२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनी इन्जिनियरिङ कलेजलाई बी.ई.आई.टी.को स्वीकृति

लुम्बिनी इन्जिनियरिङ कलेजलाई बी.ई.आई.टी.को स्वीकृति

लुम्बिनी इन्जिनियरिङ कलेजलाई बी.ई.आई.टी.को स्वीकृति

लुम्बिनी इन्जिनियरिङ कलेजलाई बी.ई.आई.टी.को स्वीकृति

लुम्बिनी इन्जिनियरिङ कलेजलाई बी.ई.आई.टी.को   स्वीकृति
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, भाद्र १६ २०८१
आइतवार, भाद्र १६ २०८१
  • बुटवल ।   रुपन्देहीको तिलोत्तमा–७ भलबारी स्थित लुम्बिनी ईन्जिनियरिङ कलेज (लेक) मा बी.ई.आई.टी. (ब्याचलर अफ इन्जिनियरिङ इन इन्फरमेसन टेक्नोलोजी ) को पढाई  हुने भएको छ ।

    पोखरा विश्वविद्यालयले गत वर्षदेखि यो कार्यक्रम लन्च गरेको थियो । रुपन्देहीमा भने पहिलोपटक लेकले यो विषय पढाउन थालेको हो ।  आईटी क्षेत्रमा यो कार्यक्रम धेरैले रुचाएका छन् ।    यो विषय पढ्न ४८ जनाको कोटा रहेको कलेजले जानकारी दिएको छ ।   त्रिभुवन विश्वविद्यालयले समेत यो कार्यक्रम ल्याएको छैन । 


    आईटी पढ्ने विद्यार्थीहरुको ईन्जिनियरिङमा पढ्ने उत्सुकता बढेकाले यो बर्ष देखि विज्ञानमा प्लस टु वा डिप्लोमा उत्तीर्ण गरेका विद्यार्थीहरुका लागि व्याचलर लेभलमा चार बर्षे बी.ई.आई.टी.कार्यक्रम ल्याइएको कलेजका अध्यक्ष रामचन्द्र ढकालले बताए ।

    आईटी क्षेत्रमा २५ बर्षको ईतिहास बोकेको कलेजले विद्यार्थीहरुको माग र रुची अनुसार विज्ञानका विद्यार्थीहरुका लागि बी.ई.आई.टी. कार्यक्रम पढाउन लागेको र कक्षा ११ वा १२ मा कम्प्युटर वा गणित पढेका जुनसुकै संकायमा विद्यार्थीहरुको लागि बीसीए पढ्न पाउने अवसरका रुपमा यी कार्यक्रमहरु यस वर्षदेखि सञ्चालनमा ल्याएको लुम्बिनी इन्जिनियरिङ,म्यानेजमेन्ट एण्ड साइन्स कलेजका अध्यक्ष प्रा.डा. रामचन्द्र (आरसी) आचार्य ले  बताए । 

    उत्कृष्ट नतिजाका कारण विश्वविद्यालय र शिक्षा मन्त्रालयबाट पटक पटक सम्मानित भएको लुम्बिनी ईन्जिनियरिङ कलेज नेपाल ईन्जिनियरिङ काउन्सिलबाट स्थायी सम्बन्धन प्राप्त पहिलो प्राईभेट कलेज भएको कलेजका सदस्य सचिव डा. के एन पाण्डेले बताए । पछिल्लो समय राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा ईन्जिनियरको साथ साथै आईटीमा पनि जनशक्ति माग बढिरहेकाले समय सापेक्ष विषयहरु कलेजले ल्याउँदै जाने पाण्डेले प्रतिबद्धता जनाए।

    कलेजका डाइरेक्टर तुलसीप्रसाद सापकोटाले ०८१ सालको शैक्षिक सत्रका लागि व्याचलर लेवलमा सिभिल ईन्जिनियरिङ, कम्प्युटर ईन्जिनियरिङ, ईलेक्ट्रीकल एण्ड इलेक्ट्रोनिक्स ईन्जिनियरिङ, बी.ई.आई.टी. , बीसीएमा भर्ना खुलेको जानकारी दिदै जीवन उपयोगी शिक्षा अध्ययनका लागि  विद्यार्थी र रअभिभावकको रोजाई लेक बनेको बताए । 

    लेक ०५६ सालमा पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिई स्थापना भएको यस क्षेत्रको  एक मात्र आईटी र ईन्जिनियरिङ कलेज हो ।

    स्थापनाकाल देखि ब्याचलर लेभलमा सिभिल ईन्जिनियरिङ, कम्प्युटर ईन्जिनियरिङ, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन ईन्जिनियरिङ कक्षा  सञ्चालन गर्दै आएको र क्रमशः  ईलेक्ट्रीकल एण्ड इलेक्ट्रोनिक्स ईन्जिनियरिङ, विसिए थप गरी माष्टर लेभलमा विई उत्तिर्ण  भएका विद्यार्थीहरुका लागि एमएससी कन्स्ट्रक्सन म्यानेजमेन्टमा ०६६ साल देखि कक्षा सञ्चालन भइरहेको सापकोटाले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij