२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सडक डिभिजनद्वारा प्रहरीलाई सडक सुरक्षा सामग्री सहयोग

सडक डिभिजनद्वारा प्रहरीलाई सडक सुरक्षा सामग्री सहयोग

सडक डिभिजनद्वारा प्रहरीलाई सडक सुरक्षा सामग्री सहयोग

सडक डिभिजनद्वारा प्रहरीलाई सडक सुरक्षा सामग्री सहयोग

सडक डिभिजनद्वारा प्रहरीलाई सडक सुरक्षा सामग्री सहयोग
अधिकारीले प्युठानमा रहेर समसामयिक विषयमा कलम चलाउछन।।
बिहिवार, भाद्र १३ २०८१
बिहिवार, भाद्र १३ २०८१
  • प्युठान।बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि सडक डिभिजन कार्यालय प्युठानले सडक सुरक्षा सामग्री सहयोग गरेको छ।दुर्घटना न्यूनीकरणका गर्नको लागि  जिल्ला प्रहरी कार्यालयलाई उक्त सहयोगी सामग्री हस्तान्तरण गरेको हो।
     
    बुधबार एक कार्यक्रम गरि सडक डिभिजन कार्यालय प्युठानले जिल्ला प्रहरी कार्यालयको अनुरोधमा सवारी दुर्घटना न्यूनीकरणमा सहयोग गर्ने उद्देश्यले उक्त सडक सुरक्षा सामग्री सहयोग गरेको सडक डिभिजन प्रमुख राजीव श्रेष्ठले जानकारी दिए।पछिल्लो समयमा बढ्दै गएको सवारी साधन  दुर्घटना ट्राफिक सम्बन्धी चेतनाको अभावका कारण सडक दुर्घटना बढ्दै गएको बताउदै यी सामग्री थोरै भए पनि प्रभावकारी हुने डिभिजन प्रमुख श्रेष्ठको भनाई छ। 


    कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी देवी शर्माले दूर्घटना न्यूनीकरण र सडक सुरक्षाको क्षेत्रमा देखाउनु भएको तदारुकता र महत्वपूर्ण सहकार्यका लागि सडक डिभिजन कार्यालय प्रति बिशेष आभार प्रकट गरेकी थिईन।
    जिल्ला प्रहरी कार्यालय प्युठानलाई ट्राफिक कोन, कन्भेक्स मिरर र वाटर बेरिएर गरि करिव ६ लाख रुपैयाँ बराबरको दूर्घटना न्यूनीकरण सचेतना सम्बन्धी सामग्री हस्तान्तरण गरेको सडक डिभिजन कार्यालय प्युठानका सुचना अधिकारी तथा इन्जिनियर राजेन्द्र कार्कीले बताए। 


    सो कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख इश्वर बहादुर थापाले सहयोग प्रति धन्यवाद व्यक्त गरेका थिए।उनले आगामि दिनमा पनि यस्तै सहयोग जारी रहोस् भन्दै सचेतनामुलक सामग्री दुर्घटना न्यूनीकरणमा सहयोगी बन्ने बताए।

     डिभिजन प्युठान उत्कृष्ट छनौट 
    सडक विभाग र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आर्थिक २०८०/०८१ मा सडक डिभिजन कार्यालय प्युठानलाई सडक सुरक्षा तर्फ प्रभावकारी कार्य गरेको भन्दै कदर पत्रले सम्मान गरेको छ।बजेटको अभावले तयारीमा रहेका केही पहिरो नियन्त्रणको कार्य गर्न नसकिए पनि डिभिजनमा प्राप्त बजेटको सदुपयोग गरि राजमार्गको यातायात आगमनलाई अवरोध रहित सुरक्षित गरेको सडक डिभिजन कार्यालय प्युठानका प्रमुख राजीव श्रेष्ठले जानकारी दिए। 

    प्युठानमा दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    सोही कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) ईश्वर थापाले प्युठानमा सवारी दुर्घटना र मानवीय क्षति घटेको बताए।
    उनका अनुसार आर्थिक वर्ष २०७९/८० मा ३३ दुर्घटनामा २८ जनाको मृत्यु हुँदा ५८ जना घाइते भएका थिए।आर्थिक वर्ष २०८०/८१ मा २८ सवारी दुर्घटनामा हुँदा १४ जनाको ज्यान गएको र १५ जना घाइते प्रहरी कार्यालयले जनाएको छ।

    पछिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा दुर्घटना र त्यसबाट मृत्यु हुनेको सङ्ख्यामा करिब ५० प्रतिशतले कमी आएको प्युठान प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) ईश्वर थापाले जानकारी दिए।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij