२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

‘करको दायरा बढाउ, करदाताको सम्मान गर’

‘करको दायरा बढाउ, करदाताको सम्मान गर’

‘करको दायरा बढाउ, करदाताको सम्मान गर’

‘करको दायरा बढाउ, करदाताको सम्मान गर’

‘करको दायरा बढाउ, करदाताको सम्मान गर’
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, भाद्र १२ २०८१
बुधवार, भाद्र १२ २०८१
  • सैनामैना । सैनामैनाका व्यापारी, व्यवसायी तथा उद्यमीहरुले करको दायरा बढाउनुका साथै करदातामा प्रोत्साहन जगाउने खालका कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका छन् । कर तिरे पनि त्यसको सदुपयोग भए, नभएको जानकारी नहुने र कर तिर्नका लागि समेत सास्ती भोग्नु परेको उनीहरुको गुनासो छ । 


    सैनामैना व्यापार संघको आयोजनामा करदाता शिक्षा, राजस्वका प्रावधान र तीन तहका सरकारका सम्बन्धित निकायको भूमिका विषयक एक दिने प्रशिक्षण तथा अन्तरक्रियामा सहभागी सैनामैनाका अगुवा व्यवसायीहरुले करदातामा प्रोत्साहन जगाउने खालका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन् । 


    व्यापार संघले सैनामैनामा रहेका साना, मझौला, ठूला व्यवसायी एवमु उद्यमीहरुलाई एकै ठाउँमा भेला गरेर कर, राजस्व तथा तिनका क्षेत्र र प्रावधानका बारेमा सम्बन्धित विषय विज्ञहरुमार्फत प्रशिक्षण सञ्चालन गरेको छ । सोही अन्तरक्रियात्मक प्रशिक्षणमा सहभागी यहाँका व्यवसायीहरुले करको दर बढाउने भन्दा पनि दायरा बढाएर करदातामा प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिए । 


    एक संक्षिप्त समारोहबीच सैनामैना नगरपालिकाका उपप्रमुख बिना रानाले कार्यक्रमको उद्घाटन गर्दै राज्यले बनाएका विभिन्न नीति नियमहरु, तीन तहका सरकार र तोकिएका विभिन्न शिर्षकका करहरु, राजस्वका अनेक प्रावधानहरुका बारेमा जानकारी गराउने कार्यक्रम राखेर व्यापार संघले राम्रो सन्देश दिएको बताइन् । 


    सैनामैना नगर सरकारले स्थानीय व्यापार र वाणिज्य क्षेत्रको विकास र विस्तार गरेर आम नगरबासीको  दैनिक क्रियाकलापलाई सहज बनाउन उत्प्रेरणा दिएको उपप्रमुख रानाको भनाइ छ । सरकारले राजस्व बढाउन उद्योगी र व्यवसायीलाई उत्साहित गराउन जरुरी रहेको उल्लेख गर्दै उपप्रमुख रानाले करका प्रावधानलाई सिर्जनशील र व्यावहारिक बनाइने प्रतिबद्धता जनाइन ।
    सैनामैनामा वस्तुको विक्री वितरण मात्रै होइन, सेवामूलक व्यवसायदेखि उत्पादनमूलक क्षेत्रका व्यवसाय समेत सञ्चालनमा रहेको र तिनै व्यापारी तथा व्यवसायी र उद्यमीहरुलाई एकै ठाउँमा भेला पारेर कर तथ राजस्वका बारेमा प्रशिक्षण सञ्चालन गरिएको सैनामैना व्यापार संघका अध्यक्ष सुरेन्द्र पौडेलले जानकारी दिए ।


    ससना किराना पसलदेखि आफैले मालसामान उत्पादन गरेर विक्रीवितरण गर्नेसम्मका व्यवसायी र उद्यमीहरु सैनामैनामै रहेको र करका अनेक प्रवधानका बारेमा सबैमा स्पष्ट जानकारी समेत नहुने भएकाले सम्बन्धित कार्यालयलका विषय विज्ञहरुमार्फत नै प्रशिक्षण सञ्चालन गरिएको अध्यक्ष पौडेलको भनाइ छ । सैनामैना व्यापार संघको अगुवाई र अरु सम्बद्ध संस्थाहरुसंगको समेत सहकार्यमा सैनामैनाको आर्थिक क्रियाकलापमा सघन बनाउने साझा उद्देश्य रहेको अध्यक्ष पौडेलले बताए ।


    करका दर कम गर्ने र करको दायरा बढाउनेतर्फ तीनै तहका सरकारले ध्यान दिनुपर्छ भन्ने हामी सैनामैनाका उद्यमी, व्यवसायीहरुको साझा माग रहेको संघका वरिष्ठ उपाध्यक्ष देवीदत्त सुवेदीले बताए । व्यापार व्यवसायका क्षेत्रमा लागु भएका सबै प्रकारका कर, सबै तहका राजस्व र व्यवसायीले गर्नुपर्ने अनिवार्य कामका बारेमा सबै व्यवसायीहरुलाई अपडेट बनाउने र करदाताको उचित सम्मान हुनुपर्नेमा आफुहरुको जोड रहेको संघका महासचिव भीमप्रसाद सुवेदीले बताए । 


    उक्त कार्यक्रममा आन्तरिक राजस्व कार्यालय बुटवलका कर अधिकृतहरु खडानन्द खरेल, प्रकाश गौतम, राजस्व अनुसन्धान कार्यालय बुटवलका अधिकृत दिपेन्द्र श्रेष्ठ, सैनामैना नगरपालिकाका कर अधिकृत शिवलाल घिमिरे र राजस्व शाखाका कर्मचारी सुजन भण्डारीलगायतले करका विभिन्न प्रावधान र राजस्वका क्षेत्रहरुका बारेमा सहजीकरण गराउनुका साथै कर र राजस्वका अलग अलग विषयमा प्रशिक्षण दिएका थिए । 


    कर तथा राजस्वको नियमन गर्ने सम्बन्धित तीनवटै निकायका विज्ञ अधिकारीहरुले कार्यक्रममा सहभागी सैनामैनाका व्यवसायी, उद्यमी तथा व्यापारीका अगुवाहरुसंग अन्तरक्रियात्मक रुपमा सहजीकरण गर्दै प्रशिक्षण दिएकाले कार्यक्रम प्रभावकारी भएको संघका महासचिव सुवेदीले दाबी गरे ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij