२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

जनताका लागि हिंसा मुक्ति कि अपराध ?

जनताका लागि हिंसा मुक्ति कि अपराध ?

जनताका लागि हिंसा मुक्ति कि अपराध ?

जनताका लागि हिंसा मुक्ति कि अपराध ?

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
कुँवर वामपन्थी विचारक तथा राजनीतिक विश्लेषक हुन् । दैनिक लुम्बिनीका नियमित स्तम्भकार कुँवर राजनीति विषयमा विचार पोख्छन् ।
आइतवार, भाद्र २३ २०८१
आइतवार, भाद्र २३ २०८१
  • हरेक देशका बुर्जुवा संसदीय सदन बाहिर खसीको टाउको, तर भित्र कुकुरको मासु बेच्ने अखडा हुन् । यो धेरै पहिले नै कमरेड लेनिनले बताएका थिए । यो प्रायः सबै मुलुकहरुमा भएको पाइन्छ । यस्ता संसदीय सदनहरुमा पटक–पटक मारपिट, गाली गलौज, आरोप–प्रत्यारोप, ढाँट छल, षड्यन्त्र अनेक हुने गरेको छ । कतिपय मुलुकमा त गोली हानाहान र बम विष्फोट समेत गरेको पाइन्छ  । स्वयंमा यो लोकतन्त्रको जननी भनिने राष्ट्र अमेरिकामा समेत यस्तो भएको पाइन्छ । वर्तमान अमेरिकी राष्ट्रपति जो वाइडेनका विरुद्ध तत्कालीन राष्ट्रपतिका उम्मेदवार डोनल्ड ट्रम्पका समर्थकहरुले यस्तै हकर्त देखाइसकेका छन् ।  त्यसैले के प्रष्ट छ भने यो बुर्जुवा संसदीय राज्य सत्ता  र व्यवस्थाको मूल विशेषता र चरित्र नै हो । खास जनताको राज्य व्यवस्थामा यो हुँदैन । 
    नेपालको यो संसदीय इतिहास त्यति लामो छैन । तै पनि यस्ता हर्कतहरु यहाँ पनि पटकपटक देखिने गरेका छन् । सामान्य भनाभन, आरोप प्रत्यारोप मात्रै होइन हात हालाहाल, लछारपछार, तोडफोड र नाङ्गै –बुङ्गै हुने जस्ता उच्श्रृंखलता यहाँ भइरहेका छन् । यो संसदीय तमसा र गाईजात्रा । गर्नेलाई भन्दा देख्नेलाई लाज । हरेक महिनामा सरकार र सत्ता अनि दल परिवर्तन । ओल्लो घरको नरे पल्लो घरमा सरे भने जस्तै चरित्र यहाँ देखिंदै आएको छ । लाज शर्म अरु केही छैन । उल्टो जो चोर उसैको ठूला स्वर हुने गरेको छ । 


    हालै केही दिन पहिले सदनमा एमाले र एमाओवादी केन्द्रका सांसदहरु बीच यस्तै दोहोरी चलेको देखियो । यसको थालनी सर्वप्रथम माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड कमरेडबाट भएको छ । प्रधानमन्त्रीबाट गलहत्याइएपछि प्रचण्डमा अत्यन्त ठूलो आक्रोशको ज्वाला दन्किन थालेको छ । देशव्यापी कांग्रेस–एमाले खासगरी एमाले अध्यक्ष के.पी. ओली लक्षित यो आक्रोशको ज्वाला प्रचण्डले संसदीय सदनमा पनि पोख्न थालेका छन् । के गरु र के न गरु छट्पटाहट, उकुसमुकुस एक प्रकारले असन्तुलित मनस्थितिकै जस्तो व्यवहार दिनहुँ प्रचण्डबाट देखिन थालेको छ । यस्तो व्यवहार बाहिर बाहिर मात्रै होइन सदनभित्र समेत प्रचण्डले देखाउन थालेका छन् । यसै क्रममा  केही दिन पहिले सदनमा प्रचण्डले वर्तमान केपी ओली नेतत्वको सरकारलाई दलालको सरकार भन्दै आफूलाई यिनै विदेशी दलाल, विचौलिया र माफियाहरुद्वारा अपदस्त गरिएको आक्रोश व्यक्त गरेका छन् । 


    हिजो यस्तै भनाइ कांग्रेस–एमालेले माओवादी प्रचण्डलाई भन्ने गरेका थिए । नभन्दै यसलाई स्वयं प्रचण्डले नै स्वीकार गर्दै आफूलाई प्रधानमन्त्री बनाउन कुनै एक भारतीय प्रितम सिंह पटकपटक दिल्ली धाएको बताएका थिए । त्यस्तै अहिले पनि यो कांग्रेस–एमाले संयुक्त गठबन्धन सरकार निर्माणका लागि कुनै एक व्यक्ति रामेश्वर थापाको ठूलो भूमिका रहेको प्रम ओली र कांग्रेस सभापति देउवा  खुलम्खुला बताइरहेका छन् । आखिर सर्पको खुट्टा सर्पले नै देख्छ भने जस्तै प्रचण्डकोे दलाली ओली–देउवाले र ओली– देउवाको दलाली प्रचण्डले देखेकै हुनाले यी सब दलाल दलालहरुबिचको जुहारीले यिनीहरुको वास्तविकताको पोल खुलेको छ । आखिर यी सबै दलालका पनि दलालहरुबीचको यो आरोप– प्रत्यारोपले नेपालको वास्तविक राष्ट्रियता र स्वाभिमानको अवस्था के रहेछ र अब के हुँदैछ ? छर्लङ्ग भएको छ । यी कसैको पनि पक्ष विपक्षमा होइन समग्रमा यी सबैको विरुद्धमा संघर्षको खाँचो छ । वास्तवमा यी सबै साम्राराज्यवादी र विस्तारवादीहरुका गोटी मात्र हुन् । देशको राष्ट्रियता र स्वाभिमान अनि देश र जनताको समृद्धि र विकासका लागि यिनीहरुबाट केही हुने वाला छैन । राष्ट्रघात र जनघात नै यिनीहरुको दैनिक बनिरहेको छ ।


    कुनै बेला एक अर्काका दुश्मनजस्ता देखिने यतिसम्मकि टाउकोे मूल्य तोकी  मार्न र मर्न तयार हुने यी तीन दल र(कांग्रेस–एमाले र माओवादी) कहिले एमाले– माओवादी अनि कहिले कांग्रेस–माओवादीबीचको एकता–मिलन ।  तर अहिले फेरि यी तीनबिच कुकुर बिरालाको जस्तो झगडा हुने गरेको छ । खासगरी अहिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आक्रमणको निशाना एमाले अध्यक्ष ओलीप्रति बढी छ ।  देउवा– प्रचण्डबीचको सत्ता समीकरणलाई तोडी प्रचण्डलाई ओलीले सत्ताको टुप्पामा पु¥याए । तर पछि अहिले तिनै ओलीले प्रचण्डलाई त्यहाँबाट खसाली जमिनमा नराम्ररी पछारेर आफू सत्तासिन बनेका छन् । यस अर्थमा प्रचण्ड ओलीप्रति बढी आक्रमण हुनु स्वाभिवाक नै छ । त्यही आक्रोश अहिले बारम्बार प्रचण्डले सदन–सडक चारैतिर व्यक्त गर्दै हिडिरहेका छन् ।
    प्रचण्ड र ओलीबिचको यो जुहारी अहिले एमाले र माओवादी पार्टी नेतृत्वका नेताहरुमा समेत सल्किन थालेको छ । हालै केही दिन पहिले एमाले नेता तथा सभासद योगेश भट्टराईले चालु सदनमा माओवादी अध्यक्ष प्रचण्ड लक्षित केही अभिव्यक्तमा माओवादी १० वर्षे हिंसाकै कारण देश यो अवस्थामा पुगेको आरोप लगाउन पुगे । यसको तत्काल अरु माओवादी केन्द्रका सभासदहरुले माओवादी हिंसा भनेकोमा आपत्ति गर्दै यसलाई फिर्ता गर्न चुनौती गरे । एक प्रकारले त्यहाँ ठूलै होहल्ला आरोप प्रत्यारोप चलिरहयो । त्यो १० वर्षे जनयुद्ध हिंसा नै हो भन्ने एमाले भने त्यो हिंसा नभई द्वन्द्व मात्र हो भन्ने माओवादी बीचको यो जुहारीप्रति अरु कांग्रेस लगायतका सांसदहरु भने रमिते बनिरहेका थिए । एक प्रकारले सदनमा दुई साडेको जुधाई बाच्छाको मिचाई हुनु पर्नेमा त्यहाँ अरुको रमाई खासगरी कांग्रेस रास्वपा अनि नेकपा एस रमाई बसेको देखिन्थ्यो । 


    आखिर हिंसा भनेको के हो र यसप्रति माओवादी केन्द्रको आपत्ति के मा छ ? वास्तवमा अगुल्टाले हानेको कुकुर बिजुली चम्किदा पनि तर्सने भनेजस्तै माओवादीमा यसले काम गरिरहेको छ । हिजो हिंसाभन्दा बित्तिकै गर्व गर्ने माओवादीहरु आज यो सित किन यति धेरै तर्सेका होलान् ? गाँठी कुरा यसमा छ । हिंसाभन्दा बित्तिकै यति धेरै तर्सिहाल्नु पर्ने केही छैन । माक्र्सले हिंसालाई इतिहासको सुडनी हो भनेका छन् । माक्र्स–एंगेल्स र लेनिनले धेरै ठाउँमा हिंसाको कुरा उठाउनु भएको छ । हिंसाको महत्वबारे धरै बताउनु भएको छ । यो पूर्णरुपले वैध र सुनिश्चित छ । हिंसासम्बन्धी यो माक्र्स–एंगेल्स र लेनिनको विचारलाई अझ बढी फारकिलो निर्विकल्प सिद्धान्तको रुपमा क. माओले परिभाषित गर्र्दै भन्नुभएको छ–‘विना अपवाद हिंसा एक विश्वव्यापक नियम हो ।’ यसलाई पुष्टि गर्दै क. गोञ्जालोले भन्छन्–‘क्रान्तिकारी हिंसा, हिंसा नै एक मात्र त्यस्तो साधन हो जसले देशलाई सेनाको साहाराले र जनयुद्धद्वारा मूलभूत अन्तर्विरोधहरु हल गर्ने अवसर दिन्छ । यो माक्र्सवादको एक सारभूत प्रश्न हो । किनभने क्रान्तिकारी हिंसा विना हामी एक वर्गको स्थानमा अर्काे वर्गलाई खडा गर्न सक्दैनौ, नयाँ व्यवस्था आजको सन्दर्भमा कम्युनिष्ट पार्टीहरुको माध्यमले सर्वहारा वर्गद्वारा नेतृत्व गरिएको नयाँ व्यवस्था निर्माण गर्ने उद्देश्यले पुरानो व्यवस्थालाई ढाल्न सक्दैन ।’ यसको निचोडमा क्रान्तिकारी हिंसा विना क्रान्तिकारी जो कुनैले पनि आफ्नो क्रान्तिकारी नयाँ सत्ता स्थापना गर्न सक्दैन । त्यसैको आधारमा नै, रुस–चीन लगायतका थुप्र्रै मुलुकहरुमा क्रान्ति भयो र, त्यहाँ मुक्ति भयो । 


    स्वयं नेपालका माओवादीहरुले १० वर्षे माओवादी जनयुद्धको थालनी नै यसैबाट सुरु गरेका थिए । त्यतिबेला उनीहरुले अघि सारेको प्रस्तावनाको पहिलो बुँदामा नै उनीहरुले यो भनेका थिए–‘हाम्रो योजना क्रान्तिकारी हिंसासम्बन्धी मालेमावादी शिक्षामा आधारित हुनेछ ।’ तर अहिले यी माओवादीहरु यसप्रति यति धेरै आतंकित किन भएका होलान् ? प्रश्न यहाँ छ किनकि आजको यो माओवादी नेतृत्व माथि अगुल्टाले हानेको कुकुर जस्तै हिंसा सम्बन्धी क्रियाकलापका त कुरा परै छाडौं शब्द समेतसित यसरी धेरै तर्सेका किन ? मानांै यो उनीहरुको लागि भूत–राक्षस जस्तै भएको छ । उनीहरुद्वारा संचालित त्यो माओवादी जनयुद्ध उनीहरुकै लागि अभिसाप बनेको छ । देशी तथा विदेशी प्रतिक्रियावादी शक्ति केन्द्रहरुका अगाडि तत्कालीन माओवादी नेतृत्व यति धेरै उठ बस गरिसकेको छ  मानौ अब त्यसको नाम–निसाना नै नलिऊँ, शब्द उच्चारणप्रति नै इलर्जी भइसकेको छ । यही हो माओवादी जनयुद्धप्रति गरिएको महान् ठूलो गद्दारी र विश्वासघात । माओवादीसहितको नेपालमा सात संसदीय दलहरुबीच सम्पन्न १२ बुँदे दिल्ली समझदारी सम्झौता यसैको उपज हो । 


    कांग्रेस–एमालेलाई यो कुरा राम्ररी थाहा भएकाले बेला मौकामा हिजो माओवादीहरुले बोल्दै र प्रयोग गर्दै आएका यस्ता कुरा र शब्दहरु उठाइदिएर उनीहरुलाई उत्तेजित पार्ने र तर्साई त्वाम शरणम् गराउने नियतवश नै पटकपटक सदनमा यस्ता प्रश्न उठाउने गरिएको छ । नत्र भने माओवादी हिंसा भन्दा बित्तिकै किन यस्तो आपत्ति देखा परिहाल्छ माओवादीहरुमा ? वास्तवमा १० वर्षे माओवादी जनयुद्ध हिंसात्मक युद्ध नै थियो त्यो जनताको क्रान्तिकारी हिंसा थियो जसको सहाराबाट पूर्ण रुपले देश र जनताको मुक्ति गराउनु थियो । तर यस्तै नेतृत्वको कायरता र गद्दारीले गर्दा त्यसको घाँटी रेट्ने काम भयो । तै पनि माथि माक्र्स र माओले भने जस्तै हिंसा इतिहासको सुडानी हो । हिंसा विना अपवाद एक विश्व व्यापक नियम हो । निश्चय नै कोही नेता कार्यकर्ता अनि क्रान्तिकारी जनता यसबाट डराई हाल्नु पर्ने केही छैन । तर जो अपराधी छ, जो जनघाती र राष्ट्रघाती छ, जो सामन्ती दलाल र नोकरशाही बुर्जुवा छ, जो प्रतिक्रान्तिकारी गद्दार संशोधनवादी छ त्यसका लागि भने हिंसा काल र आतंक नै छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij