२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

टेन प्लास्टको पलम्बीङ फिटिङ संग्रह, ब्राण्ड एम्बेसडरमा कामी

टेन प्लास्टको पलम्बीङ फिटिङ संग्रह, ब्राण्ड एम्बेसडरमा कामी

टेन प्लास्टको पलम्बीङ फिटिङ संग्रह, ब्राण्ड एम्बेसडरमा कामी

टेन प्लास्टको पलम्बीङ फिटिङ संग्रह, ब्राण्ड एम्बेसडरमा कामी

टेन प्लास्टको पलम्बीङ फिटिङ संग्रह, ब्राण्ड एम्बेसडरमा कामी
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
शुक्रवार, भाद्र १४ २०८१
शुक्रवार, भाद्र १४ २०८१
  • भैरहवा ।  टेन ग्रुपले प्लम्बीङका सामानहरुको संग्रह नै उत्पादन गरी बजारमा ल्याएको छ । टेन प्लास्ट ब्राण्डमा पाइप देखि फिटिङ र टयान्की सम्मको समपूर्ण पलम्बिङमा चाहिने सामानहरुको उत्पादन गर्दै नेपाली क्रिकेट टोलीका फास्ट बलर सोमपाल कामी टेन प्लास्टका ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ । 

    नवलपरासीको रामग्राममा अवस्थित उद्योगले शुक्रबार भैरहवामा एक कार्यक्रमका बिच १५ महिनाको सम्झौता गर्दै सोमपाललाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ । टेन प्लाष्टका प्रवन्ध निर्देशक धिरज अग्रवालले कामीलाई प्लम्बिङ पाइप दिदै कम्पनिको ब्राण्ड एम्बेसडर नियुक्त गरेका हुन ।

    ट्रेडीङको काम गर्दै सुभारम्भ भएको कम्पनि ३१ ओं वर्षमा आइपुग्दा अहिले उद्योग क्षेत्रमा पनि लगानी गरेको छ । २०५० सालमा स्थापना भएको समूहले हाल पलम्बिङको सबै सामान आफै उत्पादन गर्दै आएको छ । इटेलियन प्रविधिले उत्पादित सिपीभिसी, पिभिसी लगायतका उत्पादनले छोटो समयमा नै गुण्स्तर चिन्ह प्राप्त गरी निर्यातको तयारीमा रहेको छ । अटुट जोड मजबुत सम्बन्ध भन्ने नाराका साथ कम्पनिले अबको केही दिनमै भारत तर्फ निर्यात गर्नेछ, जस्को कागजी पक्रिया सबै पुरा भएको कम्पनिले जानकारी दिएको छ ।

    कार्यक्रममा बोल्दै सोमपालले कम्पनिले मलाई विश्वास गरेर परिवारमा जोडेकोमा धन्यवाद दिदै विगत दश वर्ष देखि क्रिकेट खेलिरहेको भए पनि यो सम्बन्धलाई निरन्तर जोडिरहने बताए । अहिले टेन समूहमा जोडिन पाउदा धेरै गर्भन्वित भएको छु । ‘मैले भारतिय खेलाडी सचिन तेन्दुलकरलाई हेरेर उस्तै बन्ने अठोट लिएको थिए, अहिले मपनि उहा जस्तै भएको अनुभुत हुन्छ’ उनले भने  ।
    'क्रिकेट खेलेको दश बर्ष भयो, मेरो जर्सी नम्बर पनि दश रहेको छ  र अहिले म टेन प्लास्ट सँग जोडिएको छु ।'  कामीले भने 

    १ अर्बको लगानीमा सय जनलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी दिदै आएको कम्पनिे टेन प्लाष्टले उच्च स्तरिय वाटर टैंक, सिपीभिसी, पिभिसी पाईप तथा फिटिङ्ग सामाग्री उत्पादन गरिरहेको छ । थाइलैण्ड, भियतनाम लगायतका देशबाट कच्चा पदार्थ भित्रयाई भारतसँग प्रतिस्पर्धा गर्ने आटका साथ गुणस्तरीय उत्पादन निर्यात गर्ने कम्पनिको योजना छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij