२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नवलपुरमा झुटो विवरण पेश गरी दोस्रो नागरिकता लिन खोज्न पक्राउ

श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
बिहिवार, भाद्र १३ २०८१
बिहिवार, भाद्र १३ २०८१
  • नवलपुर । एक पटक नागरिकता लिई सकेर झुटो विवरण पेश गरेर पुन अर्को नागरिकता लिन खोज्ने एक जनालाई नवलपुर प्रहरीले पक्राउ गरेको छ । 

    जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार नवलपुरको गैडाकोट नगरपालिका ५ निवासी बलराम सापकोटाका २८ बर्षीय छोरा अर्जुृन सापकोटा पक्राउ परेका हुन् । 

    २०७३ साल साउन १४ गते जिल्ला प्रशासन कार्यालय बाग्लुङ्गबाट ३६२०२६–२५८३ नम्बरको नेपाली नागरिकताको प्रमाण पत्र लिएका सापकोटाले जिल्ला प्रशासन कार्यालयमा जन्ममिति लगायतका सम्पूर्ण विवरण झुटो पेश गरी नागरिकता लिन लागेको थाहा पाएपछि पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक पौडेलले जानकारी दिए । 

    सापकोटालाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४(६) बमोजिम दोहोरो नागरिकता शिर्षमा पक्राउ गरिएको हो । उने भदौ ११ गते जिल्ला प्रशासन कार्यालय नवलपुरमा झुटो विवरण पेश गरेर दोहोरो नागरिकता लिन खोजेकोले जिल्ला प्रशासन कार्यालय नवलपुरका पत्र अनुसार पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

    सापकोटालाई जिल्ला अदालत मार्फत ५ दिन म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij