२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

बुटवल उद्याेग वाणिज्य संघका सदस्यलाई यति एयरलाईन्समा छुट सुविधा

बुटवल उद्याेग वाणिज्य संघका सदस्यलाई यति एयरलाईन्समा छुट सुविधा

बुटवल उद्याेग वाणिज्य संघका सदस्यलाई यति एयरलाईन्समा छुट सुविधा

बुटवल उद्याेग वाणिज्य संघका सदस्यलाई यति एयरलाईन्समा छुट सुविधा

बुटवल उद्याेग वाणिज्य संघका सदस्यलाई यति एयरलाईन्समा छुट सुविधा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, भाद्र १३ २०८१
बिहिवार, भाद्र १३ २०८१
  • बुटवल । यति एयरलाईन्सले बुटवल उद्याेग वाणिज्य संघ रुपन्देहीका सदस्यलाई हवाई टिकटकाे शुल्कमा छुट सुविधा दिने भएकाे छ । बुटवल उद्योग बाणिज्य संघ, रुपन्देही र यति एयरलाइन्स लिमिटेड बिच हवाई टिकटमा छुट दिने समझदारी पत्रमा बिहिबार दुई पक्ष विच हस्ताक्षर गरिएकाे छ । 


    समझदारी अनुसार संघमा आवद्ध व्यवसायी सदस्यहरुलाई यति एयरलाईन्सले सञ्चालन गर्ने आन्तरिक तर्फको हवाई भाडामा यति एयरलाइन्सको मोवाइल एपबाट टिकट काट्दा उडान क्षेत्र अनुसार ३५० देखी ६ सय रुयैंयासम्म छुट प्राप्त गर्नेछन् । त्यस्तै लगेजमा संघले जारी गरेको सदस्यता परिचयपत्र देखाई ५ किलो थप सुबिधा लिन सक्नेछन् । सो समझदारी पत्र हाललाई एक बर्षको लागि हुनेछ ।


    उक्त समझदारी पत्रमा संघकाे तर्फबाट अध्यक्ष हरिप्रसाद अर्याल र यति एयरलाइन्स लिमिटेडकाे तर्फबाट भैरहवा स्टेशन मेनेजर अनुप ढकालले हस्ताक्षर गरेका छन ।

    समझदारी पत्रमा हस्ताक्षर गर्दै संघका अध्यक्ष हरिप्रसाद अर्यालले यस प्रकारको सुबिधाले हवाई व्यवसायको प्रवर्द्धन हुनुको साथै व्यवसायी सदस्यहरुलाई उक्त एयरलाइन्स प्रयोगको लागि प्रोत्साहन पनि हुने बिश्वास ब्यक्त गरे ।

    यति एयरलाईन्सका भैरहवा स्टेशन मेनेजर अनुप ढकालले यात्रुलाई सुबिधा थप गर्नुको साथै बिशिष्ट सेवा प्रदान गर्ने लक्ष्य रहेको बताए।

    उक्त कार्यक्रममा संघका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij