बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रादेशिक अस्पताल शिलान्यास समारोह लुम्बिनी प्रदेशको लागि खुसीको क्षण भएको बताएका छन । लुम्बिनी प्रादेशिक अस्पताल शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेश बासिका लागि गौरवपूर्ण क्षण भएको समेत बताए ।
प्रादेशिक अस्पताल निर्माणको प्रक्रिया २०७६ सालबाट सुरु भएको जानकारी दिदै उनले प्रदेशका नागरिकको गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न प्रदेश सरकार दृढ रहेको बताए। ‘यो आयोजनालाइ उच्च प्राथमिकमा राखेर प्रदेश सरकारले चालु आर्थिक बर्षमा १ अर्ब ८० करोडको बजेट राखेका छौं–उनले भने –‘प्रदेश सरकारले २४ अर्ब पुजिगत बजेटमा अस्पताल बाहेक ५ अर्ब ६५ करोड रुपैयाँ बजेट रुपन्देही जिल्लामा बिनियोजन गरेको छ । अव बजेटको सहि कार्यान्वयन आवश्यकता छ । बजेटको सहि कार्यान्वयन गर्न नागरिक तहको खबरदारी जरुरी छ । जनताको निगरानी आवश्यक छ ।’
प्रदेश सरकारले रुपन्देही र बुटवललाइ उच्च प्राथमिकतामा राखेर आर्थिक हव बनाउनेगरी महत्त्वपूर्ण योजना अघि बढाएको स्पष्ट पारे । लुम्बिनी प्रदेशको प्रशासनिक क्षेत्र राप्ती उपत्यका देउखुरीमा १ बर्ष भित्र १० वटा भवन सम्पन्न भएपछि बाँकी कार्यालय स्थानान्तरण गर्ने तर, अहिले हतार नगर्ने पनि स्पष्ट पारे
।
रुपन्देहीलाई आर्थिक हवको रुपमा विकास गर्ने छौं । तिनाउ करिडोरमा नदि सभ्यतामा आधारित शहर निर्माण गर्ने छौं । लुम्बिनी प्रदेशको पवित्र भूमिमा बौद्दिक सर्किट निर्माण गर्नेछौंझउनले भने(झलुम्बिनी प्रादेशिक अस्पतालको निर्माण समय अघिनै सम्पन्न हुने छ । हामी विश्वस्त छौं ।
संघिय सरकारबाट गत बर्ष समानिकरण शिर्षकमा बजेट प्राप्त नहुदा झण्डै साढे २ अर्ब बजेट दायित्व प्रदेश सरकारलाई थपिएको भन्दै संघीय सरकारले बजेट पठाउनुपर्नेमा जोड दिए । पाँच वटा मध्य चार वटा गौरवका आयोजनाको काम अघि बढेको छ । संघीय सरकारको साथ सहयोग प्रदेश सरकारलाई चाहिएको छझउनले भने गत बर्षको घाटापुर्ति गर्न संघीय सरकारले ध्यान दिनुपर्ने छ । घाटापुर्ति भएन भने प्रदेशका गौरवका आयोजना अप्ठ्यारोमा पर्ने जोखिम रहन्छ । प्रदेशमा थालनि भएका गौरवका योजनालाइ प्रदेशसरकारले ध्यान दिने भनाइ उनको छ ।
प्रदेश सरकार सुशासन र जवाफदेहीमा राम्रो अभ्यास थालेको जानकारी दिदै उनले प्रदेश सरकार नागरिकको सुझावको आधारमा अघि बढेको स्पष्ट समेत पारे ।




