२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

ह्विलचेयरबाट २ अर्बका ४ कम्पनी हाँक्दै धिरज

ह्विलचेयरबाट २ अर्बका ४ कम्पनी हाँक्दै धिरज

२०६२/०६३ को जनआन्दोलनको जुलुस हेर्न घरको छतमा गएका बेला लडेर ढाड भाँचिएपछि १३ वर्षको उमेरदेखि ह्विलचेयरको सहारामा हिंड्डुल गर्दै आएका धिरज अग्रवालले शारीरिक अपाङ्गतालाई चुनौती दिँदै २ अर्ब बढी लगानीका दुई उद्योग र दुई व्यवसायको सफल नेतृत्व गरेका छन्।

ह्विलचेयरबाट २ अर्बका ४ कम्पनी हाँक्दै धिरज

ह्विलचेयरबाट २ अर्बका ४ कम्पनी हाँक्दै धिरज

२०६२/०६३ को जनआन्दोलनको जुलुस हेर्न घरको छतमा गएका बेला लडेर ढाड भाँचिएपछि १३ वर्षको उमेरदेखि ह्विलचेयरको सहारामा हिंड्डुल गर्दै आएका धिरज अग्रवालले शारीरिक अपाङ्गतालाई चुनौती दिँदै २ अर्ब बढी लगानीका दुई उद्योग र दुई व्यवसायको सफल नेतृत्व गरेका छन्।

ह्विलचेयरबाट २ अर्बका ४ कम्पनी हाँक्दै धिरज
लुम्बिनी पत्रिकाका सह-सम्पादक शर्मा करिब २ दशक देखी पत्रकारितामा क्रियाशील छन् । उनले सममामयीक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
आइतवार, भाद्र १६ २०८१
आइतवार, भाद्र १६ २०८१
  • बुटवल।  ‘ढुंगाको काप फोरेर पनि उम्रिन्छ पिपल’ अथवा ‘खाने मुखलाई जुंगाले छेक्दैन’ भन्ने नेपाली उखान जस्तै परासीका धिरज अग्रवाल शारीरिक रुपमा अपांगता र दश कक्षा मात्र उत्तीणर् भए पनि कलिलो उमेरमै २ अर्ब बढी लगानीका दुई उद्योगसहित ४ कम्पनीको सफल नेतृत्व ह्विलचेयरको सहारामा गरेर समाजमा उदाहरणीय पात्र बनेका छन् । 


    मध्यम परिवारका धिरजका बुबा अनिलले परासी बुद्धचोकमा २०५० सालदेखि मारुती ट्रेडर्समार्फत् सिमेन्ट र छडको खुद्रा व्यापार गरिरहेका थिए । २०६२/०६३ को जनआन्दोलनको जुलुसमा परासीमा प्रहरीले आन्दोलनकारीलाई अश्रुग्यास हानेपछि त्यो दृश्य हेर्न घरको छतमा गएका बेला लडेर धिरजको ढाड भाँचियो । त्यो बेला १३ वर्षका धिरजले ६ कक्षा पास गरेका थिए । ढाड भाँचिएपछि भारतको लखनउ र दिल्लीमा उपचार त भयो तर उनी पहिले जस्तो सग्लो भएर हिंड्न सक्ने भएनन्, उनलाई ह्विलचेयरको सहारा अनिवार्य बन्यो । 


    कक्षा ६ सम्म कक्षा प्रथम हुँदै आएका धिरजले त्यसपछि कक्षा १० सम्म राम्ररी पढ्न पाएनन् । उनी उपचारका लागि कहिले चितवन,कहिले भारत धाइरहनुपथ्र्यो । परासीको सयपत्री बोर्डिङ् स्कूलमा पढेका धिरजले राम्ररी पढ्न नपाए पनि सन् २०१० मा डिस्टिङसन् (विशिष्ट श्रेणी) मा एसएलसी पास गरे । 


    ‘टाढा गएर पढ्नका लागि शारीरिक अवस्थाले अप्ठेरो हुने, परासीमा ११ र १२ कक्षाको पढाइ हुने राम्रो निजी विद्यालय नभएकाले १० कक्षा पास पछि नपढ्ने बरु बिजनेस गर्ने निधो गरें ।’-धिरजले विगत सम्झिए । खुद्रा ब्यापारमा सीमित उनको पारिवारिक व्यवसायलाई तिनै धिरजले ह्विलचेयरमा हिंडेरै २०७३ बाट थोक व्यवसाय गर्ने गरी मारुति बिजनेस कन्सर्न सुरु गरे ।  खुद्राबाट होलसेलमा स्तरोन्नति गरेसँगै मारुति बिजनेस कन्सर्न २०७४/०७५ र २०७५/०७६ मा दुई आर्थिक वर्ष नवलपरासीमा सबैभन्दा बढी कर तिर्ने व्यवसायिक फर्म बनेको धिरज सम्झिँछन् ।  


    अरुका उद्योगबाट सामान ल्याएर बेच्नुभन्दा आफैँ उत्पादन गर्न सकिन्छ भन्ने सोंचले सन् २०१८ मा धिरजले एक अर्बको टेन स्टिल उद्योग स्थापना गरे । जसले फलामे पाइप उत्पादन गर्छ । एकपछि अर्को सफलता हासिल गर्दै अघि बढेका धिरजले २०७७ सालमा फेरि एक अर्बको लगानीमा प्लम्बिङ सामान उत्पादन गर्ने टेन प्लास्ट उद्योग सुरु गरे । सबै  उद्योग र कम्पनीको नेतृत्व (अध्यक्ष) आफैँले गरे । चार वटा कम्पनीमा २ सय जनालाई रोजगारी दिएका छन् । 


    नेपाल गुणस्तर चिन्ह समेत प्राप्त गरेको टेन प्लास्टका उत्पादनको ब्राण्ड एम्बासडरमा चर्चित क्रिकेटर सोमपाल कामीलाई अनुबन्ध गर्न पनि धिरजकै सोंचले काम गरेको उनी बताउँछन् । टेन प्लाष्टका उत्पादनहरु भारत निर्यातको समेत तयारी भइरहेको उनले बताए ।


    ‘१० कक्षासम्म मात्रै मेरो पढाई भएकाले सबै उद्योगको नाम टेन अर्थात् १० राखेको हुँ,’-धिरज भन्छन्-‘सकेसम्म धेरै पढ्नु राम्रो हो, तर पढाइ मात्रै सबैथोक होइन भन्ने उदाहरण दिन उद्योगमा नै टेन राखेर यिनलाई सफल बनाएको हुँ ।’ 

    1.jpg


    दश कक्षा मात्र पढेको युवाले दुई उद्योग र २ कम्पनी सफलतापूर्वक हाँकेर २ सयजनालाई रोजगारी दिएको आफ्नो उदाहरणले व्यवसाय वा जीवनमा सफलता हासिल गर्न मास्टर डिग्री नै गर्नुपर्छ भन्ने सोंचाइ गलत भएको धिरजको तर्क छ । ‘अझँै पनि पढाइलाई कम र धेरै देखाएर घरपरिवार र समाजमा भेदभाव गर्ने, होच्याउने परिपाटी छ, यो गलत हो ।’-धिरज भन्छन् ।  

    शरीरलेभन्दा दृढ इच्छाशक्ति र अरुभन्दा नयाँ भिजनले जुनसुकै काममा प्रगति र सफलता हासिल गर्न सकिने धिरज बताउँछन् । ‘शरीरले होइन, दिमाग र भिजनले सबै लिड गर्ने हो’-धिरज भन्छन्-‘अपांगता हुंदैमा कसैले पनि हिनतावोध र आफूलाई कमजोर ठान्नुहुन्न, मनमा दृढ संकल्प गर्ने हो भने सबलांगले जस्तै जुनसुकै क्षेत्रमा काम गर्न सकिन्छ ।’


    धिरजले भविष्यमा चुनढुंगा खानी र सिमेन्ट उत्पादन गर्ने उद्योग सञ्चालनको तयारी गरेका छन् । ‘निकट भविष्यमै आफ्नौ ब्राण्डको छड, त्यसपछि सिमेन्ट उत्पादन गर्ने लक्ष्य छ’-धिरजले आगामी योजना सुनाए । सरकारले स्वदेशी उद्योगलाई संरक्षण र प्रवद्र्धन गर्ने नीति र कानून बनाई कार्यान्वयन गर्ने हो भने देशलाई हरेक क्षेत्रमा आत्मनिर्भर र निर्यात गर्न सकिने धिरजको आत्मविश्वास छ । 


    ‘सरकारका भन्सार नीतिहरु अझै स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्ने खालका हुन सकेका छैनन्, कच्चा पदार्थ आयातमा लाग्ने भन्सार र अन्तशुल्कले  फलामे पाइप उद्योगहरु उद्योगहरु संकटमा छन्, अर्बौं लगानी भएका १० वटा उद्योग बन्द हुने अवस्थामा पुगेका छन्, यसतर्फ सरकारको ध्यान जानुपर्छ’-धिरजले भने । 


    बुबा समेत अपांगता रहेका धिरजका एक मात्र भाइ अभिशेक र आमाले समेत धिरजलाई अघि बढ्न साथ दिएका छन् । ‘म शारीरिकरुपमा अशक्त भएपनि आमा,बुबा र भाइको साथ र हौसलाले कोरोना माहामारीको विश्वव्यापी असर वाहेक अरु हिसाबले दुई वटै उद्योग र दुई वटा कम्पनीमा पछाडि फर्केर हेर्नुपरेको छैन, मेरो यात्रा निरन्तर अगाडि बढेको छ ।’

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij