२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

कर्जाको ब्याज ३२ महिनायताकै सस्तो

कर्जाको ब्याज ३२ महिनायताकै सस्तो

कर्जाको ब्याज ३२ महिनायताकै सस्तो

कर्जाको ब्याज ३२ महिनायताकै सस्तो

कर्जाको ब्याज ३२ महिनायताकै सस्तो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, भाद्र १३ २०८१
बिहिवार, भाद्र १३ २०८१
  • काठमाडौं । बैंकिङ प्रणालीमा कुनै समय ऋणको ब्याज अचाक्ली महँगो हुँदा आम सर्वसाधारण देखि उद्योगी व्यवसायीसम्म मारमा परेका थिए ।

    व्यवसाय निरन्तरताका लागि कर्जा लिएर तिर्न नसक्ने अवस्था समेत सृजना भएको भन्दै विभिन्न फोरममा ब्याजदर उच्च भएको विषय बहसको विषय बन्ने गरेको थियो ।

    विशेष गरी ब्याजदर सधैँ स्थिर रहँदैन तलमाथि भइरहन्छ भन्ने जानकारी भएकाहरूले पनि ब्याजदरको विषयलाई लिएर विभिन्न खालका आरोप बैङ्कहरूलाई लगाए । अहिले परिस्थिति केही फरक छ ।


    अहिले बैङ्किङ प्रणालीमा निक्षेपको ब्याजदर लगातार जसो घटिरहेको छ भने यसले कर्जाको ब्याजदर समेत कम गराउँदै लगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार विगत ३२ महिना यताकै सस्तो कर्जा पाइन थालेको देखिन्छ ।

    अर्थात् वाणिज्य बैंकहरुको आधार दर (बेसरेट) ३२ महिना यताकै सस्तो भएको छ । आधार दर कम हुनु भनेको कर्जाको ब्याजदर कम हुनु पनि हो किनभने बैंकहरुले कर्जाको ब्याजदर आधार दरमा प्रिमियम जोडेर तय गर्छन् ।

    नेपाल राष्ट्र बैंकका अनुसार २०७८ मंसिरमा बैंकहरुको आधार दर ८।२४ प्रतिशत थियो त्यसको ३२ महिनापछि आइपुग्दा आधार दर २०८१ असारमा ८ प्रतिशतमा झरेको छ ।

    २०७९ पुसमा आधार दर सबैभन्दा महँगो १०।८५ प्रतिशत थियो । त्यसयता हालसम्म आइपुग्दा आधार दर २।८५ प्रतिशतले घटेर ८ प्रतिशतमा झरेको देखिन्छ । कर्जा सस्तो हुँदा सेयर बजारमा प्रवाह हुने कर्जा बढेको छ ।

    एक वर्षमा यो क्षेत्रमा ९० अर्ब बढी कर्जा प्रवाह भएको छ । घरजग्गामा प्रवाह हुने कर्जा पनि बढेको छ । २ खर्ब ६८ अर्ब १५ करोड बराबरको रियल स्टेट कर्जा प्रवाह भएको छ ।

    आधार दर कम भएसँगै कर्जाको ब्याजदर त कम भयो तर कर्जा प्रवाह भएन । बैंकहरुले आफूसँग भएको निक्षेप सस्तो ब्याजदरमै केन्द्रीय बैंकमा राखिरहेका छन् । समग्रमा नीजि क्षेत्रमा प्रवाह हुने कर्जा ५।८ प्रतिशतले बढेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij