२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

मनसुनजन्य विपद्को पूर्वतयारी

मनसुनजन्य विपद्को पूर्वतयारी

मनसुनजन्य विपद्को पूर्वतयारी

मनसुनजन्य विपद्को पूर्वतयारी

मनसुनजन्य विपद्को पूर्वतयारी
बुधवार, जेठ २३ २०८१
बुधवार, जेठ २३ २०८१
  • राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनजन्य विपद्बाट ८३ हजार घर परिवार प्रत्यक्ष प्रभावित हुन सक्ने आँकलन गरेको छ । ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना ०८१’ पारित गर्दै मनसुनजन्य विपद् प्रभावितमध्ये १८ हजार घर परिवारलाई उद्धार तथा राहत दिनुपर्ने पूर्वानुमान गरेको छ ।
    यो आँकलनभन्दा बढी र कम प्रभावित हुनसक्छन् । तर मनसुन पूर्वतयारी तथा प्रतिकार्यका लागि यो आँकलनले मार्गनिर्देश गर्छ ।
    नेपालमा बाढी र पहिरोको जोखिम अत्याधिक छ । बाढी र पहिरोको जोखिम यही मनसुन याममा हुने गर्छ । वर्षेनी बाढी र पहिरोले धेरै नागरिक घरवारविहीन हुँदै आएका छन् । यस वर्ष विपद्बाट करिब १८ लाख १ हजार जनसंख्या र ४ लाख १२ हजार घरधुरी कुनै न कुनै रूपमा प्रभावित हुनसक्ने अनुमान गरिएकोले तहगत सरकार विपद् जोखिम न्यूनीकरणका लागि समन्वय र सहकार्य गर्दै जोखिम न्यूनीकरण पूर्व तयारीमा लाग्न ढिलाइ गर्न हुन्न । विपद् जोखिम न्यूनीकरणका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका युनिटलाई पनि एलर्टमा राख्नुपर्छ ।


    विपद् जोखिम तथा क्षति रोक्ने काम कुनै एउटा निकायले गरेर संभव हुन्न । सरोकारवाला कार्यालयबीचको समन्वय पनि उत्तिकै आवश्यक पर्छ । सरोकारवाला कार्यालय र निकायबीचको समन्वय निरन्तर हुनसक्यो भने क्षति न्यूनीकरणमा बल पुग्छ । जल तथा मौसम विज्ञान विभागले मनुसनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको आँकलन गरेको छ । सरदरभन्दा बढी वर्षा हुँदा जोखिम धेरै हुन्छ । पहाडमा मनपरी डोजर चलाएर सडक खन्दा पहिरोको जोखिम बढेको छ । त्यसो त २०७२ सालको भूकम्पपछि पहाडमा पहिरो जाने क्रम पनि बढेको  छ । तराईमा डुबानको समस्या छ । चुरे क्षेत्र संरक्षणमा संवेदनशील नबन्दा चुरेसहित तराई जोखिममा परेको छ । यी तथ्यलाई हेक्का राखेर जोखिम न्यूनीकरणको पहलकदमी लिन ढिलाइ गर्न हुन्न ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij