२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पालिकामा शिक्षामा बढ्दो अनियमितता

पालिकामा शिक्षामा बढ्दो अनियमितता

स्थानीय तहले क्षेत्र भित्रका विद्यालय अनुगमन गर्न मापदण्ड बनाएपनि न त अनुगमन छ, न अनुगमन प्रतिवेदन सार्वजनिक  भएका छन् । दिवा खाजा, निःशुल्क पाठ्यपुस्तक, सेनेटरी प्याड लगायतका ठूला बजेटका कार्यक्रममा अधिकांश पालिकाको अनियमितता छ।

पालिकामा शिक्षामा बढ्दो अनियमितता

पालिकामा शिक्षामा बढ्दो अनियमितता

स्थानीय तहले क्षेत्र भित्रका विद्यालय अनुगमन गर्न मापदण्ड बनाएपनि न त अनुगमन छ, न अनुगमन प्रतिवेदन सार्वजनिक  भएका छन् । दिवा खाजा, निःशुल्क पाठ्यपुस्तक, सेनेटरी प्याड लगायतका ठूला बजेटका कार्यक्रममा अधिकांश पालिकाको अनियमितता छ।

पालिकामा शिक्षामा बढ्दो अनियमितता
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
शुक्रवार, भाद्र १४ २०८१
शुक्रवार, भाद्र १४ २०८१
  • भैरहवा । शिक्षाको विकासका लागि सरकारले ल्याएका विभिन्न कार्यक्रम मा वर्षेनी अनियमितता बढि रहेको छ ।
    यस्ता कार्यक्रममा दिवा खाजा कार्यक्रम, निशुल्क पाठ्यपुस्तक, निशुल्क सेनेटरी प्याड लगायतका धेरै बजेट भएका कार्यक्रम पर्दछन् । यी कार्यक्रम समुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको आकर्षण बढाउन, विद्यालयमा विद्यार्थी पूरा समय टिकाइराख्न, विद्यार्थी भर्नादर बढाउन ल्याइएका थिए तर  करौडौं खर्च गरेर लागु गरिएपनि कार्यक्रमको उपलब्धि खासै देखिएन । 


    विद्यालयमा विद्यार्थी आकर्षित गर्न सरकारले दिवा खाजा कार्यक्रम लागू गरेको छ । तर, व्यवहारमा अधिकांश विद्यालयका विद्यार्थीले दिवा खाजा पाएका छैनन् । दिवा खाजाको सट्टा अभिभावकलाई नगद वितरण गरेरे रकमको दुरूपयोग भएको छ । कतिपय विद्यालयले फर्जी विद्यार्थी तयार पारेर रकम हिनामिना गरेका छन । बालबालिकाको वृद्धि र विकासका लागि पोषणयुक्त खाजा व्यवस्था गर्न प्रारम्भिक बालविकासदेखि कक्षा पाँचसम्म अध्ययनरत विद्यार्थीका लागि नेपाल सरकारले बजेटको व्यवस्था लामो समयदेखि गर्दै आएको छ । पालिकाहरुले  विद्यालयको  नियमित अनुगमन, निरिक्षण र सुपरिवेशक्षण गरी सार्वजनिक शैक्षिक गुणस्तरको मापन गरी अनुगमन मुल्याङकन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने भएपनि अधिकांस पालिकाले प्रतिवेदन तयार गरेका छैनन । 


    दिवा खानाको रकम निकासाको हकमा विद्यालयले तयार पारेको विद्यार्थी तथ्यांक सम्बन्धित स्रोत व्यक्तिले विद्यालय अनुगमन गरी यकीन गरेपछि निकासाको सिफारिससहित पालिकाको शिक्षा शाखामा पठाउँछ । शिक्षा शाखाले यसैअनुसार विद्यालयको खातामा पैसा पठाउँछ ।  रुपन्देहीमामा १६ वटा पालिकामध्ये अधिकांस पालिकामा दिवा खाजाका लागि छुट्याइएको बजेट  बेरुजु भएको छ । 
    पालिकाले खरिद गरेको स्यानिटरी प्याड गुणस्तर नघट्ने  भण्डारण गर्नुपर्ने र त्रैमासिक, चौमासिक वा अर्धवार्षिक रुपमा वितरण गर्न सकिने व्यवस्था छ । 


    यतै गरी  कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई  पाठ्यपुस्तक किन्न अनुदान दिने व्यवस्था छ । साथै स्थानीय तहबाट प्राप्त अनुदान रकमबाट शैक्षिसत्रको सुरुमै पाठ्यपुस्तक खरिद गरी विद्यार्थी भर्ना हुने बित्तिकै दिनुपर्छ । , विद्यार्थीले पाठ्यपुस्तक बुझेको भरपाई स्थानीय तहमा पेश गरेपछि यस कामको  अनुगमन पालिकाले गर्नुपर्छ ।  
    पालिकाले सबै प्राधानाध्यापकको वैठकबाट स्थानीय तह भित्रका विद्यालयहरुमा एकरुपता कायम हुने गरि दिवा खाजाको मेनु तयार गर्नुपर्छ । तोकिएको मापदण्ड कमोजिम हुने गरि विद्यालयकै सहयोगी कर्मचारी वा आमा समूह वा नियमित चमेनागृहबाट वा क्याटरिङको व्यवस्था गरेर खाजा खुवाउने व्यवस्था मिलाउनु पर्छ । यसरी  तोकिएको कक्षा सम्मका बालबालिकाहरुलाई दिवा खाजाको प्रबन्ध मिलाउनु पर्छ ।  


    रुपन्देहीको मायादेवी गाँउपालिकाले स्यानेटरी प्याड किन्न १८ लाख ७३ हजार बजेट विनियोजन गरेकोमा सेनेटरी प्याड खरिद गरेन । आर्थिक वर्षको अन्तिममा असार २४ गते १८०० प्याड खरिद गरेर जिन्सी खातामा आम्दानी बाढ्यो।  


    ओमसतिया गाउपालिकामा २२ लाख ८१ हजारको पाठ्यपुस्तक निशुल्क उपलब्ध गराएको भनिए पनि विद्यार्थीले पाठ्यपुस्तक बुझेको भरपाईमा मिति उल्लेख छैन,  प्रधानाध्यापकले भरपाई प्रमाणीत गरेका छैनन । खरिद भएको पुस्तक विद्यार्थीलाई समयमै वितरण गरे नगरेको अनुगमन समेत भएन । यस्तैगरी, सोही पालिकामा  दिवा खाजामा २६ लाख १९ हजार ४सय ५८ रुपैया विद्यालयहरुलाई उपलब्ध गराएपनि यस कार्यक्रमको  अनुगमन भएको छैन । सो पालिकाले नौ लाख रुपैयाका सेनिटरी प्याड  सिधै खरिद गरी वितरण गरेको भनेपनि पालिकाले अनुगमन गरेको छैन । विद्यालयले वितरण र प्रयोगको अवस्थाको प्रतिवेदन पालिकामा पठाएको  छैन ।
    यस्तै बुटवल उपमहानगरपालिकाले दिवा खाजाका लागि ३४ विद्यालयहरुलाई २ करोड ५९ लाख ७९ हजार उपलब्ध गराएकोमा ९ वटा विद्यालयहरुले ४५ लाख ७२ हजार बराबरको खाजा खुवाएका छन । वाकी २५ विद्यालयहरुले नियम विपरित  विद्यार्थीलाई नगद दिएका छन ।


    देवदह नगरपालिकाले  १२ वटा विद्यालयलाई  तथ्याङकमा उल्लेख भएभन्दा बढि, दिनुपर्ने दर भन्दा बढि र भरपाई भन्दा बढि रकम निकासा दिएको छ । ¬यस्तैगरी, लागत अनुमान तयार नगरी ९ लाख ६० हजार रुपैयामा े तोकेको मापदण्ड भन्दा फरक सेनेटरी प्याड खरिद गरेको छ । प्याड पहिल्यै किन्नु पर्नेमा आर्थिक वर्षको तेस्रो त्रैमासिकमा मात्रै खरिद गरेको छ । यस्तै दिवा खाजा तर्फ देवदहले ३० विद्यालयलाई प्रधानाध्यापकको मागको आधारमा मात्र १ करोड ९ लाख ३० हजार निकाशा  दिएको छ । पालिकाले अनुगमन समेत नगरी एकमुष्ट रुपमा सम्बन्धित विद्यालयको व्यवस्थापन समिती अध्यक्षबाट संख्या विवरण प्रमाणित सहित हुनु पर्ने प्रक्रिया पुरा नगरी निकाशा दिएको पाइएको छ । 


    सिद्धार्थनगर नगरपालिकाले पनि प्रमाण पेश नै नगरी  ५३ लाख ४४ हजार को पाठ्यपुस्तक अनुदान दिएको छ । विद्यार्थीले पाठ्यपुस्तक बुझेको भरपाई प्रधानाध्यापकले प्रमाणित गरी पेश नगरेको र विद्यार्थीलाई समयमै पुस्तक वितरण गरे नगरेकोबारे अनुगमन भएन । सिद्धार्थनगरले दिवा खाजाका लागि ९२ लाख ३८ हजार  खर्च गरेको देखाएपनि यसको  बिल पेश भएको छैन । यस्तैसेनेटरी प्याड वितरण र प्रयोगको अवस्थाबारे पालिकाले अनुगमन गरेको छैन भने विद्यालयले पनि वितरण र प्रयोगको अवस्थाको प्रतिवेदन तयार गरेको छैन ।  


    सैनामैना नगरपालिकाले ६३ लाख ९३ हजारको पाठ्यपुस्तक अनुदान उपलब्ध गराएको भएपनि विद्यार्थीले किताब बुझेको भरपाईमा मिति समेत उल्लेख छैन, प्रधानाध्यापकले प्रमाणित गरेको पनि छैन । ती पुस्तक समयमै वितरण भयो वा विद्यार्थीले पाए वा पाएनन भनी अनुगमन भएको छैन ।  
    सैनामैनाले दिवा खाजा तर्फ भने भएको  व्यवस्थामा प्रतिव्यक्ति ५ रुपैया थप गरि १ करोड ६२ लाख विद्यालयलाई निकाशा दियो ।  तर यसको अनुगमन भएको छैन । 


    यसै गरी सो पालिकाले  १४ लाख ४७ हजाररुपैयाको सेनटरी प्याड खरिद गरी निजी विद्यालयलाई समेत वितरण गरेको छ । तर यसको पनि  अनुगमन गरेको छैन भने विद्यालयले वितरण र प्रयोगको अवस्थाको प्रतिवेदन तयार गरी पालिकामा  पठाएका छैनन ।  
    तिलोत्तमा नगरपालिकाले  तथ्याङ्कमा उल्लेख भए भन्दा बढी विद्यार्थीका लागि पाठ्यपुस्तक वितरण गरेको छ । यस्तै ५ वटा विद्यालयले बिल भरपाई समेत पेश नगरी निकाशा लिएका छन । 


    सो पालिकाले दिवा खाजा कार्यक्रमको अनुगमन गरेन । केही विद्यालयले भएका विद्यार्थीभन्दा बढीका लागि खाजा खुवाएको भनी पैसा लिएका छन् भने केही विद्यालयले विद्यार्थीको शत प्रतिशत उपस्थित भएको भनी  भुक्तानी लिएकाछन् ।  


    यस्तै नगरपालिकाले  सेनेटरी प्याडका लागि ५० लाख रुपैया  विनियोजन गरे पनि खरिद गरेन । लुम्बिनी सास्कृतिक नगरपालिकाले पनि दिवा खाजामा ४ करोड ६ लाख ५८ हजार ३८० रुपैया खातामा निकासा गरेको छ । दिवा खाजा खुवाएको अनुगमन समेत गरेको छैन । 


    यस्तै विभिन्न पाठ्यपुस्तकका लागि पनि  ६ वटा विद्यालयलाई बढि रकम  निकासा दियो, ८ वटा विद्यालयलाई प्रमाण पेश नगरी २ लाख १० हजार निकाशा दियो । विद्यालयमा सेनेटरी प्याड खरिद गर्दा नियम पालना गरेन ।  खरिद गरिएको प्याड पनि समयमा आपूर्ति गरेन । 
    यस्तै कंचन गाँउपालिकाले दिवा खाजामा ८७ लाख ७९ हजार रुपैया निकासा दिए पनि खाजा खुवाए नखुवाएको अनुगमन गरेन ।  पाठ्य पुस्तक वितरण गरेको प्रमाण बिनै १० वटा विद्यालयलाई पैसा निकासा दियो ।  कार्यविधीले तोकेको साइज भन्दा ठूलो प्याड वर्षको अन्तयमा खरिद गरी यसको बजेट दुरुपयोग गर्‍यो । 


    यस्तै सुद्धोधन गाँउपालिकाले पनि  ५ वटा विद्यालयलाई तोकिएको दररेट र पुस्तक बुझैको भरपाइमा उल्लेख भएभन्दा बढि रकम निकाशा दिएको छ ।  दिवा खाजा तर्फ पनि २ वटा विद्यालयले बढि निकासा लगेका छन  । पालिकाले क्षेत्र भित्रका विद्यालय अनुगमन गर्न मापदण्ड तयार गरेपनि अनुगमन गरेको छैन । 
    सियारी र गैडहवा गाउपालिकामा समेत शिक्षा तर्फ अनुगमन भएको छैन । गैडहवा गाउँपालिकाले सेनिटरी प्याड खरिद गर्दा मापदण्डको पालना नगरी ९ लाख ९९ हजार ९ सय ३७ रुपैया भुब्mानी गरेको छ । 


    रोहिणी गाँउपालिकाले पनि  विद्यार्थीले पाठ्य पुस्तक बुझेको भरपाईमा मिति नै उल्लेख छैन भने प्रधनाध्यापकले प्रमाणित गरी पेश गरेका छैनन् । रोहिणीका विद्यार्थीले ५१ लाख ७१ हजारको पुस्तक समयमा पाए कि पाएनन, सबैले पाए कि पाएनन भन्ने यकिन भएको छैन । 


    दिवा खाजाका सट्टामा नगद दिइएको छ जुन नियमविपरीत हो । यस्तै रोहिणी बोलपत्र बेगर २१ लाख ८५ हजार बराबरको सेनिटरी प्याड खरिद गरेको छ । 
    मायादेवी गाउपालिकाले आर्थिक वर्षमा सेनिटरी प्याड खरिदै गरेन  भने दिवा खाजाका लागि विभिन्न २२ वटा विद्यालयलाई  १ करोड ४७ लाख ३८ हजार निकाशा दियो ।

    केही विद्यालयले उक्त रकम मध्ये ४७ लाख खाजा नखुवाइ विद्यार्थीलाई नदगै दिए । सो पालिकाले पाठ्यपुस्तकका लागि १३ लाख ११ हजार ९ सय ९५ रुपैया निकाशा गरेको छ । एघारवटा विद्यालयले विद्यार्थीको संख्या खुल्ने कागज पेश नगरी भुक्तानी लिए । कोटहीमाई गाँउपालिकाले  सेनटरी प्याड किन्दा प्रकृया पूरा गरेन । त्यसरी किनिएको  प्याडको गुण्स्तर र ती प्याड प्रयोग भए नभएको अनुगमन समेत भएन । दिवाखाजामा पनि १ करोड २९ लाख ७७ हजार विद्यालयलाई उपलब्ध गराएकोमा खाजाको गुणस्तर भए नभएको अनुगमन भएको छैन । दिवा खाजाको लागि विद्यार्थीलाई नगद उपलब्ध गराउने व्यवस्था नभएपनि ६ हजार ७ सय ७१ जनालाई औषसत १२८ दिनको हिसाबले विद्यालयले रकम बुझेको छ । पाठ्यपुस्तक  पुस्तक बुझेको भरपाईमा मिति उल्लेख छैन र प्रअले भरपाई प्रमाणित गरेका छैनन । मर्चवारी गाउपालिकामा निशुल्क पाठ्यपुस्तक वितरणका लागि ५७ लाख ३२ हजारको पुस्तक अनुदानमा उपलब्ध गराइएपनि विद्यार्थीले त्यतिको पुस्तक पाए नपाएको वा पाठ्य पुस्तक समयमा आए नआएको अनुगमन भएको छैन । सेनेटरी प्याडको व्यवस्था गर्न ११ लाख ६६ हजार खर्च भएपनि त्यसको अनुगमन पालिकाले गरेन । यस्तै दिवा खाजामा ६ हजार ४ सय ९१ विद्यार्थीलाई ८३ दिनको औषतमा ८० लाख ८० हजार विद्यालयलाई रकम उपलब्ध गराएकोमा दिवा खाजा दिए नदिएको र दिएको भएको त्यसको गुण्स्तर जाँच गरिएन ।  


    सम्मरीमाई गाँउपालिकामा यी तीनवटै  शिर्षकमा भएको अवस्था उस्तै छ । निशुल्क पाठ्यपुस्तकका लागि ८ हजार ३ सय ८६ विद्यार्थीलाई ५० लाख ६१ हजार ८ सय खर्च भएको देखिन्छ तर विद्यार्थीले पाठ्यपुस्तक कहिले पाए भन्ने कुरा  भरपाईमा खुल्दैन ।  प्रअको प्रमाणित गर्नुपर्ने भर्पाइ प्रमाणित गरिएको छैन । सेनेटरी प्याड बोलपत्रको माध्यमबाट खरिद गर्नुपर्नेमा सिधै खरिद गरियो । दिवा खाजा पनि  बढी विद्यार्थीलाई खुवाएको भनी  निकाशा दिइएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij