२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

२०८१ सालको रमाइलो तिज

२०८१ सालको रमाइलो तिज

२०८१ सालको रमाइलो तिज

२०८१ सालको रमाइलो तिज

२०८१ सालको रमाइलो तिज
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
जिसी साहित्यकार, वामपन्थी विचारक तथा राजनीतिक विश्लेषक हुन् । दैनिक लुम्बिनीका नियमित स्तम्भकार कुँवर राजनीतिक तथा सामाजिक विषयमा विचार पोख्छन् ।
बिहिवार, भाद्र २० २०८१
बिहिवार, भाद्र २० २०८१
  • १.घरै रमाइलो माइतै रमाइलो !
    पटम् फरर धौले घर माइतै रमाइलो !!
    अधिकांश चाडपर्वहरू कहिलदेखि सुरु भए तिथिमिति थाहा हुँदैन । तर पनि थुप्रै पर्व संस्कृतिहरू परम्परागत रूपमा जीवित रहँदै आएका छन्, उत्पादन पद्धतिमा आएको फेरबदलसँगै रूढ मान्यताहरू हटाउँदै प्रगतिशील वा प्रगतिवादी मान्यता र संस्कृति स्थापित गर्दै समाजले मानव उपयोगी मान्यताहरू जगेर्ना गर्दै आएको छ । तर कैयौं रूढ मान्यताहरूले नारी जगत्लाई दमन गर्दै आएका छन् । ती असामयिक र परित्यज्य छन् ।


    २. तिज पर्वका दिन श्रीमान् वा पतिको दीर्घायुको कामना गर्दै निलाहार उपबास बस्नु, पहिले मासिक क्रिया रज भएको बेला छातछुत गर्न, मीठो चोखो खान त परै जाओस् घरमा बस्नसम्म नहुने, घरदेखि पर औढारमा बस्नुपर्ने मान्यता पनि छन्, जसलाई छाउपडी प्रथा भनिन्छ ।  छुवाछुत गरिएको पाप कटाउन पञ्चमी पूजा गर्नुपर्ने नत्र ८४ जुनीसम्म कुकुर्नी, संगुर्नी, ढोंडे कीरा बन्नुपर्ने मान्यता हरितालिका ब्रतकथामा सुनाइने परम्परा पनि छ । 


    तिज पर्व संस्कृति नारी प्रधान पर्व संस्कृति हो ।  यो पर्व नेपाली पर्वहरूमध्ये सबैभन्दा ठूलो पर्व हो । किन ? यस कारणले कि यो पर्वमा प्रायशः सबै धर्मका महिलाहरू गाउने र नाच्ने गर्दछन् । सुदूर विगतलाई हेर्दा मानव शास्त्रीहरू लुइस हेनरी मोर्गन, फ्रेड्रिक एेंगल्स विश्वनाथ, काशिनाथ राजवाडेहरू जस्ताले मानव इतिहासको विशद अध्ययन गरेका छन् । उनीहरूका अनुसार त्यो बेला त परगोत्रीय विवाहको प्रचलन नै रहनेछ । एउटै बाबु आमाका छोराछोरीका बिचमा हुँदो रहेछ । अहिले पनि विभिन्न मानव जातीय समुदाय र समूहमा कुटुम्ब विवाह प्रथा कायमै छ । बहुपति प्रथा द्रौपतीका पाँच पति भए झैं त्यो पनि कतिपय जातिय समूहमा कायमै छ । बहुपत्नी प्रथा  हाम्रो समाजमा पनि कायम थियो । तर २०४६ सालको परिवर्तनपछि बहु विवाह प्रथा वा बहुपत्नी प्रथा त  करिब करिब अन्त्य भइसकेको छ । यस्तो मानव समुदायमा चाड पर्व समूह आफ्नै खालका हुन्छन् । तिज पर्व संस्कृतिको उत्पतिमा विवाह पद्धति समेतले काम गरेको छ ।


    ३. एउटा रोचक प्रसङ्ग हिन्दू भनिएको ब्राह्मण समाजमा रहेछ । ब्राह्मण  श्वेत केतुकी आमाले आफ्नै छोरा श्वेत केतुलाई यौन सम्बन्ध गर्न प्रस्ताव गरेको र ब्राह्मण श्वेत केतुले आमाको यस्तो प्रस्तावलाई ठाडै इन्कार गरी नयाँ नियम बसालेपछि कुटुम्बभन्दा पर पर विवाह हुन थालेको कुरा विश्वनाथ काशीनाथ राजा वाडेले प्रस्तुत गरेका छन् । यसरी हेर्दा तिज पर्व र तिहार पर्वको उत्पतिमा परगोत्री विवाहले प्रभाव पारेको देखिन्छ । 


    माइतीले छोरी चेलीलाई निम्ता गरेर मीठो चोखो खुवाउने पर्व भाद्र शुक्ल द्वितीया र तृतीया तिथिलाई रोजेको देखिन्छ । द्वितीयाका दिन छोरी चेली, बहिनी, फूपू आदि डाकेर मीठो चोखो खुवाउने प्रचलन अघि बढेको पाइन्छ । द्वितीयाका दिन तीन प्रहर मीठो चोखो खुवाउने चलन छ, चामलमा राखेर पकाएको भात र दूधमा चामल घिउ, काजु, किसमिस, नरिवल आदि राखेर पकाएको खिर वा ढकनी प्रायशः हुने गर्दछ । दर भनेको धेरै कुरा मिलाएर पकाइएको परिकार हो । दर भनेको सन्तुलित खाना हो । पूर्वी पाल्पातिर मगर समुदायले दर खुवाउनेलाई द्वितीया खुवाउने भन्दछन् । 
    दर खानु पूर्व र दर खाएपछि दिनभरि रातभरि विशेष खालको लयमा गीत गाउने नाच्ने गरिन्छ । यसरी गाइने गीतलाई तिज गीत भनिन्छ । भोलिपल्ट पनि तिज अर्थात् तृतीयाका दिन बिहानैदेखि तिज गीत गाउने र नाच्ने गरिन्छ । यसमा पुरूषको संलग्नता रहँदैनथ्यो पहिलेपहिले । 


    तृतीया शब्दको व्यूत्पति पनि यसरी भएको देखिन्छ । 
    तृतीया– तृय (अर्थात् ती र यको आकारलाई –तिजे वा तिज शब्दको व्यूत्पति भएको प्रसङ्गमा तिज पर्व तिज संस्कृति अध्यता झपेन्द्र जिसीद्वारा शोध गरी नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन २०७२ मा गरेको तिज पर्वको सांस्कृतिक अध्ययनमा बेली विस्तार गरेका छन् । 
    ४. यसरी नै तिहारलाई यमपञ्चक पनि भनिन्छ । भाइ टीकाका दिन दिदीबहिनीले आफ्नो दाजुभाइलाई आफ्नो घरमा निम्ता गरेर सप्तरंगी टीका लगाइदिने, मखमली फूल र सयपत्रीको फूलको माला लगाइदिएर सेल रोटी, अनरसा, झर, झिनिया, फिनीलगायतका रोटी र नरिवल, छोडा ओखरको घाँजी खान दिने चलन परम्परागत रूपमा रहँदै आएको छ । तिजमा छोरीचेलीलाई माइतमा निम्ता गर्ने र तिहारमा दाजुभाइलाई दिदीबहिनीले आफ्नो घर निम्ता गर्ने चलन रहँदै आएको छ ।
    कुकुर तिहार, कागतिहार, गाईतिहार, गोरू तिहारका दिन उनीहरूको पूजा गरी टीका माला लगाइदिएर दीर्घायुको कामना गर्ने गरिन्छ । सारतः उत्सवमा मनाइने पर्वहरू निकै रमाइला हुन्छन्, तिज पर्व पनि खुसियालीको पर्व हो ।  खुसी प्रकट गर्दै चेलीबेटीहरू माइतीको आँगनमा ढल्की ढल्की नाच्ने गाउने गर्दछन् । यसरी गायन र नृत्य गर्दा आफूले भोगेका दुःख बुहार्तनका कथा व्यथा पनि जीवन्त ढंगले प्रस्तुत गर्दछन् । जुन अन्ततः मर्मस्पर्शी, श्रव्य र मननीय हुने गर्दछन् । 
    केही रमाइला पुराना गीतहरूः
    क) विश्वरूप पण्डितको हत्या गरे इन्द्रले
    आफू निर्दाेष बनाए इन्द्र जालैमा
    पण्डितलाई मारे ब्रह्मालाई गुहारे
    पाप हाम्लाई बोकाए ब्रह्म जालैमा ।
    पण्डित मार्ने इन्द्र पापी हुन कि धर्मात्मा
    हेर हेर राधिका इन्द्रजालैमा
    बह्म हत्या गरी दोष नारीमाथि थोपर्ने ?
    रजोवती हुनु प्रकृतिको नियम 
    पाप भन्छन् ब्रह्माले ब्रह्मजालैमा
    फोहोर मैला राख्ने नारी हैन गुह्यान
    गुह्यानै पो ठाने है ब्रह्मजालैमा
    धान खाने मुसो चोट पाउने भ्याउतो
    कस्तो निया निसाफ ब्रह्मजालैमा
    ती इन्द्रको चाल छक्का पञ्जा नौजाल
    ख्याल गर सान्नानी इन्द्रजालैमा
    ठूलालाई चैन सानालाई ऐन
    कस्तो निया निसाफ ब्रह्मजालैमा
    ब्रह्म इन्साफ गर्ने हत्यारालाई बचाउने
    थोपो दया रैनछ ब्रह्मजालैमा
    जसले गर्छ पाप, उसलाई लागोस् पाप
    नखाको विष लाग्दैन ब्रह्मजालैमा ।
    ख) पानकी लौरी सुनपिया गुरजी
    लालपी लौरीकोे चाल (७–८ पटक)
    राजाले खाने पातला पुरी आलुको तरकारी (२ पटक)
    खोजेर पनि पाउने छैनौ म जस्तो मनकारी (२ पटक)
    पानकी लौरी सुनपिया गुरजी
    लालपी लौरीकोे चाल ।
    क्षत्रीको छोरो यो पाउ हुन्छ घिनले छुँदैन
    मानिस ठूलो दिलले हुन्छ, जातले हुुँदैन ।
    पानकी लौरी सुनपिया गुरजी
    लालपी लौरीकोे चाल ।
    चुड्का......
    बाबाको बारी सुन्तलाघारी सुन जस्तो सुन्तला
    टाढाको माया नलाउनु रैछ ज्यान घट्यो तीन तोला ।
    पानकी लौरी.......
    बाटै र मुनि बाटैर माथि गोल काँक्री गल्केको
    अर्काको छोरी वितरा पार्न यो झिल्के पल्केको 
    पानकी लौरी सुनपिया गुरजी....
    बाटै र मुनि बाटै र माथि सर्पको काँचुली
    हिर्दया मेरो चर्चरी पोल्छ नबजाऊ बाँसुरी
    पानकी लौरी....
    ग) फरिया लाएर माइत जाने बेलामा
    अर्नी पोको बोकेर बेसी मेलैमा
    टिकिया लाएर माइत जाने बेलामा
    अर्नी पोको बोकर पारेर बेसी मेलैमा ।
    ङ) बाबा हुन् भनी माने मैले ससुरा
    बुझिनँ मैले सुसराको छड्के ताल ।
    आमा हुन् भनी माने मैले सासुलाई
    बुझिनँ मैले सासुको छड्के ताल
    दिदी हुन् भनी माने मैले अमाजू
    बुझिनँ मैले अमाजूको छड्के ताल
    भाइ हुन् भनी माने मैले देबर
    बुझिनँ मैले देबरको छड्के ताल
    बहिनी हुन् भनी माने मैले नन्दलाई 
    बुझिनँ मैले नन्दको छड्के ताल ।
    छ) नेपालमा कस्तो कानुन बनेको
    आम्मै आम्मै फटाहालाई छुट मिलेको
    गरिबका जमिन लुटन पनि पाइने
    आम्मै आम्मै कानुनले छुँदै नछुने ।
    कानुनको जाल कति ठूलो जाल
    आम्मै आम्मै जे गरेनी यिनलाई छुटै छ
    हुकुम्बासीले जग्गा कब्जा गरेका ।
    आम्मै आम्मै सुकुम्बासी जेल परेका
    कति दिन चल्ला जालीको यो शासन
    हामी चेली जुटिसकौं यसलाई मसान
    महँगीले हिमाल चुली छुँदैछ 
    आम्मै आम्मै मुठीभरलाई स्वर्ग छँदैछ । 
    ज) बाबा भए आउने थिए सातै नदी तरेर
    यो तिजमा छोरी लिन कसै गरेर
    आमा भए आउने थिइन् कुरौनीको साथमा
    लौरी टेकी यो तिजमा छोरी भेटन
    बाबा आमा जानु भयो माइती पनि सकियो
    दाजुभाइको मया दया जिउँदै सकियो । 
    यो तिजमा म चेलीलाई माइती लिन आएनन्
    छाती पटी धरधरी रून्छु बरिलै ।
    झ) बिहानै उठेर मुरी धान कुटेर
    रानी वनमा घाँस काट्न गएँ बरिलै
    घाँसको भारी बोकेर घरमा ल्याइ बिसाउँदा
    खालिन् जस्तो गर्छिन् बरै हाम्री सासुले
    स्वामी मुख हेरम् भने खुन खाएको बाघ झैं
    सासु मुख हरेम् भने पोल्ने आगो झैं
    रूँदा रूँदै दिन बित्छ रूँदारूँदै रात पनि
    यो मुखमा कहिले पर्ला तातो भात पनि
    माथिबाट भगवान्ले दया नजर लाउलान् कि ?
    यिनी मेरा आँसुले बाटो पाउलान् कि ?
    कुटुमा कुटु पेटै र दुख्यो 
    निरजाले हो बेलौती कुड्काले
    बाबालाई रूवाम्ला आमालाई रूवाम्ला
    निरजाले हो गीतैको चुड्काले
    बाटै मुनि बाटै र माथि 
    निरजाले हो दाउराको फलियो
    राम्रो काम गर्ने मन छ भने
    निरजाले हो मन बाँध बलियो
    बाटै र मुनि बाटैर माथि
    निरजाले हो दाउराको गरालो
    लिन र भेट्न आए है भैया
    निरजाले हो गरेंथे धरालो । 
    आई सालको तिजमा मर्छ कि बाँचिन्छ 
    अहिलेको तिजमा नाच बरिलै । 
    सधैंभरि पीर गरी बस्नु छैन घरमा
    दिदीबहिनी यो तिजमा हाँस बरिलै । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij