२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

सुजुकीले भैरहवामा ल्यायो इभि सरहकै गाडी, ५ वर्ष शुन्य रनिङ खर्च

सुजुकीले भैरहवामा ल्यायो इभि सरहकै गाडी, ५ वर्ष शुन्य रनिङ खर्च

सुजुकीले भैरहवामा ल्यायो इभि सरहकै गाडी, ५ वर्ष शुन्य रनिङ खर्च

सुजुकीले भैरहवामा ल्यायो इभि सरहकै गाडी, ५ वर्ष शुन्य रनिङ खर्च

सुजुकीले भैरहवामा ल्यायो इभि सरहकै गाडी, ५ वर्ष शुन्य रनिङ खर्च
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
शुक्रवार, भाद्र १४ २०८१
शुक्रवार, भाद्र १४ २०८१
  • भैरहवा ।  सुजुकीको एपिक न्यू स्विफ्ट सार्वजनिक गर्दै भैरहवामा विक्री सुभारम्भ गरेको छ ।  नेपालका लागि सुजुकी चार पाङ्ग्रे सवारी साधनका आधिकारिक विक्रेता तथा सीजि होल्डिङको अटोमोटिभ डिभिजन सी जी मोटोकर्पले दशै तिहारका लागि ग्राहक योजना सहित भैरहवा स्थित पाठक मोटर गु्रपमा एपिक न्यू स्विफ्ट सार्वजनिक गरिएको हो । 

    सुजुकीले २००५ देखि नै स्वीफ्ट गाडी ल्याएकोेमा सार्वजनिक गरिएको गाडी चौथो पुस्ताको स्विफ्ट सेग्मेन्टमा सबैभन्दा धेरै माइलेज दिने ह्याचब्याक हो, जसको माइलेज २५.७५ कि.मि लि सम्मको छ, जुन अघिल्लो पुस्ताको स्विफ्टको तुलनामा १४% बढि रहेको सीजि होल्डिङका डिलर इन्चार्ज विनय राज पौडेलले बताए । 

    ६ वटा एयरब्याग, सबै सिटहरूका लागि ३–प्वाइन्ट सीटबेल्टहरू, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, हिल होल्ड असिस्ट, एण्टी–लक ब्रेकिंग सिस्टम, इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रीब्युसन, र ब्रेक असिस्टलाई स्ट्यान्डर्ड फिचरहरूको रूपमा समावेश गरिएको उनले भने  ।

    अहिले पर्वोत्सव अफर योजनामा ग्राहकले चार लाख सम्मको नगद छुट, १ वर्षको सवारी विमा, २० हजार  सम्मको लोयल्टी बोनस, एक लाख सम्मको एक्सचेन्ज बोनास र सिट कभर सहितको एसेसरिजहरु पाउने पाठक मोटर ग्रुपकी म्यानेजर सर्जुना थैवले बताइन । उनले नाडा अटो शो लक्षित गरि शो कार्यत्र,म भरी खरिद गर्ने ग्राहकलाई स्क्रयाच कार्ड मार्फत थप २ लाख सम्मको छुट प्रदान गर्नेछ भने यो कार विधुतीय कार जस्तै ५ वर्षको लागि शुन्य रनिङ खर्च हुने अफर पनि कम्पनिले दिएको थैवले बताइन । 

    अहिले गाडी खरदि गर्नेले ५ वर्ष सम्म् पेट्रोलमा खर्च गर्नु पर्ने छैन, ५ वर्षको लागि मर्मतसम्भार र पीएमएस पार्टस, इन्जिनआयलको खर्च पनि कम्पनिले गर्नेछ । ५ वर्षको अवधिसम्म हुने सर्भिसीङ पनि निशुल्क रहेृको छ । 

    २२.८६ सेन्टिमिटर स्मार्टप्ले,  इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, सराउन्ड साउन्ड, वायरलेस फोन चार्जर, ए र सी पोर्टहरू, क्रुज कन्ट्रोल, अटो हेडलाम्प्स, र अन्य धेरै फिचरहरू गाडीमा रहेको छ ।

    गाडी सार्वजनिक गर्दै लुम्बिनी इट्टा उद्योग व्यवसायी संघका अध्यक्ष अजय कुमार गुप्ताले आफु पनि सुजुकी ब्राण्डकै गाडी प्रयोग गर्ने भएकोले अन्य ब्राण्ड भन्दा कम खर्चिलो बजेट गाडीको रुपमा रहेको बताए । माइलेज पनि कम लाग्ने र सहजै सस्तोमै यसका उपकरण जहातही पाउने भएकोले उपभोक्ता मैत्री सबैको रोजाईमा सुजुकी पर्ने गरेको उनले भने । यस्को स्पोर्टी लुक्स, शक्तिशाली इन्जिन, प्रशस्त क्याबिन स्पेस, र ड्राइभर–मैत्री ह्यान्डलिङका कारण सबैले रुचाएका छन ।


    नयाँ एपिक स्विफ्टको नयाँ जेड–सिरिज इन्जिन आधुनिक पावरट्रेन हो जसले प्रस्तुती  र दीगोपनले नयाँ आयाम ल्याउँछ, जसले यसलाई आफ्नो सेग्मेन्टमा सबैभन्दा उत्तम ह्याचब्याक बनाउने मोटर ग्रुपका संचालक अभिषेक पाठकले बताए । एपिक नयाँ स्विफ्टमा थुप्रै नया युगका प्रविधि र फिचरहरु समाबेश गरेको छ, जसले ग्राहकको ड्राइभिङ अनुभव आरामदायी र रमाइलो हुने छ । नयाँ स्विफ्टको विशेषता आकर्षक एक्सटेरियर,  आरामदायी क्याविन, आधुनिक सेफ्टी सिस्टम, रमाइलो ड्राइभिङ अनुभव र  उन्नत प्रविधि रहेको उनले भने । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij