२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बहुमुखी क्याम्पसको अनुगमनमा मुख्यमन्त्री, शैक्षिक गुणस्तर सुधार गर्न निर्देशन

बहुमुखी क्याम्पसको अनुगमनमा मुख्यमन्त्री, शैक्षिक गुणस्तर सुधार गर्न निर्देशन

बहुमुखी क्याम्पसको अनुगमनमा मुख्यमन्त्री, शैक्षिक गुणस्तर सुधार गर्न निर्देशन

बहुमुखी क्याम्पसको अनुगमनमा मुख्यमन्त्री, शैक्षिक गुणस्तर सुधार गर्न निर्देशन

बहुमुखी क्याम्पसको अनुगमनमा मुख्यमन्त्री, शैक्षिक गुणस्तर सुधार गर्न निर्देशन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, भाद्र २० २०८१
बिहिवार, भाद्र २० २०८१
  • अर्घाखाँची ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्नातक तहको शिक्षा प्रदान गरिरहेका सामुदायिक क्याम्पसहरुलाई शैक्षिक गुणस्तर सुधार गर्नेगरी कार्यक्रम निर्माण गर्न निर्देशन दिएका छन। 

    शितगंगा नगरपालिकामा रहेको ज्योती भविश्वर बहुमुखी क्याम्पसको बुधवार स्थलगत अनुगमनमा पुग्नु भएका मुख्यमन्त्री आचार्यले पछिल्लो समय विद्यालय तथा क्याम्पस तहको शैक्षिक गुणस्तर खस्कदै जानु चिन्ताको बिषय भएको बताए ।उनले गुणस्तर सुधार गर्न योजना निर्माण गरेर लाग्न निर्देशन समेत दिए ।

    ‘भौतिक संरचना सुधार हुन्छन, बन्दै जान्छन् । तर, शैक्षिक गुणस्तर खस्कियो भने सुधार गर्न गाह्रो हुन्छ । देशलाई आवश्यक पर्ने जनशक्ति निर्माण गर्न शिक्षा जोडिएको छ । यो महत्वपूर्ण बिषय हो’उनले भने ,‘पढाईको गुणस्तर सुधार गरेको खण्डमा मात्रै सबै समस्याहरु समाधान हुदैजान्छन् ।’ 

    458385745_881753143283655_3754389489658863951_n.jpg

    लुम्बिनी प्रदेश सरकारले क्याम्पसको भवन निर्माणको लागी आर्थिक बर्ष २०७६\०७७ मा ५० लाख बजेट विनियोजन गरेको थियो । सो बजेटबाट क्याम्सको भौतिक पूर्वाधार निर्माणको काम अघि बढेको छ ।

    सोही भवनमा तला थप्न र कक्षा कोठा निर्माण गर्न विश्व विद्यालय अनुदान आयोगबाट समेत ४६ लाख ७१ हजार बजेट प्राप्त भएको थियो ।

    अहिले क्याम्पसमा पठनपाठनको लागी कक्षा कोठाको अभाव केही टरेको भएपनि बाँकी पूर्वाधार निर्माण गर्न प्रदेश र स्थानीय सरकारले ध्यान दिनुपर्ने क्याम्पस प्रमुख बिष्णु भट्टराईले बताए ।‘प्रदेश सरकारले पूर्वाधारको जग बसाल्ने काम भयो । यहाँका दानदाताहरुको थप सहयोगले भवनलाई सम्पन्न गरेका छौं’उनले भने ,‘अव हामीलाई डेस्क, बेञ्च अनि शौचालयको खाँचो छ ।’ 

    प्रदेश सरकारले क्याम्पसलाई आवश्यक पर्ने पूर्वाधारहरुमा लगानी गर्ने प्रतिबद्धता मुख्यमन्त्री आचार्यले व्यक्त गरे ।

     स्नातकमा व्यवस्थापन र शिक्षा संकायको पठनपाठन हुदै आएको छ । हाल क्याम्पसमा एक सय ३८ जना विद्यार्थीले अध्ययन गर्दै आएका छन् । शितगंगा नगरपालिका भूगोलको दृष्टिले ठूलो छ ।

    यहाँ उच्च शिक्षाका लागी अध्ययन गर्न चाहने विद्यार्थी बाहिरि जिल्ला जानुपर्ने बाध्यता थियो । क्याम्पस स्थापना भएपछी घरमै बसेर उच्च शिक्षा अध्ययनको लागी सहज भएको विद्यार्थीहरुको भनाई छ ।

    आवश्यकता संगै थप नयाँ संकायहरु थप गर्दै विद्यार्थीको आकर्षण बढाउने बारे स्थानीय सरकारले भूमिका खेल्ने शितगंगा नगरपालिकाका प्रमुख छविलाल पौडेलले बताउनु भयो ।‘स्थानीय सरकारले यस क्याम्पसको विकासको लागी जस्तो सुकै सहयोग गर्न तयार छ’उनले भने ,‘आफ्नै पालिका भित्र उच्च शिक्षा अध्ययनको राम्रो वातावरण बनाउन चाहन्छौं ।’ 

    458391426_540846135272555_6599124875390003096_n.jpg

    वि.सं. २०६९ सालमा त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त गरी क्याम्पस सञ्चालनमा आएको थियो । क्याम्पसको भौतिक पूर्वाधार सुधारका लागी महायज्ञ समेत आयोजना गरिएको थियो । जनस्तरको सहयोगमा स्थापना भएको क्याम्पसको विकासको लागी तिन तहकै सरकारले प्राथमिकितामा राख्नुपर्ने क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष काँशिराम आचार्यले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij