२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

विद्यालयको असल अभ्यास

विद्यालयको असल अभ्यास

विद्यालयको असल अभ्यास

विद्यालयको असल अभ्यास

विद्यालयको असल अभ्यास
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, भाद्र २० २०८१
बिहिवार, भाद्र २० २०८१
  • अपवादलाई छाडेर नेपालका अधिकांश सरकारी विद्यालयहरुको सिकाइ अभ्यास रोगजगारमुखी र जीवनउपयागी छैन । किताबी ज्ञानमा मात्र सीमित छ । यस्तो अवस्थामा रूपन्देहीको सिद्धार्थनगर–१ बेलहियास्थित बेलहिया माध्यमिक विद्यालयले  विद्यार्थीलाई पढाइसँगै अतिरिक्त क्रियाकलापमा रमाउने वातावरण बनाएको छ । विद्यार्थीलाई स्वरोजगार बन्नुपर्छ भन्ने सिकाइका लागि विद्यालयमै पढ्दै, कमाउँदै, रमाउँदै कार्यक्रम सञ्चालन गरिएको छ । जसअन्तर्गत कक्षा ६ देखि कक्षा ९ सम्मका विद्यार्थीहरुलाई प्रत्येक महिनामा एउटा सीप सिकाउने र त्यसबाट आयमूलकतर्फ जोड्दै आर्जन भएको रकम विद्यार्थीलाई हस्तान्तरण गरिन्छ । प्रत्येक महिना एउटा सीपमूलक तालिम दिइ विद्यार्थीहरुले पढाइसँगै सीपलाई आयतर्फ कसरी जोड्न सकिन्छ भन्नेतर्फ जोड दिएको छ । 


    यो कार्यक्रमअन्तर्गत विद्यार्थीहरुले आँपको मुरब्बा बनाउन सिके र केही बजारमा पनि बेचे । यस्तै अचार बनाउने, च्याउ खेती, फुरनदाना बनाउने, चुरापोते बनाउने, टपरी बुन्ने, फूलका बिरुवा उमार्ने, फुड फेस्टिबल, अमला केण्डी, मैनबत्ती, मेहदी लगाउने जस्ता धेरै जीवनोपयोगी तालिमहरु गरेका छन् ।


    कार्यक्रमका लागि शिक्षकले आवश्यकताका आधारमा योजना बनाइ आफैँ लगानी गर्छन्, केही विद्यार्थीहरुले पनि ऐच्छिक रुपमा लगानी गर्छन् । लगानीबाट उत्पादनमा जोड्दै त्यसलाई बिक्रीतर्फ लगिन्छ, जसबाट हुने आम्दानीले लगानी कर्ताको खर्च दिइ बाँकी मुनाफालाई विद्यार्थीहरुमा बाँड्ने गरिएको छ । सीप सिकाएपछि विद्यार्थीहरुले उत्पादन गरेका वस्तुहरु बिक्री गरी उनीहरुलाई आयआर्जन गर्न सिकाउंछ ।  उत्प्रेरित गर्छ । 


    चुनौतीका बिचमा पनि विद्यालयको भौतिक पूर्वाधार सुधारका क्षेत्रमा धेरै प्रगति गरेको देखिन्छ । वास्तवमा बेलहिया माध्यमिक विद्यालयले जस्तै पढ्दै, कमाउँदै, रमाउँदै कार्यक्रम सबै सामुदायिक विद्यालयमा सञ्चालन गर्न सक्ने हो भने विद्यार्थीहरु व्यवहारिक र रोजगारमूलक सीपयुक्त बन्न सक्छन् । अहिले विद्यालयका बालबालिकाहरु मोबाइल फोन अत्याधिक प्रयोगको लतमा फसेका छन् । यद्यपि यो विश्वव्यापी समस्या हो । तर यस्तो अवस्थामा बालबालिकाहरुलाई पढ्दै गर्दा कमाउने बानीको विकास गर्न सके उनीहरु काम र आयआर्जनप्रति जानकार र जागरुक हुन सक्छन् । यसले अन्ततः मुलुकको आर्थिक विकास र समृद्धिमा पनि टेवा दिनसक्छ । यस्तो कार्यक्रमलाई सबै विद्यालयमा विस्तार गर्न संघ, प्रदेश र स्थानीय सरकारको ध्यान जान जरुरी छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij