२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

कावासोती नगर स्तरीय लाखेनाँच प्रतियोगितामा सिका नेवाः गुठी प्रथम

श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
आइतवार, भाद्र १६ २०८१
आइतवार, भाद्र १६ २०८१
  • कावासोती । नवलपुरको कावासोती १४ त्रिभुवनटारमा भएको कावासोती नगर स्तरीय लाखेनाच प्रतियोगितामा कावासोती २ को सिका नेवा गुठी प्रथम भएको छ । 

    त्यसैगरी गणेश भिमसेन नेवाः गुठी गोछडा दोस्रो र शेरगञ्ज नेवाः गुठी शेरगञ्ज तृतीय भएको छ । 

    भीमसेन कालिका नेवा गुठी त्रिभुवनटार र सनराइज युवा समन्वय समितिको आयोजनामा भएको लाखेनाच प्रतियोगितामा कावासोतीका ६ वटा गुठीको लाखे नाँच प्रदर्शन गरिएको थियो । 

    प्रतियोगितामा प्रथम हुनेले ११ हजार १ सय ११ रुपैयाँ, दोस्रो हुनेले ५ हजार ५ सय ५५ रुपैयाँ र तेस्रो हुनेले ३ हजार ३ सय ३३ रुपैयाँ नगद पुरस्कार, शिल्ड र प्रमाण पत्र प्राप्त गरेका थिए । 

    प्रतियोगिता कावासोती नगरपालिकाका नगर उपप्रमुख फुलकुमारी थनेतको प्रमुख आतिथ्यतामा भएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij