२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अनुकरणीय काम

अनुकरणीय काम

अनुकरणीय काम

अनुकरणीय काम

अनुकरणीय काम
सोमवार, जेठ २१ २०८१
सोमवार, जेठ २१ २०८१
  • गाउँ संभावनाको खानी हो । ग्रामीण सामाजिक परिवेशमा जन्मे हुर्केको व्यक्ति कालान्तरमा व्यवसायिक कर्म गर्न शहर पसेपनि अन्ततः गाउँमै फर्कन पाउँदा रमाउँछ । शहरी कोलाहल र समस्याका चाङले थिचिएपछि व्यवसायिक योजनासहित गाउँ फर्कनेहरुले अनुकरणीय काम गरेका छन् ।


    तिनै मध्येका एक हुन्, गुल्मीको धुर्कोट-६ सिस्तुङका मेघनाथ अर्याल । अहिले व्यवसायिक भैंसी पालनमा लागेर उनी अरुको प्रेरणादायी पात्र भएका छन् । तीन दशक सम्म बुटवलमा बसेर व्यापार व्यवसाय गरेका उनी अहिले भैंसी गोठ स्याहार्नमा नै रमाएका छन् । कृषि निवार्हमुखी होइन्, यो उद्यम हो भन्ने विषयलाई उनले स्थापित गरेका छन् । दैनिक सय लिटर दूध बजार पु¥याउँछन् । अर्यालले पुख्र्यौली जग्गाजमिनसँग जोडिएको ५० मुरी धान फल्ने खेत किने । सुविधासम्पन्न घर बनाए ।

    काठमाडौंमा कलेज पढाउने धुर्कोटकै रवीन्द्र घिमिरेले पनि अहिले गाउँ फर्केर भैंसी पाल्न थालेका छन् । उनले दैनिक डेढ सय लिटर दूध बजार पठाउन थालेका छन् । पढेलेखेको व्यक्ति पशुपालनमा लागेपछि धेरैलाई आश्चर्य लागेको थियो । अहिले उनको व्यवसायिक कर्म उस्कदै गएपछि गाउँ-शहर सबैतिर हाई-हाई भएका छन् ।


    गाउँमा केही भएन्, बाँदरले दुःख दियो । खेतीपाती गर्न कठिन भयो भन्नेहरु धेरै छन् । पानीका मुहान सुके । खानेपानीको संकट भयो भनेर समस्या देखाउनेहरुले सहरमा पनि यीभन्दा ठूला समस्या छन् भन्ने विषय बुझ्न सकेनन् । सहरी जीवन गाउँको जीवनभन्दा जटिल छ । सामान्य व्यक्तिलाई जीवन जीउन शहरमा सकस छ । गाउँमा जुन विषयलाई समस्या मानिएको छ, ती भन्दा ठूला समस्याका चाङ आएपछि साँच्चिकै समस्या गाउँमा होइन्, शहरमा रहेछ भन्ने चेत खुल्छ । 


    व्यवसायिक कृषि गर्न खोज्नेहरुलाई राज्यले प्रेरित गर्ने हो भने गाउँ फर्कनेहरु बढ्छन् । कृृषिमा अनुदान कृषि कर्ममा लागेकाले होइन्, आसेपासे र पहुँच भएकाले पाइरहेको गुनासोलाई बेलैमा ध्यान नदिने हो भने राज्यप्रति नागरिकको गुनासो अझँै बढ्छ । कृषिमा उत्पादनमा आधारित अनुदान दिने नीतिलाई कार्यान्वयन गर्नेहो भने अनुदानको सही प्रयोग हुन्छ । उत्पादनमा आधारित अनुदानले व्यवसायिक कृषि फस्टाउने बाटो खुल्छ । कृषि बिमा कार्यक्रम प्रभावकारी हुन सकेको छैन । मध्य पहाडका गाउँलाई समस्या देखाएर शहर र तराई झर्नेहरु अन्ततः फर्कने गाउँ नै हो, तसर्थ नागरिकलाई गाउँमा फर्काउन कृषि उत्पादनको बजारीकरणलाई प्राथमिकता दिनुपर्छ । मेघराज र रवीन्द्र जस्ता जागरुक व्यक्तिका प्रयास र सत्कर्म अरुका लागि पनि अनुकरणीय र प्रेरणादायी छन् ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij