२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

प्युठानको सर्पदंश केन्द्रबाट ८८ विरामीको उपचार

प्युठानको सर्पदंश केन्द्रबाट ८८ विरामीको उपचार

प्युठानको सर्पदंश केन्द्रबाट ८८ विरामीको उपचार

प्युठानको सर्पदंश केन्द्रबाट ८८ विरामीको उपचार

प्युठानको सर्पदंश केन्द्रबाट ८८ विरामीको उपचार
अधिकारीले प्युठानमा रहेर समसामयिक विषयमा कलम चलाउछन।।
शनिवार, भाद्र १५ २०८१
शनिवार, भाद्र १५ २०८१
  • प्यूठान।गर्मीयाममा सर्प डसाइको जोखिम बढी हुन्छ।प्युठानको स्वर्गद्वारी नगरपालिका-९ कच्छार स्थित रहेको स्वर्गद्वारी सर्पदंश उपचार केन्द्रले एक वर्षमा ८८ जनाको उपचार गरेको छ। 


    गत असोजदेखि हालसम्म सर्पले डसेका ८८ जना विरामीहरुको उपचार गरेको स्वर्गद्वारी सर्पदंशं उपचार केन्द्रको प्राविधिक हेमराज पौडेलले जानकारी दिए।
    गत असारमा १३ जना बिरामी मध्ये  ८ जना भाईपेर सर्पले टोकेको र ५ जना नमभेनम विरामी र साउनमा २८ जना विरामी मध्ये १८ जना नमभेनम, ९ जना भाईपेर एक जना कोभ्राले टोकेको विरामीहरुको उपचार गरीएको प्राबिधिक पौडेलको भनाई छ। 


    त्यस्तै भदौ महिनामा ६ जना विरामी मध्ये ४ जना नमभेनम र २ जना भाईपेर सर्पले टोकेको विरामी आएका हुन।८८ जना विरामी मध्ये २ जना मात्र बाहिर रिफर गरिएको उक्त विरामी निको भई घर फर्केएको उपचार केन्द्रले जनाएको छ।
    उपचार गर्न आएका विरामीबाट शुल्क पाचँ सय लिने गरेको तर केही विपन्न परिवार तथा पैसा नलिएर आएका विरामीहरुबाट नि:शुल्क उपचार गरेको प्राविधिक हेमराज पौडेलले जानकारी दिए। 


    यहाँ दुईजना नेपाली सेना र एक जना स्थानिय तालिम प्राप्त गरि तिन जनाले सेवा दिदै आएका छन्।यस सर्पदंश उपचार केन्द्रमा प्यूठान र रोल्पाका विरामीहरु उपचार गर्न आउने गरेका छन्। यसको स्थापना २०८० साल असोज १३ गते भएको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij