२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

राष्ट्रिय दिवस हुनसक्छ भगवती जात्रा

राष्ट्रिय दिवस हुनसक्छ भगवती जात्रा

राष्ट्रिय दिवस हुनसक्छ भगवती जात्रा

राष्ट्रिय दिवस हुनसक्छ भगवती जात्रा

राष्ट्रिय दिवस हुनसक्छ भगवती जात्रा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, भाद्र १३ २०८१
बिहिवार, भाद्र १३ २०८१
  • नेपाली फौजले अंग्रेज फौजलाई युद्धमा जितेको  खुसियालीमा पाल्पाको सदरमुकाम तानसेनमा  २०५ वर्षदेखि ऐतिहासिक विजयोत्सव भगवती रथयात्रा (जात्रा) निकाल्ने गरिएको छ । वि. सं १८७१ पौषदेखि १८७२ जेठसम्म बुटवल जितगढी युद्धमा नेपालले अंग्रेजलाई पराजित गरेको थियो । तत्कालीन पाल्पाका प्रशासक कर्णेल उजिरसिंह थापाको नेतृत्वमा दुई पटकसम्म अंगेज सेनासँग युद्धमा नेपालले विजय हासिल गरेको थियो । 


    युद्धमा अंग्रेज सेनालाई हराएको संम्झनामा वि.स.१८७७ देखि निरन्तर रुपमा  प्रत्येक वर्ष पाल्पामा कृष्ण जन्माष्टमीको भोलिपल्ट नवमीको दिन विजयोत्सव स्वरुप भगवती रथयात्रा निकालेर धुमधामका साथ मनाउने गरिएको छ । 
    तत्कालीन प्रशासक कर्णेल थापाले  बुटवल जितगढी युद्धमा विजयी भएमा तानसेनमा भगवतीको ३ तले  मन्दिर बनाइ भगवतीको महिमा चारैतिर फैलाउने छु भनी भाकल गरेको जनश्रुति छ । २ पटकसम्म बुटवल जितगढी क्षेत्रमा भएको युद्धमा नेपाली फौजले विजय हासिल गरेपछि कर्णेल उजिरसिंह थापाले वि.स. १८७२ देखि ७६ सम्म गजुरसहितको ३ तले मन्दिर निर्माण पूरा गरेका थिए । आधुनिक हातहतियारसहितको तालिम प्राप्त अंग्रेज सेनासँग घरेलु हातहतियारको भरमा कुशलतापूर्वक लडेर जित्नु आफैँमा सहजै पत्यार गर्न नसकिने घटना हो । 


    युद्धमा नेपाली सेनाले बहादुरीका साथ लडेर अंग्रेजमाथि विजयी प्राप्त गरेकाले नेपाली सेना, जिल्लाका सरकारी तथा गैर सरकारी संघ संस्थाहरुले हर्षोल्लासका साथ विजयोत्सव मनाउने गरेका छन् । तर नेपालको स्वतन्त्रता र अखण्डतालाई जोगाउन ऐतिहासिक योगदान गरेको घटनासँग जोडिएको यो जात्राले जसरी राष्ट्रिय महत्व र प्राथमिकता पाउनुपर्ने हो, पाउन सकेको छैन । संघीय शासन व्यवस्था लागू भएपछि प्रदेश सरकारले रथयात्रा निकाल्ने दिन पाल्पा जिल्लामा सार्वजनिक बिदा दिने र जात्रा मनाउन स्थानीय सरकारले आर्थिक सहयोग गर्ने बाहेक यो जात्रालाई राष्ट्रिय महत्व र स्थान दिन चुकेको अवस्था छ । यसपटकको भगवती जात्रामा राष्ट्रपति रामचन्द्र पौडेल, प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलगायत मन्त्री, सांसदहरु  सहभागी भए । यस्तो उपस्थिति स्वागतयोग्य छ । तर अब भगवती जात्रालाई  राष्ट्रिय दिवस बनाउनेतर्फ वहस थाल्नुपर्छ ।

    सरोकारवाला सबैसँग वहस गरी यो दिनलाई राष्ट्रिय दिवसको मान्यता दिलाउन सके यो विषय राष्ट्रियकरण मात्र होइन, अन्तर्राष्ट्रियकरण पनि हुन्छ । भगवती जात्रा राष्ट्रिय दिवस घोषणा हुनसके यसले पाल्पाको मात्र नभई रुपन्देहीसहित प्रदेशको पर्यटन विकासमा समेत योगदान दिनेछ । यसतर्फ सरोकारवाला संघसंस्था, तानसेन नगरपालिकालगायतले सार्थक पहल गर्न आवश्यक छ । यसपटक राष्ट्रपति रामचन्द्र पौडेलले समेत भगवती जात्रालाई राष्ट्रिय दिवस बनाउन चासो राखेको हुँदा यही मौका छोपेर मन्दिर व्यवस्थापन समिति,  तानसेन नगरपालिका र सरोकारवालाले संघीय सरकारसँग लिखित माग राखेर मन्त्रिपरिषद्बाट निर्णय गराउनेतर्फ पहलकदमी लिनु जरुरी छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij