२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

आयात प्रतिस्थापन गर्ने उद्योग

आयात प्रतिस्थापन गर्ने उद्योग

आयात प्रतिस्थापन गर्ने उद्योग

आयात प्रतिस्थापन गर्ने उद्योग

आयात प्रतिस्थापन गर्ने उद्योग
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, भाद्र १९ २०८१
बुधवार, भाद्र १९ २०८१
  • वातावरण नभएको भन्दै व्यवसायीहरू लगानी गर्न हच्किरहेका बेला एक जना व्यवसायीले फर्निचर उद्योगमा गरेको लगानीले आयात प्रतिस्थापन गर्न सफल भएको छ । जतिबेला कोभिड महामारी थियो, व्यापार व्यवसाय बन्द थिए, कोभिड त्रासले समाज गुज्रेको थियो । त्यसैबेला बुटवलको आवास गु्रपले फर्निचर उद्योगमा लगानी गर्ने निर्णयले अहिले आयात प्रतिस्थापन गर्न सफल भएको छ ।


    बजारमा चिनियाँ र भारतीय फर्निचरको दबदबा छ । तीमध्ये चिनियाँ फर्निचरले बजारको ठूलो हिस्सा ओगटेको छ । नेपाली बजारमा चिनियाँ फर्निचरको दबदबा त छ, तर गुणस्तरमा समस्या छ । राम्रो डिजाइन भएका चिनियाँ फर्निचरप्रति आकर्षित भए पनि गुणस्तरप्रति उपभोक्ताको गुनासो छ । उपभोक्ताले गुणस्तरीय फर्निचर खोजिरहेका बेला आवास गु्रपले रूपन्देहीको देवदह भलुहीमा आवास स्टिल एण्ड फर्निचर उद्योग खोल्यो । आज आवास फर्निचरले  डिजाइन, फिनिसिङ, गुणस्तर र मूल्यमा चिनियाँ फर्निचरलाई टक्कर दिन सफल भएको छ । नेपाली फर्निचर पनि अब्बल हुन्छन् भन्ने स्थापित भएको छ ।

    कुनै पनि उत्पादनले बजार लिनसक्नु केबल गुणस्तरीय भएर मात्रै हुँदैन, उद्योगले लिने बजार रणनीति पनि आवश्यक पर्छ । प्रतिस्पर्धी बजारमा टिक्नका लागि संभावित रणनीति, जोखिम र संभावनाका बारेमा प्रष्ट हुन आवश्यक छ । आवास गु्रपका तेस्रो पुस्ताका युवा निर्माण थैवले तयार गरेको यो रणनीतिलाई कार्यान्वयन गर्न अनुभवी अग्रजले सघाए । नयाँ पुस्ताको अवधारणालाई कार्यान्वयन गर्न अनुभवी पुस्ता सघाउन तयार भएकाले अहिले आवास फर्निचरले बजार लिन सफल भएको हो । रूपन्देहीको भलुहीको उद्योग काठमाडौंमा पनि विस्तार हुँदैछ । काठमाडौंको ठूलो बजारमा पु¥याउन यहाँबाट छरितो नहुँदा उतै उद्योग खोल्नु स्वाभाविक पनि हो । २०७८ सालमा स्थापना भएको उद्योगले नेपाल सरकार, उद्योग मन्त्रालयबाट उत्कृष्ट नवप्रवर्तनकारी उद्योगमा छनोट भइ यो वर्ष पुरस्कृत भएको  छ । 


    अहिले समाजमा चौतर्फी निराशा छ, देशमा संभावना छैन, अवसर छैन भन्ने गुनासो धेरै सुनिन्छ । तर यो निराशालाई चिर्न सरकारले अवसर छ भन्ने सन्देश दिन युवाहरूलाई स्वदेशमै उद्यम व्यवसाय गर्न प्रेरित गर्नुपर्छ । जसले गरेका छन्, उनीहरूलाई थप लगानी गर्न हौस्याउनुपर्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij