२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

झरीमा तीजको उल्लास (तस्वीरहरु)

झरीमा तीजको उल्लास (तस्वीरहरु)

झरीमा तीजको उल्लास (तस्वीरहरु)

झरीमा तीजको उल्लास (तस्वीरहरु)

झरीमा तीजको उल्लास (तस्वीरहरु)
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, भाद्र २१ २०८१
शुक्रवार, भाद्र २१ २०८१
  • बुटवल ।  व्रतालु महिलाहरुले झरीको पर्वाह नगरी तीज मनाइरहेका छन् । पशुपतिनाथ मन्दिर परिसरमा छाता ओढ्दै पूजा गर्नेहरुको घुइँचो देखिन्छ । उनीहरु नाचगान पनि गरिरहेका छन् ।

    भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीजको दिन व्रतालुले शिव–पार्वतीको विशेष पूजा आराधना गर्दछन् । यसो गर्दा परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ ।

    सत्य युगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएको कथा छ । त्यसैले आजको दिन निराहार व्रत बसेर विधिपूर्वक शिव–पार्वतीको पूजा गरे मनोकामना पूरा हुने विश्वास छ । यही विश्वासका साथ व्रतालुहरुको आज बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायतका शिवालयहरुमा गएर पूजा गरिरहेका छन् । कतिपयले घरमै पूजा गरेर तीज मनाइरहेका छन् ।

    तीजको अवसरमा महिलाहरुले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई गीतका माध्यमबाट सार्वजनिक पनि गर्दछन् । उनीहरु भेला भएर सुखदुःख भावका गीत र भजन गाउँदै नाचगान गर्दछन् ।

    बिहीबार दर खाएपछि औपचारिक रुपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

    Screenshot 2024-09-06 125124.png

    Screenshot 2024-09-06 125110.png

    Screenshot 2024-09-06 125135.png

    Screenshot 2024-09-06 125146.png

     

    Screenshot 2024-09-06 125201.png

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij