२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

टिकटक फुकुवाको सन्देश

टिकटक फुकुवाको सन्देश

टिकटक फुकुवाको सन्देश

टिकटक फुकुवाको सन्देश

टिकटक फुकुवाको सन्देश
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, भाद्र २३ २०८१
आइतवार, भाद्र २३ २०८१
  • नौ महिनाअघि सरकारले डिजिटल प्यालेटफर्म टिकटकमाथि लगाएको प्रतिबन्ध हटाएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रतिबन्ध हटाउने निर्णय गरेपछि दुरसञ्चार प्राधिकरणले प्रतिबन्ध फुकुवाको प्रक्रिया अघि बढाएको थियो ।
    टिकटकले सामाजिक सञ्जाल सञ्चालन निर्देशिकाअनुसार दर्ता हुन सहमति जनाएकाले प्रतिबन्ध फुकुवा फिर्ता लिएको सरकारी अधिकारीहरुको भनाइ छ । टिकटकको प्रतिबन्धपछि सरकारको चौतर्फी आलोचना भएको थियो ।

    सामाजिक सञ्जालका अरु प्यालेटफर्महरु निर्वाध चल्न दिने, तर टिकटक  प्रतिबन्ध गर्नु नियोजित भएको धेरैको भनाइ थियो । कतिपयले  टिकटकलाई  प्रतिबन्ध गर्नुको कारण भूराजनैतिक प्रभावका रुपमा लिएका थिए । तर कुनै एउटा प्यालेटफर्मलाई प्रतिबन्ध लगाउनु र अरुलाई निवार्ध चल्न दिँदा सरकारप्रति नै प्रश्न उठेको थियो । सामाजिक सञ्जाल सञ्चालनलाई व्यवस्थित गर्न पहलकदमी लिनुको साटो प्रतिबन्ध लगाउने सरकारको रवैयाले अभिव्यक्ति स्वतन्त्रता हनन भएको भन्दै चर्को आलोचना भएको थियो । अहिलेको खुला समाज र नेपाल जस्तो लोकतान्त्रिक शासन व्यवस्था भएको समाजमा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने गरी कुनै पनि क्रियाकलाप गर्नु शोभनिय हुँदैन । त्यस्तो क्रियाकलाप भयो भने सरकारप्रति नागरिकको विरोधको स्वर चर्को हुनसक्छ । खुला समाजमा सबै विषय खुला हुनुपर्छ भन्ने मान्यतालाई आत्मसात गर्दै नियमनलाई प्रभावकारी र व्यवस्थित बनाउन नै प्राथमिकता दिनुपर्छ ।


    छोटो भिडियो राखेर सूचना आदानप्रदान गर्न सकिने टिकटक नेपालमा छिट्टै लोकप्रिय भयो । टिकटकको प्रयोग गरी साना व्यवसायीहरुले व्यवसायिक लाभ लिन  सफल भए । टिकटक प्रतिन्बन्ध भएपछि भिपिएनमार्फत् टिकटक चलाउने पंक्ति ठूलै थियो । एकातिर सरकारले प्रतिबन्ध लगाउने अर्कोतिर गैरकानुनी ढंगले चलाउँदा साइबर सुरक्षाको जोखिम बढिरहेका बेला सरकारले नियमनलाई प्रभावकारी बनाउने सर्तमा टिकटक प्रतिबन्ध फुकुवा गर्ने निर्णय स्वागतयोग्य छ । टिकटकमा प्रयोग हुने भाषाको नियमनका लागि उसले अधिकारी तोक्ने, नेपालको पर्यटन र डिजिटल शिक्षा तथा सुरक्षामा सहयोग गर्नुपर्नेलगायतका सर्त पालना गर्न टिकटक सकारात्मक छ ।

    त्यसैगरी नेपालमा नै उसले सम्पर्क कार्यालय वा सम्पर्क व्यक्तिहरू तोक्नुपर्ने सर्त पनि राखिएको छ । सामाजिक सद्भाव बिथोल्ने खालका सामग्रीहरू नेपालले अनुरोध गर्नेबित्तिकै हटाउने संयन्त्र बनाउनुपर्ने सर्त पनि राखिएको छ । यी सर्तको पालना गर्न टिकटक व्यवस्थापन तयार देखिएको छ । अब सबै सामाजिक सञ्जाल कम्पनी यस्तै सर्तको पालना गर्न र गराउन सक्नुपर्छ । यसो गर्न सक्दा सामाजिक सञ्जाल प्रयोग व्यवस्थित र मर्यादित हुने अपेक्षा छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij