२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

कामको गुणस्तरमा ध्यान देऊ

कामको गुणस्तरमा ध्यान देऊ

कामको गुणस्तरमा ध्यान देऊ

कामको गुणस्तरमा ध्यान देऊ

कामको गुणस्तरमा ध्यान देऊ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, भाद्र १६ २०८१
आइतवार, भाद्र १६ २०८१
  • विशिष्टिकृत अस्पतालको रुपमा विकास गर्ने गरी लुम्बिनी प्रादेशिक अस्पतालको पूर्वाधार निर्माणको काम सुरु भएको छ । अस्पतालको सुविधासम्पन्न भवन निर्माणको शनिबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गरेका छन् । अस्पताल भवन निर्माण भएपछि उपकरण र विशेषज्ञ डाक्टरको व्यवस्थापन गर्न सक्दा यो काठमाडौं बाहिरको महत्वपूर्ण अस्पताल हुनेछ ।
    लुम्बिनी प्रादेशिक अस्पताललाई विशिष्टिकृत अस्पताल बनाउन  प्रदेशको ‘ड्रिम प्रोजेक्ट’को रुपमा लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलले अघि सारेको आयोजना हो । प्रदेश सरकारले राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई विशिष्टिकृत अस्पतालको रुपमा विकास गर्न सक्दा प्रदेशको स्वास्थ्य सेवाको गुणस्तर बढाउन सकिन्छ भन्ने निष्कर्ष निकालेर योजना कार्यान्वयनमा अघि बढ्नु नेतृत्वको दुरदर्शीता हो । अहिले विशेषज्ञ सेवाको लागि काठमाडौं, भारतको गोरखपुर, लखनऊ र दिल्ली पुग्नुपर्ने बाध्यता छ । यो अस्पताल भवनको निर्माणपछि कतिपय अवस्थामा बाहेक सबै सेवा यही उपलब्ध हुनसक्यो भने नागरिकलाई ठूलो राहत हुनेछ ।  दुईपल्ट ठेक्का आव्हान भएपछि प्रक्रियागत त्रुटीले विवाद भएपछि तेस्रो पल्टको ठेक्का टुंगो लागेको हो । ६ अर्ब १८ करोड रुपैयाँमा क्याम्पासाइट–आशिष–रेलिगेरसंयुक्त कम्पनीसँग ठेक्का सम्झौता भएको छ ।  क्याम्पासाइट भारतीय प्रतिष्ठित निर्माण कम्पनी भएको र नेपाली कम्पनी आशिष र रेलिगेर पनि राम्रै कम्पनी भएकाले उनीहरुले गुणस्तरीय काम गर्छन् भन्ने विश्वास छ । यद्यपी निर्माण कम्पनीले गर्ने कामको निगरानी सरकारी संयन्त्रले चुस्त ढंगले गर्ने छ नै, नागरिक तहबाट समेत निगरानी आवश्यक छ ।


     विकास आयोजना समयमा सम्पन्न हुनुपर्छ, गुणस्तरीय काम हुनुपर्छ र तोकिएको बजेट सीमामै काम हुनुपर्छ । आयोजना समयमा नसकिने प्रवृत्ति मौलाएको छ । गुणस्तर र बजेट सीमालाई पनि बेवास्ता गर्ने प्रवृत्ति उत्तिकै छ । यसले आयोजनाप्रति नागरिकको अपनत्व र विश्वास कमजोर भएको  छ । लुम्बिनी प्रादेशिक अस्पताल भवनका लागि चालु आवमा प्रदेश सरकारले १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको छ । पाँच वर्षभित्र काम सक्ने लक्ष्य भए पनि तीन वर्षभित्रै काम सक्ने योजना रहेको प्रदेश पूर्वाधार प्राधिकरणका अधिकारीहरुको भनाइ रहेको छ । समयसीमाभित्रै आयोजना पूरा नहुँदा समाजमा धेरै समस्या देखिन्छ । लुम्बिनी प्रादेशिक अस्पताल भवन तोकिएको समयसीमाभन्दा अघि नै सम्पन्न हुन सक्यो भने यसले नयाँ सन्देश दिने छ । 

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij