२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

प्रहरीको गैरव्यवसायिक आचरण

प्रहरीको गैरव्यवसायिक आचरण

प्रहरीको गैरव्यवसायिक आचरण

प्रहरीको गैरव्यवसायिक आचरण

प्रहरीको गैरव्यवसायिक आचरण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, भाद्र १४ २०८१
शुक्रवार, भाद्र १४ २०८१
  • प्रहरीको व्यवसायिक आचरण र व्यवहारप्रति प्रश्न उठिरहेको बेला स्वंय प्रहरी प्रमुख बसन्त कुँवर नै सन्तुष्ट नभएको बताएका छन् । गैरव्यवसायिक आचरणले प्रहरी बदनाम भएको भन्दै उनले आचरण सुधारका लागि लाग्न निर्देशन दिएका छन् । 


    प्रहरी र नागरिकबीचको सम्बन्ध नङ र मासुझैं हो । नागरिकसँगको सहकार्य र विश्वासबाट नै प्रहरी सफल हुने हो । प्रहरीको सक्रियता र इमान्दार प्रयासबाट मात्रै नागरिकले शान्ति सुरक्षाको अनुभूति गर्ने हो । प्रहरीप्रति नागरिकको अपेक्षा चुलिएको र चुलिएका अपेक्षा पूरा गर्न प्रहरीको सक्रियता बढ्नुपर्ने बेला गैरव्यवसायिक आचरणबारे समाजमा खुलेर छलफल हुन थालेको छ । समाजमा भइरहेको छलफललाई प्रहरी प्रमुखले सार्वजनिक मञ्चबाटै सुधारका लागि निर्देशन दिएका छन्, जुन प्रहरी संगठन सुधारका लागि गतिलो अवसर हो । कतिपय प्रहरी लामो समयदेखि एउटै कार्यालयमा बसिरहेका छन् । सत्ता र शक्तिको प्रयोग गरी तराई र सिमावर्ती प्रहरी युनिटमा बस्न खोज्नेको चाप छ । यस्तो चाप हुनुको कारण हो, अतिरिक्त आय । अहिले ११ सय प्रहरी निरीक्षक सीमा क्षेत्रमा जान खोजिरहेको र त्यस्तो हुनु स्वार्थ लुकेको प्रहरी प्रमुखले सार्वजनिक मञ्चबाटै बताए ।  


    रूपन्देही जिल्ला प्रहरी कार्यालयको भवन उद्घाटनका अवसरमा सिद्धार्थनगर नगरपालिका प्रमुख इस्तियाक अहमद खानले ट्राफिक प्रहरीबाट धेरै दुःख पाएको गुनासो गरेपछि प्रहरी प्रमुखले  आचरण र व्यवहार सुधारका लागि मातहतको युनिटको ध्यानाकर्षण  गराएका छन् । गल्ती गर्नेलाई कारबाही गर्नेको दायरामा ल्याउने र प्रहरीलाई अवाञ्छित राजनैतिक हस्तक्षेपबाट मुक्त गर्न ध्यान दिनुपर्छ ।


    अहिले प्रहरी संगठन कमाण्ड कन्ट्रोल बाहिर जान थालेको संकेत देखिएको छ । विभिन्न मुद्दा र अभियोगको अनुसन्धान प्रहरी प्रमुखकै जानकारीमा हुन छाडेको विषय सार्वजनिक भएको छ । संगठनभित्रै राजनैतिक नेतृत्वसँग हिमचिम बढाएर प्रहरी प्रमुखलाई चुनौती दिन खोज्ने प्रवृत्तिले कमाण्ड कन्ट्रोलमा समस्या ल्याउँछ । प्रहरी संगठनका लागि यस्तो प्रवृत्ति जति जोखिम छ, राजनैतिक नेतृत्वका लागि पनि उत्तिकै समस्या छ । प्रहरी संगठनभित्र अराजकता बढ्दै जाँदा त्यसले समाजमा झनै अराजकता मौलाउँछ भन्ने विषय हेक्का हुुनुपर्छ ।


    प्रहरी प्रमुखले प्रहरी संगठन सुधारका लागि आचरण र व्यवहार सुधारको निर्देशन सकारात्मक नै छ । अब प्रहरी संगठनलाई थप बिग्रन नदिन राजनैतिक हस्तक्षेपलाई एउटा सिमासम्म राख्ने आँट प्रहरी नेतृत्वले राख्न सक्नुपर्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij