२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

बेलहियाबाट ८ महिनामा भित्रिए ५३ हजार विदेशी पर्यटक

बेलहियाबाट ८ महिनामा भित्रिए ५३ हजार विदेशी पर्यटक

पर्यटक सूचना केन्द्रमा आउने–जानेको तथ्याङ्क मात्रै, भारतीय गाडीमा उतैका गाइडसहित आएका पर्यटक अधिकांश सोही दिन फर्किने,सीमामा जेसीभीले स्वागत प्रवेशद्वारमा फलामे जञ्जालमात्रै ।

बेलहियाबाट ८ महिनामा भित्रिए ५३ हजार विदेशी पर्यटक

बेलहियाबाट ८ महिनामा भित्रिए ५३ हजार विदेशी पर्यटक

पर्यटक सूचना केन्द्रमा आउने–जानेको तथ्याङ्क मात्रै, भारतीय गाडीमा उतैका गाइडसहित आएका पर्यटक अधिकांश सोही दिन फर्किने,सीमामा जेसीभीले स्वागत प्रवेशद्वारमा फलामे जञ्जालमात्रै ।

बेलहियाबाट ८ महिनामा भित्रिए ५३ हजार विदेशी पर्यटक
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
आइतवार, भाद्र २३ २०८१
आइतवार, भाद्र २३ २०८१
  • भैरहवा  
    स्थलमार्ग हुँदै नेपालको सबैभन्दा बढी पर्यटक भित्र्याउने बेलहिया नाकाबाट सन् २०२४ मा ४७ हजार तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । कोभिडपछि शून्य अवस्थामा पुगेको पर्यटकको अवस्था विस्तारै बढ्न थालेपछि पर्यटन व्यवसायीमा उत्साह थपिएको छ । लामो समय सुनसान रहेको विदेशी पर्यटकको आगमन अहिले बढेको छ । बुद्ध जन्मस्थल लुम्बिनी अवलोकन र दर्शनका लागि अधिकांश पर्यटकहरु यो नाका हुँदै नेपाल भित्रिएर अन्य पर्यटकीय गन्तव्यहरुमा पनि जाने गरेका छन् । 


    बेलहियास्थित अध्यागमन कार्यालयका अनुसार पछिल्ला ८  महिनाको तथ्यांक उत्साहजनक छ । कार्यालयका अनुसार ८ महिनाको अवधिमा ५२ हजार ४ सय ५२ जना पर्यटक आएका छन् भने ५३ हजार १ सय जना पर्यटक प्रस्थान गरेका छन् । सबैभन्दा बढी मार्च महिनामा १७ हजार २ सय १४ जना पर्यटक नेपाल भित्रिएको देखिन्छ । आएका पर्यटकमध्ये पनि सबैभन्दा बढी श्रीलंकाका १४ हजार ८ सय ४८ जना आएका छन् । यस्तै थाइलैण्डका पर्यटक १२ हजार ५ सय २० जना आएका छन् । यस्तै म्यानमारको ८ हजार १४, भियतनामको ३ हजार ६ सय ८६, साउथ कोरियाको २ हजार २ सय ९९ जना रहेका छन् । 


    मुख्यताया यि देशका पर्यटकहरुको संख्या गत वर्ष यो अवधिमा आएका पर्यटकभन्दा धेरै हो । सन् २०२३ मा यो नाकाबाट ८१ हजार ५ सय ५१ जना विभिन्न देशबाट आएका थिए भने ७८ हजार ४ सय २३ जना प्रस्थान गरेका थिए । जसमा साउथ कोरियाको ५ हजार १६, म्यानमारको ११ हजार ७ सय ८५, श्रीलंकाको १८ हजार ४ सय ६०, थाइलैण्डको १७ हजार २ सय ३०, भियतनामको ९ हजार ८ सय पर्यटक आएको अध्यागमन कार्यालयका प्रमुख नारायणप्रसाद पाण्डेले बताए । 


    यहाँ आउने पर्यटकको मुख्य गन्तव्य बुद्धजन्मस्थल लुम्बिनी, कपिलवस्तु र रामग्राम तथा केहीको नेपालका पर्यटकीय गनतव्य र हिमाली जिल्लाहरु हुने गरेको कार्यालयले जानकारी दिएको छ । 


    पर्यटक सूचना केन्द्रमा आउने जानेको तथ्याङ्क मात्रै   
    नेपालकै सबैभन्दा बढी पर्यटक भित्र्याउने बेलहिया नाका भए पनि पर्यटक सूचना केन्द्र अव्यवस्थित हँुदा पर्यटकहरुले सास्ती खेप्नु परेको छ । पर्यटकका लागि जिल्लाकै एकमात्र पर्यटक सूचना केन्द्रमा कर्मचारी र आवश्यक पूर्वाधार नहँुदा पर्यटकले सास्ती खेप्दै आउनु परेको छ । गौतमबुद्धको जन्मस्थल, विश्वभरका बौद्यमार्गीहरुको आस्थाको केन्द्र लुम्बिनीमा स्थलमार्ग हुँदै पर्यटक आउने बेलहिया सिमानाकाका अलपत्र र हिलाम्मे सडक, बिग्रीएका सवारी साधन, र अपुरो गेटले नेपालको पर्यटनलाई गिज्याइरहेको छ ।


    लुम्बिनीलाई आधार मानेर यस प्रदेशलाई पर्यटनको माध्यमबाट समृद्ध लुम्बिनी प्रदेश बनाउने सरकारको नारा रहे पनि नेपाल प्रवेश गर्ने ढोकैमा देखिने यस्ता दृष्यले उत्साह बोकेर नेपाल घुम्न आउने पर्यटकको मन खिन्न हुने गरेको छ । बेलहिया नाका हँुदै दैनिक दुई सयको हाराहारीमा तेस्रो मुलकका पर्यटकहरु सो नाका हुँदै नेपाल भित्रिने गरेको पर्यटन सूचना केन्द्र बेलहियाको तथ्यांकले देखाउँछ । यति ठूलो संख्यामा पर्यटक भित्रिने नाका व्यवस्थित गर्न भने कसैको ठोस योजना नै देखिदैन ।
    पर्यटकको बसाइ धेरैभन्दा धेरै गरी अत्यधिक मात्रामा पर्यटक भित्र्याउने रहेको भए पनि पर्यटकहरुले नेपाल बसाइको क्रममा सहजता हुने किसिमले पाउने सूचनाबारे सम्बन्धित निकाय नै मौन छन्  । 


    नेपाल भित्रिने पर्यटकलाई लक्षित गरी बेलहिया नाकामा खोलिएको पर्यटक सूचना केन्द्र नाम मात्र रहेको पर्यटन व्यवसायीको भनाइ छ । सूचना केन्द्रको अवस्था यती नाजुक छ की पर्यटकहरु पनि सूचनाको लागि यताउता भौतरि रहेका हुन्छन् । 


    लाखौ पर्यटक भित्र्याउने व्यस्त नाका मध्येको एक प्रमुख नाका रहेको भए पनि यहाँ पर्यटक सूचना केन्द्रको कार्यालयमा रहेको पर्यटक प्रहरीले उनीहरुको जिज्ञासा मेटाउन खोजे पनि बजेटकै अभावमा यस्तो गर्न सकेका छैनन् । नेपाल प्रवेश गर्ने बित्तिकै पर्यटकलाई हामी नेपाल प्रवेश गर्दैछौं भन्ने जानकारी पाउनका लागि पर्यटक सूचना केन्द्रमा केहीबेर विश्राम गर्ने, सूचना बोर्ड हेर्ने र नेपालका ऐतिहासिक धार्मिक पर्यटकीय गन्तव्यको बारेमा जानकारी दिने कुनै व्यवस्था नहुँदा पर्यटक अन्योलमा पर्ने गरेका छन् । पर्यटक सूचना केन्द्रमा कति प्रवेश गरे र कति बाहिरिए बाहेक पर्यटकका लागि कुनै थप सुविधा छैन । गर्मीले आकुल व्याकुल अवस्थामा आउने पर्यटकलाई पिउने पानी, शौचालयको व्यवस्था नै नहुँदा पर्यटकहरुले नेपालको पर्यटन क्षेत्रलाई विश्वास गर्न नसक्ने अवस्था आइरहेको छ । बेलहियामा रहेको पर्यटक सूचना केन्द्रमा ८ जना पर्यटक प्रहरी त छन्, तर पर्याप्त भौतिक पूर्वाधार र स्रोतको कमीले गर्दा यसले पर्यटकलाई सबै सूचना दिन भने सकेको छैन ।


    पर्यटक प्रहरीको सीमित साधनस्रोतले मौखिक रुपमा मात्र सूचनाहरु पर्यटकलाई दिने गरेको बताउँछन् । 
    ‘आपूmसँग भएको जानकारी मौखिक रुपमा पर्यटकहरुलाई दिने गरेका छौँ, होइन भने आएको गएको तथ्याङ्क मात्रै हामीले राख्ने गछौँ । हामीसँग पर्यटकका लागि शौचालय पनि छैन, हामीले पिउने पानीसम्मको व्यवस्था भने गरेको छौं ।–खटिएकी एक पर्यटक प्रहरीले भनिन् । 


    कार्यालय आएका पर्यटकहरु पर्यटकीय गन्तव्यका बारेमा पर्चा, पम्पलेट, नक्सा, ब्राउसर राख्नु पर्ने भए पनि केही छैन । सबैभन्दा बढी पर्यटक भित्र्याउने नाकाको रुपमा रहेको बेलहियामा पर्यटक सूचना केन्दको अवस्थाबारे सम्बन्धित निकाय र पर्यटन व्यवसायीहरुलाई अवगत भए पनि यसमा खासैले चासो दिएको देखिंदैन । पर्यटकको पहिलो छाप नै यहाँबाट राम्रो दिनुको साटो देशकै गलत सन्देश पहिलो विन्दुमा गरिएको सेवाबाट नै प्रष्ट हुन्छ । पर्यटन व्यवसायीहरुले भैरहवाको बेलहिया नाकामा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानास्थलमा पर्यटक सूचना केन्द्र व्यवस्थित हुनुपर्ने माग विभिन्न कार्यक्रमहरुमा गरे पनि न त सरकार नै गर्छ, न निजी क्षेत्र नै । 


    भारतीय गाडी, गाइडसँगै सोही दिन फर्किन्छ 

    भारत हुँदै नेपाल आउने तेस्रो मुलुकका पर्यटकहरुलाई भारतीय बसले नेपाल प्रवेश गराउँछ । लुम्बिनीलगायत यससँग सम्बन्धित स्थानहरुको विषयमा जानकारी दिने पथप्रर्दशक पनि भारतीय नागरिक नै हुने गरेका छन् । भारतका बोधगया, कुशीनगरलगायत बुद्धसँग सम्बन्धित सबै ठाउँहरुमा भ्रमण गराएर पर्यटक स्वदेश फर्किन एकदुई दिन मात्र बाँकी छँदा भारतीय गाइडले लुम्बिनी ल्याउने र सोही दिन फिर्ता लैजाने गरेका छन् ।


     जसका कारण लुम्बिनी जस्तो विश्वको शान्ति भूमि रहेर पनि नेपालले पर्यटकको बसाइ लम्बाउन र यसबाट फाइदा लिन सकिरहेको छैन । नेपालले पर्यटनको क्षेत्रलाई व्यवस्थित गर्न नसक्नु भारतका लागि पर्यटकलाई उतै बास बसाउन सहज बनेको छ । यस कारण नेपालको पर्यटन क्षेत्र कमजोर बन्दैछ ।


    भारतीय सीमा हुँदै नेपाल भित्रिने क्रममा पर्यटकलाई भारतीय नम्बर प्लेटका गाडीहरु प्रयोग गर्न दिइनु आफैँमा ठूलो नोक्शानी हो । यदि नेपालले पर्यटन क्षेत्रलाई समृद्धिको आधार मान्छ भने सीमाबाट नेपाल प्रवेश गर्ने पर्यटकलाई नेपाली सवारी साधनहरुले यहाँका पर्यटकीय गन्तव्यसम्म पु¥याउने व्यवस्था मिलाउन जरुरी देखिन्छ ।


    यस्तै लुम्बिनीको विषयमा समय समयमा विवादित कुराहरु बाहिर आउने गरेका छन् । कतिपय अवस्थामा तेस्रो मुलुकका पर्यटकलाई भारतीय पथप्रर्दशकले गलत सूचना दिने सम्भावना रहन सक्छ । किनकि भारतीय गाइडले नेपाल र लुम्बिनीका विषयमा सही जानकारी दिन्छ भनेर विश्वास गर्न सक्ने आधार हुँदैन । जसका कारण पर्यटकले लुम्बिनी र यससँग सम्बन्धित तिलौराकोट, देवदह, रामग्राम, रोहिणी जस्ता पवित्र भूमिको विषयमा जानकारी नै पाउँदैनन् । जसले गर्दा उनीहरु लुम्बिनी एक दुई घण्टा घुमेर फर्किने गरेका छन् ।


    अन्तर्राष्ट्रिय सीमामा जेसीबीले स्वागत 
    नेपाल–भारत सिमानाका बेलहियामा नेपाल प्रवेश गर्ने नाका नै अस्तव्यस्त छ । सिद्धार्थनगर नगरपालिकाले बनाउन लागेको प्रवेशद्वार अलपत्र छाडिएको छ, भने महिनौ दिनदेखि मुख्यद्वारमै जेसीबी राखिएको छ । पर्यटनका बारेमा ठूला–ठूला कुरा गर्दा पर्यटकको पहिलो छाप सीमामा यस्तो देखिएपछि के पर्ला ? महिनौदेखि राखिएको जेसीबीमा घाँस उमे्र पनि सम्बन्धित निकायको ध्यान जान सकेको छैन । सीमामा निर्माणाधिन अवस्थामा रहेको अलपत्र गेटले नेपाललाई नै लज्जित बनाएको छ । 


    खिया लागेका फलामको फाउण्डेशन तयार गरेर बाँकी काम यतिकै छोड्दा पर्यटकलाई स्वागत गर्न सिद्धार्थनगर नगरपालिकाले निर्माण गर्न लागेको गेटले नेपाललाई कुरुप चित्रण गरेको जस्तो लाग्छ । सिद्धार्थनगरलाई हरियाली, हराभरा, फूलैफूलको नगर भनेर चिनाउने नगरप्रमुख इश्तियाक अहमद खाँनको सपनालाई समय थप गर्दा पनि निर्माण सम्पन्न नभएको यो अपुरो गेटले मजाक बनाइरहेको छ । लक्ष्मी निर्माण कम्पनीले १ करोड ६५ लाखमा ठेक्का सम्झौता गरे पनि म्याद थप गर्दै लड्किएको छ । प्रवेशद्धार जस्तो नेपालको गरीमा जोडिएको सिमानाकामा समयमा काम सम्पन्न गर्न नसक्ने ठेकेदार कम्पनीलाई नगरपालिकाले म्याद थप गर्दै गएको छ ।


    यस्तै निर्माण सुरु भएको आठ वर्षसम्म काम सम्पन्न गर्न नसकेको बुटवल–बेलहिया सडकखण्डअन्तर्गत बेलहियाको यो फोहोर र हिलाम्मे सडकले गिज्याइरहेको अवस्थाले पर्यटकलाई नेपालप्रतिको नकारात्मक धारणा बनाउन सहयोग गरिरहेको छ । जसका कारण उनीहरु छिटोभन्दा छिटो लुम्बिनी पुगेर फर्किन चाहन्छन् । पटक–पटक ताकेता गर्दा पनि काम गर्न नसकेर कालो सूचीमा परेको ठेकेदार कम्पनीले बिग्रीएको जेसीबी ५ महिनादेखि नेपाल प्रवेश गर्ने नाकामै ठडाएर राखेको छ । यस्तो लाग्छ पर्यटकलाई स्वागत गर्ने त्यही जेसीबी नै हो । तर यसलाई त्यहाँबाट हटाउन तर्फ कुनै निकायको ध्यान गएको छैन ।


    सडक विस्तारका क्रममा भत्काइएको अध्यागमन कार्यालय सम्पन्न नहुँदा करीब एक किलोमिटर टाढा रहेको अध्यागमन कार्यालय खोज्दा खोज्दै पर्यटक थाकिसकेका हुन्छन्, जसका कारण पर्यटकले हैरानी महसुस गरेको पाइन्छ । पर्यटकले शान्त, रमणिय र सुन्दर वातावरण, पारिवारिक आतिथ्यता चाहेको हुन्छ, तर नेपाल प्रवेश गरेदेखि लुम्बिनी पुग्दासम्मको सडकको दुर्दशा, सडकको दायाँबायाँ देखिने कवाड, वर्षौंसम्म अलपत्र पुल आदि कारणले पर्यटकको मानसपटलमा नेपालप्रति नैराश्यता देखिने गरेको छ । अव्यवस्थित सडकका कारण सवारी दुर्घटना, असुरक्षित हवाइयात्रा जस्ता विषयमा सरकार गम्भीर बन्न नसक्दा नेपालले पर्यटनको ठूलो अवसर गुमाइरहेको अवस्था छ ।


    विरोध गर्न अगाडि लाग्ने पर्यटन व्यवसायीहरुले पनि पर्यटकलाई समय समयमा विभिन्न अफरहरु दिने, निजी क्षेत्रबाटै केही सौन्दरीकरणको पहल गर्ने, पर्यटकीय गन्तव्यको सम्भाव्यता अध्ययनमा सरकारलाई सहयोग गर्ने जस्ता पर्यटन प्रवद्र्धनका काममा खासै चासो दिएको पाइदैन । पर्यटन व्यवसायीहरुले पटक–पटक सिमानाका व्यवस्थित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराए पनि व्यवसायी र सरकारका निकायबिचको समन्वय नहुँदा पर्यटनको सम्भाव्यता र यसबाट लिन सकिने अवसर गुम्दै गइरहेको छ । हरेक वर्ष विश्व पर्यटन दिवसको अवसरमा सिमानाकामा पर्यटकलाई स्वागत गरेर पर्यटन दिवस मनाउनुभन्दा पर्यटकलाई सधँै आउ आउ हुने वातावरणको सृजना सीमाको शून्य विन्दुबाट गर्न सक्नु पर्छ । अहिले पनि विश्व पर्यटन दिवस मनाउने तयारी भइरहँदा तीन तहको सरकार र निजी क्षेत्रको सहकार्यमा सीमामा पर्यटकका लागि सहज व्यवस्थापन, प्रहरीबाट हुने गरेको दुःख र सरसफाइ एवम् सुन्दरीकरणमा ध्यान दिन सके पर्यटन क्षेत्रबाट ठूलो सम्भावना रहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij