२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

प्रदेशको 'ड्रिम प्रोजेक्ट’ शिलान्यास गर्दै अर्थमन्त्री

प्रदेशको 'ड्रिम प्रोजेक्ट’ शिलान्यास गर्दै अर्थमन्त्री

प्रदेशको 'ड्रिम प्रोजेक्ट’ शिलान्यास गर्दै अर्थमन्त्री

प्रदेशको 'ड्रिम प्रोजेक्ट’ शिलान्यास गर्दै अर्थमन्त्री

प्रदेशको 'ड्रिम प्रोजेक्ट’ शिलान्यास गर्दै अर्थमन्त्री
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, भाद्र १५ २०८१
शनिवार, भाद्र १५ २०८१
  • बुटवल । लुम्बिनी प्रदेश सरकारकोे गौरवको आयोजना लुम्बिनी प्रादेशिक अस्पताल भवन निर्माणको शिलान्याश उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले शनिवार गर्दैछन् । 

    विशेषज्ञ सेवा उपलब्ध गराउने गरी लुम्बिनी प्रादेशिक अस्पतालको अत्याधुनिक भवन ६ अर्ब १८ करोड रुपैयामा निर्माण हुन लागेको हो । लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलले बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल र तुलसीपुरको राप्ती प्रादेशिक अस्पताललाई विशेषज्ञ सेवा उपलब्ध गराउने गरी 'ड्रिम प्रोजेक्ट’को रुपमा अघि सारेका हुन् । पोखरेलले अघि सारेको त्यही 'ड्रिम प्रोजेक्ट’ अन्तर्गत लुम्बिनी प्रादेशिक अस्पतालको डिपिआर तयार भइ ठेक्का समेत भइसकेको छ भने राप्ती प्रादेशिक अस्पतालको डिपिआर तयार भएको छ । 'राप्तीको इआइए हुँदैछ, —प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख छविराज पोखरेलले भने ।


    लुम्बिनी प्रादेशिक अस्पतालमा सबै प्रकृतिका बिरामीले विशेषज्ञ उपचार सेवा उपलब्ध गराउने गरी पूर्वाधार निर्माण गर्न लागिएको हो । यो अस्पताल  प्रदेश सरकारको आर्थिक स्रोतमा बन्न लागेको पहिलो ठूलो संरचना हो । प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास प्राधिकरणले तयार गरेको गुरुयोजना अनुसार अस्पतालको भवन १० तलाको हुनेछ । पाँच तलाको क्यान्सर उपचारको छुट्टै भवन हुनेछ । १० तलाको भवना  दुई तलाका अन्डरग्राउन्ड पार्किङ हुनेछ । भने पाँच तलाको भवनमा एक तला अन्डरग्राउण्ड पार्किङ हुनेछ ।

    दुई भवन र त्यसका उपकरण, आन्तरिक व्यवस्थापनमा सरकारले ८ अर्ब ९९ करोड ७५ लाख ६४ हजार १ सय ९९ रुपैयाँ लागत अनुमान गरेको छ । त्यसमा एक भारतीयसहित दुई नेपाली कम्पनीसँग संयुक्त रूपमा ५ वर्षभित्र काम सक्ने गरी ६ अर्ब १८ करोड रुपैयाँमा सम्झौता भएको छ । नयाँ भवनको अगाडिको भागमा अत्याधुनिक बहिरंग सेवा ओपीडी, आपतकालीन उपचार, इमर्जेन्सी र इन्डोर सर्भिस कक्षसहित १२ सय बेड रहने छन् । साथै विशिष्टीकृत ग्यास्ट्रो, न्युरो, कार्डियोलोजीलगायतका सबै विशेषज्ञ सेवा एउटै भवनबाट उपलब्ध हुनेछन् ।


    पूर्वाधार विकास प्राधिकरण दाङका प्रमुख इन्जिनियर पोखरेलले ‘क्याम्पासाइट-आशिष-रेलिगेर’ संयुक्त कम्पनीसँग ठेक्का सम्झौता भएको जानकारी दिए ।  क्याम्पासाइट भारतीय प्रतिष्ठित निर्माण कम्पनी हो । आशिष र रेलिगेर नेपाली कम्पनी हुन्  ।

    ठेक्का प्रक्रियामा यस अघि दुईपल्ट टेण्डर आव्हान भएको थियो तर ठेक्का प्रक्रिया विवादास्पद भएपछि रद्द गरिएको थियो । भवन निर्माण मापदण्डको ‘स्पेसिफिकेसन’मै आशंका भएपछि दुवै टेन्डर रद्द गरिएको थियो । तेस्रोपल्टमा आव्हान भएको टेण्डर स्विकृत भइ काम अघि बढेको हो ।
    सरकारले चालु आवमा भवन निर्माणका लागि १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको छ । गत आवमा ७० करोड रुपैयाँ विनियोजन गरेको थियो  । प्रदेश गौरवको आयोजना भएको र यो आयोजना महत्वपूणर् भएकाले रकम अभाव हुन नदिने मुख्यमन्त्री चेतनारायण आचार्यले बताए ।


    निर्माण कम्पनीले ठेक्का स्विकृत भए लगत्तै काम शुरु गरिसकेको छ । अहिले अस्पताल परिसरका पुराना संरचना हटाउने काम सम्पन्न भएको छ ।


    राणा प्रधानमन्त्री चन्द्रशमशेरका पालामा १९६७ सालमा ६ बेडको अस्पताल निर्माण गरेकामा २०२४ सालमा ५० बेडमा विस्तार भएको थियो । २०५० सालमा १ सय बेडमा विस्तार भएको अस्पतालमा २०७२ सालबाट सरकारबाट ३ सय र विकास समितिबाट १ सय बेड गरी ४ सय बेडमा स्तरोन्नति भएको थियो । अहिले ५ सय २४ बेडमा बिरामीको उपचार भइरहेको छ । 


    अस्पतालबाट अहिले बहिरंग सेवातर्फ जनरल मेडिसिन, न्युरो मेडिसिन, कार्डियोलोजी, अर्थोपेडिक सर्जरी, जनरल सर्जरी, प्लास्टिक सर्जरीसहित १७ भन्दा बढी विभागीय सेवा सञ्चालनमा छन् । परीक्षणतर्फ प्याथोलोजी, एक्स-रे, सिटी स्क्यान, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, क्लोनोस्कोपी, ईईजी, ओपीजी, इकोकार्डीओग्राम लगायतका सेवा उपलब्ध छन् । सबै उपचारका लागि ७४ विशेषज्ञ डाक्टरसहित ६ सय बढी स्वास्थ्यकर्मी कार्यरत छन् ।


    सुधार हुँदै सेवा 
    २०७६ साउनमा लुम्बिनी प्रदेशसभाको सामाजिक विकास समितिले स्थलगत अध्ययन गरी लुम्बिनी प्रादेशिक अस्पताल अस्तव्यस्त रहेको निष्कर्ष निकालेको थियो ।  तर अहिले अस्पतालको सेवाप्रवाहमा उल्लेख्य सुधार आएको छ । आब २०७८।०७९ मा ७४ अंक ल्याएको लुम्बिनी प्रादेशिक अस्पतालको उकालो यात्रा निरन्तर अघि बढेको छ ।

    आब २०७९।०८० मा ८० अंक ल्याएको यो अस्पतालले आब २०८०।०८१ मा ८८ अंक ल्याउन सफल भयो  । लुम्बिनी प्रादेशिक अस्पतालमा पहिले ८ शैया रहेको बच्चाको आइसियु अहिले ३३ शैया पुगेको  छ । बयस्कका लागि ६ शैया रहेको आइसियु अहिले २६ शैया पुगेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij