० २०८१
  •  

    गुल्मी । गुल्मी जिल्लाका गाउँपालिकाहरु मध्ये आर्थिक बर्ष २०८१ /०८२ का लागि नेपाल सरकार बाट सबै भ्स्न्दा बढि बजेट मालिका गाउँपालिकाले पाएको छ । गत बर्ष जिल्लामा धुर्कोट पछि बेरुजु रकम कम गराउन दोश्रो उत्कृष्ट पालिका बनेको मालिकाले आगामी आर्थिक बर्षका लागि ४२ करोड २५ लाख बजेट पाएको हो । जुन गाउँपालिका मध्ये सबै भन्दा बढि हो ।

    गत बर्ष कार्य सम्पादन मूल्याकंनमा समेत उत्कृष्ट पालिकाहरु मध्येको एकमा परेको मालिका बिगतमा बढिमा ३८ करोड सम्म पाएको गाउँपालिका अध्यक्ष देविराम अर्यालले बताए । उनले सबै जनप्रतिनिधि , कर्मचारीहरुको मेहनत्ब, भ्रष्टाचार विरुद्ध शुन्य सहनशीलता , बिकास निर्माणमा छिटो छरितो गर्नु पर्छ भन्ने पालिकाको मान्यताको कार्यन्वन पक्षको प्रतिफल भएको प्रतिक्रिया दिए । त्यस्तै उपाध्यक्ष तथा अनुगमन समिति संयोजक उपेन्द्र अर्यालले निरन्तरको निगरानी र पालिकाको सिङ्गो अङ्गको मेहनतको पुरस्कार महसुस गरेको प्रतिक्रिया दिए । पालिका प्रशासनलाई चुस्त राख्न र स्थानीय सरकार संचालन ऐन भन्दा एक रत्ति दायाँ बायाँ नगरि काम गर्ने प्रमुख प्रशासकीय अधिकृत बिकास खनाल सहितका कर्मचारीहरु धन्यवादका पात्र रहेको त्यस पालिकाका प्रबक्ता ज्ञानकुमार बुढाको भनाई छ । इस्मा गाउँपालिका यसपाली पनि सब भन्दा कम बजेट पाउने गाउँपालिका बनेको छ ।

    एमाले नेता लक्षमण बिष्ट नेतृत्वको पुर्ववर्ति सरकारको पालामा हालको त्यस पालिका सतारुढ र तत्कालीन बिपक्षी दल काङ्ग्रेसजनले सासद तथा पुर्व मन्त्री गोकर्ण बिष्टकै गृहपालिकामा सबै भन्दा थोरै बजेट भनेर आलोचना हुन्थ्यो , अहिले काङ्ग्रेसजन कै नेतृत्वदायी कर्यकालमा जम्मा ३१ करोड ।। बजेट पत्नुले आलोचनाका लागि आलोचनाले नै उटाको जबाफ पत्थरले दिएको एमालेजनको तर्क छ । मालिका गाउँपालिका पछि दोश्रो ठुलो बजेट पाउने रुरुक्षेत्र गाउँ पालिका परेको छ ।

    उसले ४१ करोड ५६ लाख बजेट पार्को छ । माओवादीका युवा नेता यदु ज्ञवालिको नेतृत्व रहेको त्यस पालिका कार्य सम्पादन मुल्यांकन र बुरुजु कम गर्ने गुल्मीका स्थानीय तह मध्ये उत्कृष्ट एकमा रहेको सरकारी तथ्यांकनै आफै बोलेको छ । त्यस्तै तेस्रो ठुलो बजेट पाउने छत्रकिट गाउँपालिका बनेको छ । उसले ४१ करोड २६ लाख बजेट पाएको हो ।

    एमाले युवा नेता रामप्रसाद पाण्डेले नेतृत्व गरेकि त्यस पालिका बेरुजु कम गर्ने उत्कृष्ट पाँच पालिका मध्ये एकमा परेको छ । चौथो ठुलो बजेट पाउने धुर्कोट गाउँपालिका बनेको छ । उसले ४० करोड ७८ लाख बजेट पाएको छ । पहिलो र दोश्रो कार्यकालको समेत नेतृत्व पाएका भुपाल पोख्रेलको प्रत्येक बर्षको कार्यकाल हरेक सरकारी मुल्यांकमा अब्बल रहदै आएको छ । त्यस्तौ सत्यवतिले ३८ करोड २ लाख , कस्लिगण्डकिले ३६ करोड ६८ लाख , चन्द्रकोटले ३४ करोड २१ लाख , मदानेले ३४ करोड ११ लाख , गुल्मीदरबार गाउँपालिकाले ३३ करोड ६३ लाख बजेट पाएका छ गुल्मीका दुई नगरपालिका मध्ये बजेटमा पनि मुसिकोट नगरपालिका अगाडी छ । सदरमुकाम कै नगरपालिका रेसुङ्गाले ४८ करोड ९ लाख बजेट पाउदा ग्रामीण भेगको नगरपालिका मुसिकोटले ५१ करोड ५० लाख बजेट पाएको छ ।

    यि दुई नगर मध्ये गत बर्ष सरकारी खर्च बेरुजु कम गर्ने मुसिकोट नगरपालिका रहेको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख छ । जसमाउत्कृष्ट धुर्कोट रहेको छ । क्रमशः मालिका , रुरु क्षेत्र , मदाने र छत्रकोट उत्कृष्ट पाँचमा परेका छ्न ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij