२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

स्याङ्जाका स्थानीय तहलाई पाँच अर्ब बढी बजेट

स्याङ्जाका स्थानीय तहलाई पाँच अर्ब बढी बजेट

स्याङ्जाका स्थानीय तहलाई पाँच अर्ब बढी बजेट

स्याङ्जाका स्थानीय तहलाई पाँच अर्ब बढी बजेट

स्याङ्जाका स्थानीय तहलाई पाँच अर्ब बढी बजेट
सोमवार, जेठ २१ २०८१
सोमवार, जेठ २१ २०८१
  • प्रकाश डोटेल
    स्याङ्जा 
     सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८१-०८२ को बजेटमा स्याङ्जाका ११ स्थानीय तहलाई ५ अर्ब ४३ करोड विनियोजन गरेको छ । विनियोजित बजेट मध्ये ५ नगरपालिकालाई तीन अर्ब तीन करोड ५४ लाख र ६ गाउँपालिकाको लागि एक अर्ब ९६ करोड ८९ लाख विनियोजन गरेको हो । नगरपालिकातर्फ सबैभन्दा बढी पुतलीबजार नगरपालिकालाई एक अर्ब ४ करोड ४१ लाख रुपैयाँ विनियोजन गरिएको छ भने भीरकोट नगरपालिकालाई सबैभन्दा कम ४० करोड ७८ लाख विनियोजन गरिएको छ ।


    नगरपालिका तर्फ पुतलीबजारलाई एक अर्ब ४ करोड ४१ लाख विनियोजन गरिएको छ । उक्त रकममध्ये समानीकरण अनुदानमा १३ करोड ८८ लाख, सशर्त अनुदानमा ८६ करोड ८३ लाख, विशेष अनुदान तर्फ ९० लाख र समपुरक अनुदानमा दुई करोड ८० लाख रहेको छ ।


    वालिङलाई समानीकरण अनुदानमा १५ करोड १० लाख, सशर्त अनुदान तर्फ ४१ करोड ८८ लाख, विशेष अनुदानमा एक करोड २० लाख र समपुरक अनुदानमा दुई करोड ८५ लाख गरी ६१ करोड तीन लाख विनियोजन गरिएको छ । गल्याङलाई समानीकरण अनुदानमा १२ करोड ४५ लाख, सशर्त अनुदान तर्फ ३७ करोड ८२ लाख, विशेष अनुदानमा तीन करोड गरी ५३ करोड २७ लाख विनियोजन भएको छ ।

    उता चापाकोटलाई ४४ करोड ५ लाख विनियोजन गरिएको छ । विनियोजित बजेटमा समानीकरण अनुदानमा १० करोड ७ लाख, सशर्त अनुदानतर्फ ३१ करोड ४८ लाख, र समपुरक अनुदानमा दुई करोड ५० लाख रहेको छ । भीरकोटलाई समानीकरण अनुदानमा १० करोड २२ लाख, सशर्त अनुदानतर्फ २७ करोड एक लाख, विशेष अनुदानमा दुई करोड १५ लाख र समपुरक अनुदानमा एक करोड ४० लाख गरी ४० करोड ७८ लाख विनियोजन गरिएको छ ।गाउँपालिकातर्फ सबैभन्दा बढी कालीगण्डकीलाई ४३ करोड ८८ लाख रुपैयाँ विनियोजन गरिएको छ भने सबै भन्दा कम फेदीखोलालाई २६ करोड ६६ लाख विनियोजन गरिएको छ । कालीगण्डकीलाई समानीकरण अनुदानमा ९ करोड ४४ लाख, सशर्त अनुदान तर्फ ३० करोड ७४ लाख, विशेष अनुदानमा तीन करोड ७० लाख गरी ४३ करोड ८८ लाख विनियोजन गरिएको छ ।


    बिरुवालाई ३४ करोड ६८ लाख बजेट विनियोजन गरिएको छ । समानीकरण अनुदानमा ८ करोड ६३ लाख, सशर्त अनुदान तर्फ २२ करोड ७० लाख, विशेष अनुदानमा दुई करोड ६० लाख र समपूरक अनुदानमा ७५ लाख रहेको छ । आँधिखोलालाई समानीकरण अनुदानमा ८ करोड ३६ लाख, सशर्त अनुदानतर्फ २३ करोड १९ लाख, विशेष अनुदानमा एक करोड ५० लाख र समपूरक अनुदानमा एक करोड ५० लाख गरी ३४ करोड ५५ लाख विनियोजन गरिएको छ । अर्जुनचौपारीलाई २९ करोड १९ लाख विनियोजन गरिएको छ । विनियोजित रकममा समानीकरण अनुदान तर्फ ८ करोड १८ लाख, सशर्त अनुदानमा १९ करोड एक लाख र समपूरक अनुदानमा दुई करोड गरी रहेको छ । हरिनाशलाई समानीकरण अनुदानमा ८ करोड २३ लाख, सशर्त अनुदान तर्फ १८ करोड ५५, विशेष अनुदानमा एक करोड १५ लाख गरी २७ करोड ९३ लाख विनियोजन भएको हो ।

    फेदीखोलालाई २६ करोड ६६ लाख विनियोजन भएको छ । विनियोजित बजेटमा समानीकरण अनुदानमा ७ करोड ४८ लाख, सशर्त अनुदानतर्फ १७ करोड ८ लाख, विशेष अनुदानमा एक करोड १० लाख र समपूरक अनुदान एक करोड रहेको छ ।जिल्लाका ११ स्थानीय तहहरुलाई विनियोजित बजेटमा समानीकरण अनुदान तर्फ एक अर्ब १२ करोड चार लाख, सशर्त अनुदानमा तीन अर्ब ५६ करोड २९ लाख, विशेष अनुदानमा १७ करोड ३० लाख र समपुरक अनुदानतर्फ १४ करोड ८० लाख गरी कुल ५ अर्ब ४३ लाख बजेट विनियोजन भएको हो 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij