२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुटवल उपमहानगरले भन्यो : ‘कुहिएको मासुबाट  बिरयानी बनाएको’ होइन,  सरसफाईमा मात्रै केही समस्या हो

बुटवल उपमहानगरले भन्यो : ‘कुहिएको मासुबाट  बिरयानी बनाएको’ होइन,  सरसफाईमा मात्रै केही समस्या हो

किचनको सरसफाई पूरा गरेपछि जुनसुकै बेला होेटल सञ्चालन गर्न पाउने अनुगमन तथा मूल्यांकन शाखाका अधिकृत ठगिश्वर पोखरेलले स्पष्ट पारे ।

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, भाद्र २४ २०८१
सोमवार, भाद्र २४ २०८१
  • बुटवल । बुटवल उपमहानगरले बुटवलको नेपालगन्जरोडमा सञ्चालित हैदरावादी बिरयानी सेन्टरले ‘कुहिएको मासुबाट बिरयानी बनाएको’ भनेर गरिएका मिडियाबाजी गलत भएको भन्दै सरसफाईमा थप सुधार गर्नुपर्ने देखिएकाले जरिवाना गरेको स्पष्ट पारेको छ ।

    उपमहानगरका अनुगमन तथा मूल्यांकन शाखाका अधिकृत ठगिश्वर पोखरेलले गत २० गते भएको अनुगमनमा किचनको  सरसफाईमा केही कमजोरी रहेको भेटिएकाले २२ हजार जरिवाना गरिएको बताए ।

    किचनको सरसफाई पूरा गरेपछि जुनसुकै बेला होेटल सञ्चालन गर्न पाउने पोखरेलले स्पष्ट पारे ।

    ‘हामीले कुनै व्यवसायीलाई हतोत्साही बनाउनु हुंदैन भन्नेमा स्पष्ट छौं,उहांले सरसफाईमा भएको कमजोरी वापत जरिवाना तिर्नुभएको छ, कुहिएको मासुबाट बिरयानी बनाएको भन्ने कुरा सत्य होइन, किचन पुनःनिर्माण गरेर सरसफाईका मापदण्ड पूरा गरेपछि होेटल सञ्चालनमा कुनै समस्या हुंदैन’–पोखरेलले भने ।

    उपमहानगरको टोलीले अनुगमनमा क्रममा भेटाएका र दिएका सुझाव भन्दा फरक ढंगले समाचार आउन नहुने भन्दै मिडियामा कसले जानकरी दिने भन्ने विषयमा अब उपमहानगरले आधिकारिक धारणा बनाउनुपर्ने देखिएको बताए ।

    भदौ २० गते उपमहानगरको टोलीले सम्बन्धित विषयको प्राविधिक खाद्य निरीक्षक विनै अनुगमन गरेको थियो ।

    खाद्य पदार्थ सम्बन्धी अनुगमनमा स्थानीय तहमा खाद्य निरीक्षक भए पालिकाबाटै नभए सम्बन्धित सरकारी कार्यालयबाट खाद्य निरीक्षक बोलाएर अनुगमन गर्नुपर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाकी सूचना अधिकृत ज्योत्सना शर्मा अधिकारीले बताइन् ।

    अनुगमनको क्रममा देखिएका विषयलाई अप्राविधिक व्यक्तिले आफूखुशी मिडियामा जानकारी दिनु अनुचित र  गलत हुने उनले बताइन् । हैदराबादी बिरयानी सेन्टरका सञ्चालक जनक खड्काले एकतर्फी  समाचार प्रचार गरेर आफूलाई बुटवलबाट लखेट्न खोजिएको गुनासो गरे ।

    बिरयानी बनाउन प्रयोग हुने मासुबाट काम नगलाग्ने छाला लगायत भाग निकालेर अरु कसैलाई दिन  फ्रिजमा राखेको विषयलाई अतिरन्जित गरेर प्रचार गरिंदा आफू जस्तो सोझो र सामान्य व्यवसायी पलायन हुनुपर्ने हो कि भन्ने चिन्ताले पीडामा परेको उनले गुनासो गरे । 

    नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले   अनुगमनका क्रममा उपमहानगरको टोलीले दिएको पत्र र मिडियामा भएको प्रचारबाजी ठिक उल्टो देखिएको  बताए ।

    ‘मिडियाको  कारणले कसैको परिवारको बिचल्ली नहोस् कोही  आफ्नो पेसा ब्यबसायबाट पलायन हुने अवस्था सृजना नहोस्’–अध्यक्ष पोखरेलले भने । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij