भैरहवा । रगत दिए विरामी भइन्छ भन्ने मानसिकताबाट अहिले समाज परिवर्तनतर्फ गइरहेको छ । मानिस जिवित रहनका लागि नभई नहुने पदार्थ रगत हो तर चिकित्सामा जतिसुकै विकास भएपनि रगत कृत्रिम तरिकाले बनाउन सकेको छैन । अहिले सम्म रगत दानले नै दिनानुदिन मृत्युको मुखमा पुगेकाहरुको ज्यान जोगिएको छ । आवश्यक व्यक्तिलाई रगत दिनुपरेमा रक्तदान नै एकमात्र उपाय हो । रुपन्देहीमा पनि ठूलो मात्रामा रगतको आवश्यकता हुन्छ जस्को पूर्ति गर्ने काम रक्त सञ्चार केन्द्र (रेडक्रस रुपन्देही) ले गरेको छ ।
सामान्य अवस्थाको एक स्वस्थ मानिसले हरेक तीन महिनामा रक्तदान गर्दा शारिरमा कुनै हानी नोक्सान हुंदैन । रुपन्देहीमा एक वर्षको अवधिमा ३१ हजार ६ सय ७९ युनिट रगत संकलन भएको देखिन्छ । ती रगतबाट ३४ हजार ६ सय १७ युनिट रगत र रगत तत्व भैरहवा र बुटवल रक्त संचारबाट वितरण गरिएको छ । क्षेत्रमा काम गर्दै आएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका अनुसार वर्ष २०८०-८१ मा ३६ हजार ९ सय ५७ युनिट रगत संकलन भई वितरण भएको छ वितरण मध्ये केही अन्य जिल्ला र रक्तसञ्चारबाट पनि प्राप्त भएको हो ।
नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका अध्यक्ष दीपक क्षेत्री न्यौपानेले रुपन्देहीमा रगतमा धेरै सहजता भएको बताउछन । पुरानो मानसिकताबाट अहिलेको युवा जमातको भाव परिवर्तन भएको छ । रगत दिए विरामी हुन्छ भन्ने डर त्रास हुन्थ्यो जुन अहिले छैन । जनचेतना र हौसाला बढाउने कार्यले गर्दा अहिले रगत दिनका लागि तम्सिने गरेका छन । वर्षमा ४ पटक ३-३ महिनामा दिन मिल्छ रक्तदाताहरुले आफै कहाँ छ कार्यक्रम भनेर खोज्ने गरेको पाइएको छ ।
रुपन्देहीमा दैनिक रुपमा नै रक्तदानको कार्यक्रम भइरहन्छ र जसले रगतको सहजता भएको छ । प्लाज्मा र रक्त कोषहरुको समिश्रणबाट बनेको रगत तत्वहरुको भरियाको रुपमा काम गर्छ । मानव शरीरमा औसत ५ दशमलव ५ लिटर रगत रहेको हुन्छ ।
रेडक्रसबाट नै संचालित बुटवल रक्तसचार सेवा केन्द्र र रक्त सञ्चार सेवा इकाई भैैैरहवाका ब्लड बैंकबाट रुपन्देही, गुल्मी, पाल्पा, नवरपरासी, चितवन, कपिलवस्तु, अर्घाखाची, रोल्पा, प्युठान लगायतका जिल्लाका सेवाग्राहीलाई सेवा दिइरहेको छ । रेडक्रसको प्रविधिक सहयोग एक वर्षको अवधिमा रक्त सञ्चार केन्द्र बुटवलले घुम्ती रक्तदानबाट २२ हजार ४३ युनिट, स्वयंसेवी रक्तदाताहरुबाट ३ हजार ९ सय ५९ गरी २६ हजार २ युनिट रगत संकलन भएको छ ।
संकलित रगत मध्ये २१ हजार ७ सय ८ जना पुरुष छन भने ४ हजार २ सय ९४ जना महिला रहेका छन । यस्तै सेवा इकाई भैरहवाले घुम्ती रक्तदानबाट ४ हजार ८५ युनिट, स्वयंसेवी रक्तदाताहरुबाट १ हजार ५ सय ९२ गरी ५ हजार ६ सय ७७ युनिट रगत संकलन गरेकोे छ । संकलित रगत मध्ये ५ हजार २ सय ३१ जना पुरुष छन भने ४ सय ४६ जना महिला रहेका छन । यसरी जिल्लाबाट ३१ हजार ६ सय ७९ युनिट रगत संकलन भएको छ । आर्थिक वर्षको सुरुवातमा ४१५ युनिट रगत मौजदात थियो भने अन्य रक्तसञ्चारबाट ६ सय ८७ युनिट रगत, परासीबाट १४ युनिट रगत संकलन भएको छ ।
कार्यालयले दिएको तथ्याङक अनुसार बुटवलबाट २४ हजार ८ सय ३४ र भैरहवाबाट ६ हजार १ सय ८ युनिट गरी ३० हजार ९ सय ४२ युनिट रगत वितरण भएको देखिन्छ । यसका साथै रक्तदाता संस्थाको सिफारिसमा ३४ युनिट, सेवा शुल्क छुट गरी विपन्न वर्गलाई ६ युनिट, अन्य रक्तसञ्चार केन्द्रमा पठाइएको ६ सय ८७ युनिट, रोग युक्त नष्ट गरिएको रगत ३७७ युनिट, प्रयोग गर्न अनुपयुक्त ६४ युनिट रगत रहेको छ ।
रुपन्देहीबाट सबै भन्दा बढि रगत लुम्बिनी प्रादेशिक अस्पतालमा १० हजार ४ सय ११ युनिट वितरण गरिएको छ । यस्तै युनिभर्सल मेडिकल कलेज भैरहवामा ५ हजार ५ सय २०, गौतमबुद्ध मुटु अस्पताल बुटवलमा ५ हजार २ सय ३४, क्रिमशन अस्पताल मणिग्राममा १ हजार ५ सय ३ सिद्धार्थ बाल त्था महिला अस्पतालमा १ हजार ३ सय ६२ र भैरहवा स्थित भिम अस्पतालमा १ हजार १ सय ३७ युनिट रगत वितरण गरिएको छ । यसको अलावा आवश्यकता र माग अनुसार विभिन्न ३८ वटा अस्पताल र जिल्लामा रगत वितरण गरिएको छ । जिल्लामा कुनै रगत समूहको रगत अभाव हुदा पनि बाहिरी जिल्लाबाट रगत लिने र बढी संचिती भएको रगत आवश्यकताको आधारमा पठाइने गरिन्छ ।
रगतको अभाव हुन नदिन स्वतस्फुर्त रुपमा संस्थागत रुपमा पनि रक्तदानको कार्यक्रम हुदै आएको छ । पहिलाको तुलनामा अहिले रगत दिनेको संख्यामा बढोत्तरी भएको पाइन्छ । रुपन्देहीका विभिन्न क्षेत्रमा दैनिक जसो नै रक्तदानका कार्यक्रम हुने गरेको छ, अहिले रक्तदान गर्न उत्साहक बढेको छ । एक वर्षको अवधिमा ४ सय ५६ वटा संस्था र भैरहवा बुटवलमा रहेको रक्तसञ्चार केन्द्रबाट ३१ हजार ६ सय ७९ युनिट रगत संकलन भएको छ संकलित रगतमध्ये ४ हजार ७ सय ४० युनिट रगत महिलाले दान गरेकी छन । सामाजिक संस्था, जातीय संस्था, रेडक्रस परिवार, वित्तिय संस्था, धार्मिक संस्था, उद्योग तथा व्यापारिक संस्था तथा प्रतिष्ठान, स्वास्थ्य संस्था, राजनैतिक, पालिका, शैक्षिक, खेलकुद तथा संयुक्त रुपमा पनि रक्तदानका कार्यक्रम आयोजना गर्ने गरेका छन । यो अवधिमा ५ जनाले जन्मदिनको अवसरमा र १ जनाले पुण्य तिथीको स्मृतिमा पनि रक्तदान गरेको देखिन्छ । यो तथ्याङक विगतको भन्दा धेरै हो ।
सामान्य अवस्थामा मात्रै होइन कोभिडको सन्त्रासमा पनि भैरहवा क्षेत्रमा लकडाउन अवधिमै रक्तदानको सुरुवात ग्रामिण क्षेत्र रोहिणी गाउपालिका ७ का मुस्लिम समुदायहरुबाट भएको थियो । रक्तदान भनेपछि टाढा जाने उक्त समुदाय लकडाउन र कोरोना भाइरसको यस्तो परिस्थितीमा पनि आफै आयोजक भएर रक्तदान कार्यक्रमको थालनी गरेको थिए । लकडाउन अवधिको पहिलो रक्तदान कार्यक्रममा मौलाना स्वंयले रक्तदान गरी कार्यक्रमको सुरुवात गरेका थिए । रक्तदान भनेपछि डराउने समुदाय लकडाउन र कोरोना भाइरसको यस्तो परिस्थितीमा पनि आफै आयोजक भएर मदरसा अरविया अहले सुन्नतले रक्तदान कार्यक्रमको थालनी गरेका थिए । धकधई रेडक्रस उपशाखाको समन्वयमा मदरसामा आयोजना भएको थियो ।
दैनिक १०० प्वाइन्ट रगत सरदरमा जिल्लामा खपत हुने गरेको छ । प्रत्येक पटक डायलसिस गर्नेलाई रगतको आवश्यकता पर्छ, त्यस्तै प्रसुती र दुर्घटनाको केशमा पनि बढि रगतको माग हुन्छ, अभाव नहोस भन्दै सतर्कताका लागि रगत संकलनको काम भइरहेको हुन्छ । दुर्घटना, अधिक रक्तश्राव, प्रसूति व्यथा, मुटु मस्तिष्कलगायत शल्यक्रियामा रगत जरुरत पर्छ । त्यसैगरी थालासेमिया, ल्युकेमियालगायतका रक्त क्यान्सर, हेमोफिलिया तथा रक्तअल्पता जस्ता रगतका समस्यामा पनि तारन्तार रगत जरुरत पर्छ ।
हामीसँग भएको सिमित स्रोत साधनले व्यवस्थापन गरिरहेका छौ । रगत अभाव देखिएमा संघसस्थाहरुलाई रक्तदान कार्यक्रम गर्न पनि अनुरोध गर्छौ, रक्तदान निरन्तर भइरहेको छ ।
नेपाल रेडक्रस सोसाइटीले रक्त संकलनमा चुनौती भए पनि आपूर्तिमा हरसम्भव प्रयास गरिरहेको छ । सस्थागत रक्तदान र रक्त समूहका दाताहरुलाई सम्पर्क गरेर रगत संकलन गर्ने काम हुने गरेको छ ।
शरीरका कोषहरुमा ग्लुकोज, एमिनो एसिड लगायतका पोषक तत्वहरु सँगै अक्सिजन लगायतका आवश्यक पदार्थहरु पुर्याउने काम गर्दछ । रगतले कार्वन डाइक्साइड, यूरिया, ल्याक्टिक एसिड जस्ता काम नलाग्ने तत्वहरुलाई बाहिर निश्कासन गर्न समेत सहयोग गर्दछ । मानिसको कुल वजनको ७ प्रतिशत रगत हुन्छ । रगतको ६० प्रतिशत भाग झोल (प्लाज्मा) हुन्छ । प्लाज्माको ९० प्रतिशत भाग पानी र १० प्रतिशत भाग पोषक तत्व हुन्छ । रगतको बाँकी ४० प्रतिशत भने ठोस पदार्थ (जसमा रातो रक्तकण, श्वेत रक्तकण र प्लेटलेट्स) हुन्छ ।
अध्यक्ष न्यौपानेले भन्छन- रगतमा मात्रै होइन विपद र राहतमा पनि रेडक्रस उत्तिकै खट्ने गर्छ । रेडक्रसले सामाजिक क्षेत्रमा धेरै कार्यक्रम गरिरहेका छ । बढी पहिरो, भुकम्प, आगलागी, महामारी, बृद्धबृद्धालाई खाद्यान्न, कपडा तथा राहत सामाग्री वितरण गर्ने वृक्षारोपण जस्ता काम हुने गर्छ । अहिले राहत सामाग्री भन्दा निश्चित रकम नै दिने जस्ले अति आवश्यक बस्तु किन्न सकुन भनेर रेडक्रसले मापदण्ड बनाएको छ । विद्यार्थीहरुमा पनि प्रतियोगिता हुन्छ । रुपन्देही मातहत २० वटा उपशाखा रहेका छन ।
उनका अनुसार स्वीस रेडक्रसको सहकार्यमा विपद व्यवस्थापन तथा रोकथामका लागि सुपर प्रोजेक्ट चलिरहेको छ । २०२३ बाट सैनामैना नगरपालिकामा चलिरहेको छ । २०२६ सम्म चल्छ । यस्तै लुम्बिनीमा कोरियन रेडक्रसको सहकामर्यमा पडरिया आधारभुत विद्यालयको स्तरोन्नती भएको छ । यस्तै सिद्धार्थनगर नगरपालिकामा अमेरिकन रेडक्रसबाट परियोजना चलिरहेको छ । जनवरी देखि जुन सम्म तातो वायु सम्बन्धी पाइलट प्रोजेक्ट चलेको थियो यस्को प्रतिवेदन बनि निरन्तर गर्ने योजना रहेको छ । विग्रेका र उपयोग गर्न नमिल्ने रगत व्यवस्थापन गर्न समस्या छ । हाम्रो चाहना रगत अभाव भएर ज्यान जान दिदैनौ नै हो ।
रुपन्देहीमा रगत जाँचको पैसा पालिकाबाट
नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका अध्यक्ष दीपक क्षेत्री न्यौपानेले रेडक्रसले नागरिकलाई रगतको सहजीकरणका लागि निशुल्क रगतको व्यवस्था गरेको बताए । रुपन्देहीका १५ पालिका, गुल्मीका ५ वटा, अर्घाखाचीको २ र कपिलवस्तुको ६ वटा पालिकासँग निशुल्क रगत सम्झौता भएको छ । नागरिकले रगत आवश्यकता परेको बेला रक्तसञ्चार केन्द्रमा आएर परिचय पत्रको आधारमा निशुल्क रगत पाउने गरि सम्झौता भएको छ । उक्त रेकर्ड हामीले पालिका पठाएपछि पालिकाले भुक्तानी गर्ने गरेको छ । रुपन्देहीमा रगतको पैसा तिर्नपर्दैन । रगतको अभावले कुनै पनि हालतमा ज्यान जान दिदैनौ ।

रुपन्देहीका दुवै रक्तसञ्चार केन्द्रबाट रुपन्देहीको सैनामैना नगरपालिका बाहेक सबै पालिकाले आफ्नो क्षेत्रमा रहेका विरामीहरुको लागि आवश्यक रगत तथा रक्त तत्वमा लाग्ने सेवा शुल्क निशुल्क गरि उपलब्ध गराउन सम्झौता गरेका छन । यसका अलावा बाहिरी जिल्ला कपिलवस्तुको पनि पालिकाहरु विजयनगर, बुद्धभुमि, कपिलवस्तु, कृष्णनगर, शिवराज, वाण्गंगाले पनि निशुल्क रक्तको लागि सम्झौता गरेको छ । गुल्मीको छत्रकोट, रुरु क्षेत्र, चन्द्रकोट र गूल्मी दरवार पालिकाले र अर्घाखाँचीको सन्धीखर्क नगरपालिकाले पनि निशुल्क रगतको लागि सम्झौता गरेका छन । गत आर्थिक वर्षमा यि पालिकाहरुबाट ९ हजार ८ सय ६७ युनिट रगतको रक्त तत्वमा लाग्ने सेवा शुल्क रेडक्रसलाई दिएका छन ।
सेवा शुल्क ९५० रुपैया छ यस्मा व्याग, रिएजेन्ट, प्राविधिकहरुको खर्च हो । सम्झौता भएको पालिकाले तिर्नुपर्देन, प्रदेश सरकराले पनि लुम्बिनी प्रादेशिक र भीम अस्पतलामा खपत भएको रगतको सेवा शुल्क तिर्दै आएको छ ।
रक्तदाताको तथ्याङक राख्न सफ्टवेयर
ब्लल बैकको नाममा सफ्टेवयर सुरु गरेका छौ । दान गर्नेले कहिले गर्यो, कति पटक गर्यो कति महिनामा गर्यो भन्ने डिटेल डाटा त्यहा हुन्छ । नियमित रक्तदान गरेर धेरैको ज्यान बचाएका रक्तदाताहरुको तथ्याङकका लागि सफ्टवेयर प्रणालीको सुरुवात गरिएको हो । कसले कति पटक रक्तदान गर्यो भन्ने स्पष्ट तथ्यांक नहुँदा हिचकिचाउने रक्तदाताहरुले अब निर्धक्क सयममै रक्तदान गर्न पाउने छन ।
कसले कति पटक गरे भन्ने कागजी तथ्याङक भन्दा पनि अब , “आफलेू कति पटकसम्म रक्तदान ग-यो, त्यसको यकिन तथ्यांक रेडक्रस सँग हुन्छ, त्यसमा पनि आफूले दान गरेको रगतमध्ये कति प्रयोगमा आउन सकेको हो, त्यो कुराको जानकारी समेत रक्तदातालाई हु्नेछ ।”
व्यवस्थित तथ्यांक नहुँदा आफैँंले नै मैले यति पटक रक्तदान गरें भन्नुपर्ने अवस्था छ, “कसले कति पटक रक्तदान गर्यो भन्नेस्वयंसेवी रक्तदाताको आधिकारिक तथ्यांक सम्बन्धीत निकायसंग हुनुपर्ने उनको भनाई छ ।




