गुल्मी । घर बाट बेपत्ता भएको १० दिन पछि गुल्मी कि एक महिलाको शव बडिगाडखोलामा फेला परेको छ ।
जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर– १ निवासी ८५ वर्षीया ढलकुमारी घिमिरेको शव डिगाड खोलामा मृत फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रबक्ता नायव डिएसपी शंकर पोखरलका अनुसार घिमिरे गत भदौ ११ गते कसैलाई केही नभनी घरबाट हिँडेको र मृत फेला परेको परिवारका सदस्यहरुले बताएका छ्न ।
परिबारजनले खोजि गर्दै जादा घिमिरेको सोहि नगरपालिका –४ दिगामचौर स्थित बडिगाड खोला किनारमा पानीमा घोप्टो अवस्थामा फेला पारे पछि प्रहरीलाई खबर गरेका थिए ।




