बुटवल । बुटवल ६ मा रहेको उर्वर वचत तथा ऋण सहकारीमा माया देवि थापाको नेतृत्वमा नयाँ सञ्चालक समिति निर्वाचित भएको छ । संस्था लिमिटेडको १४औ वार्षिक साधारण सभा तथा पाँचौं अधिवेसनवाट थापाको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको पूर्वअध्यक्ष तथा निर्वाचन समिति सदस्यराम प्रसाद आचार्यले जानकारी दिए।
समितिको उपाध्ययमा तेजलाल आचार्य, सचिवमा शम्भु आचार्य, कोषाध्यक्ष्यमा कृष्ण प्रसाद भुसाल सर्वसम्मत चयन भएका छन् ।
यस्तै सदस्यहरुमा शोभा वञ्जाडे, शोभा फुल्लेल, राम वहादुर सुनार, नारायण आचार्य र लक्ष्मण वञ्जाडे निर्वाचित रहेका छन् ।
त्यसैगरी लेखा सुपरिवेक्षण समिति संयोजक डोलराज फुल्लेल र सदस्यहरूमा सन्तोष आचार्य र विष्णु आचार्य निर्वाचित भएका छन् ।
अधिवेशनको उद्धाटन गर्दै बुटवल उपमहानगरपालिका उपप्रमुख साबित्रादेबी अर्यालले अर्घाखाँचीको मरेङबाट रुपन्देही आएर बसेका ब्यक्तिहरु मिलेर सञ्चालन गरेको सहकारीका ईन्डेक्सहरु सकारात्मक रहेको बताईन् । उनले सहकारी सहि रुपमा सञ्चालन हुनको लागि शेयर सदस्यहरु समेतले क्रियाशिलता देखाउन आग्रह गरिन् ।
अधिवेशनले अध्यक्ष उमेश कुँवरको अध्यक्षको प्रतिवेदन पास गुर्नका साथै सचिव, कोषाध्यक्ष र लेखा समितिका प्रतिवेदन पारित भएका थिए । सो अवसरमा उत्कृष्ट बचतकर्ता,ऋणी, जेष्ठ सदस्य, बाल बचतकर्ता लगायतलाई सम्मान समेत गरिएको थियो । सहकारीमा ५ सय २५ शेयर सदस्य रहेका छन् ।
उद्धाटन समारोहमा पूर्वअध्यक्ष शालिकराम भुसाल, राम प्रसाद आचार्य, नमराज सुबेदी, ऋषिराम आचार्य लगायतले बोलेका थिए ।




