पाल्पा । प्रेस चौतारी नेपाल पाल्पा शाखाले हरितालिका तीजको अवशरमा भेटघाट, शुभकामना आदान प्रदान तथा दर खाने तीज मिलन कार्यक्रम गरेको छ । चौतारी तीज विशेष कार्यक्रम लाई सम्वोधन गर्दै नेकपा एमालेका अध्यक्ष ओम बहादुर घर्तीमगरले प्रेश चौतारी पाल्पाले मौलिक कला संस्कृतीको जर्गेना गर्दै एक आपसमा भेटघाट गराउदै दुःख सुख साट्ने काम गरेको बताए ।
कार्यक्रममा संविधान सभा सदस्य नारायणी शर्माले तीज महिलाहरुको विशेष पर्व भएकोले प्रेश चौतारी पाल्पाले आफना सगठन भित्रका महिलाहरु संगै विभिन्न पेशा तथा व्यबसाय गर्दै आएका महिलाहरु लाई समेटेर तिज विशेष कार्यक्रम राखेकोमा धन्यवाद दिईन ।
कार्यक्रममा निस्दी गाउँपालिकाकाकी उपाध्यक्ष तिरण कुमारी श्रेष्ठले चौतारीको तीज विशेषमा सहभागी हुन आफु महिला दिदि वहिनीहरु संग रमाउन, भेटघाट गर्न निस्दी देखी तानसेन आएको बताईन । कार्यक्रममा प्रेश चौतारी लुम्विनी प्रदेशका सह इन्चार्ज कमलराज तिमिल्सीनाले पछिल्लो समय तीज भड्किलो, चडकिलो खर्चिलो बन्दै गएकोले मौलिकता लाई बचाउदै तीज पर्व मनाउनु पर्नेमा जोड दिए ।
प्रेश चौतारी पाल्पाले गत बर्ष देखी चौतारीमा आवद्ध महिला तथा चौतारी सदस्य परिवार संग पुनरमिलन भेटघाट गर्दै, नाच गान सहित मसिनो चिल्लो मिठोको रुपमा दर खाउदै आएको छ । प्रेश चौतारीका अध्यक्ष कृष्ण कार्कीले संगठन लाई बलियो, सक्रिया क्रियासिल चलायमान बनाउन एउटै गतिविधीले भन्दा फरक फरक फरक गतिविधी आवश्यकता रहेको बताए ।
चौतारीले कहिले होम स्टेहरुमा घुम्ती बैठक बस्ने, बार्षिक कार्ययोजना निर्माण गरेर काम गर्ने, तिहारमा देउसी भैलो खेल्ने, तीजमा दर खाने नाचगान गर्ने जस्ता कामहरु गर्दै आएको छ । काम गर्ने, रमाउने, खाने बस्ने पनि एक प्रकार हामीहरुमा थप उर्जा आउने काममा जोश जागर बढ्ने अध्यक्ष कार्कीले बताए । कार्यक्रमको संचालन सचिव नारायण न्यौपानेले गरेका थिए ।




