२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

कावासोतीमा रेडक्रसले शववाहन सञ्चालनमा ल्यायो

कावासोतीमा रेडक्रसले शववाहन सञ्चालनमा ल्यायो

कावासोतीमा रेडक्रसले शववाहन सञ्चालनमा ल्यायो

कावासोतीमा रेडक्रसले शववाहन सञ्चालनमा ल्यायो

कावासोतीमा रेडक्रसले शववाहन सञ्चालनमा ल्यायो
श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
बुधवार, भाद्र १९ २०८१
बुधवार, भाद्र १९ २०८१
  • नवलपुर । रेडक्रस सोसाइटी कावासोतीले कावासोतीमा शव वाहन सञ्चालनमा ल्याएको छ । 

    गरिव तथा विपन्न परिवारलाई निशुल्क र अन्यलाई न्यूनतम शुल्कमा उपलब्ध गराउने गरी आजदेखि शव वाहन सञ्चालनमा ल्याइएको नेपाल रेडक्रस सोसाइटी कावासोती शाखाका अध्यक्ष बाबुराम कंडेलले बताए ।

    शववाहनको आज ६२ औं नेपाल रेडक्रस स्थापना दिवसको अवसर पारेर सञ्चालनमा ल्याइएको हो । यो शव वाहन रेडक्रस शाखा कावासोतीको आफ्नै लगानीमा साढे ७ लाख रुपैयामा खरिद गरि सञ्चालनमा ल्याइएको हो । 


    यसैबीच नेपाल रेडक्रस सोसाइटी कावासोतीले रेडक्रसको स्थापना दिवसको अवसर पारेर आज कावासोतीमा मावि स्तरीय अन्तर विद्यालय तिजगीत प्रतियोगिताको आयोजना गरेको छ । 

    प्रतियोगितामा कावासोती भित्रका विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो । 

    प्रतियोगिताको प्रदेश सभा सदस्य विन्दु पौडेल, गण्डकी प्रदेश सभाका पूर्व सांसद ओमकला गौतम लगायतले संयुक्त रुपमा तिजको गीत गाएर उद्घाटन गरे । 


    कार्यक्रममा जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विक लगायत विभिन्न महिला अधिकारकर्मी तथा रेडक्रसकर्मीहरुले शुभकामना मन्तव्य राखेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij