२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सडक निर्माणमा ढिलासुस्ती गरेको भन्दै चक्का जाम

सडक निर्माणमा ढिलासुस्ती गरेको भन्दै चक्का जाम

सडक निर्माणमा ढिलासुस्ती गरेको भन्दै चक्का जाम

सडक निर्माणमा ढिलासुस्ती गरेको भन्दै चक्का जाम

सडक निर्माणमा ढिलासुस्ती गरेको भन्दै चक्का जाम
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
मंगलवार, भाद्र २५ २०८१
मंगलवार, भाद्र २५ २०८१

  • नवलपुर
    पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको काममा ढिलासुस्ती भएको भन्दै नवलपुरको गैँडाकोटमा स्थानीयले सोमबार चक्काजाम गरेर विरोध जनाएका छन् ।

    सडक विस्तार तथा मर्मतमा भएको ढिलासुस्तीका कारण यात्रु र स्थानीयले दुःख पाएको भन्दै स्थानीय आन्दोलित भएका हुन् ।
     गैँडाकोट २ पुलचोक नजिक इलाका प्रहरी कार्यालय गैँडाकोट अगाडि स्थानीयले करिब १ घण्टा चक्काजाम गरेका हुन् । उनीहरुले चाडपर्व नजिकिँदा समेत सडक मर्मतमा कुनै चासो नदिएको उल्लेख गर्दै टायर बालेर विरोध गर्दै सडक अवरुद्ध गरेका हुन् । छिटो काम गर्न दबाब दिनका लागि सडक अवरुद्ध गरिएको स्थानीयहरुले बताएका छन् । उनीहरुले बिहान ११ बजेदेखि १ घण्टा चक्काजाम गरेका हुन् । 


    होटल व्यवसायी कमल गौतमले सडकमा हिँड्ने मात्रै नभइ पसलमा बस्नेहरुलाई पनि असर गरिरहेकोले बाध्यताले चक्काजाम गर्नु परेको बताए । लामो समयसम्म पनि व्यवसायको अगाडि ठूला ठूला खाल्डो खनेर अलपत्र पारेको उनको भनाइ थियो ।  
    गैँडाकोट २ का वडाध्यक्ष प्रकाश सापकोटाले निर्माण पक्षलाई पटक–पटक आग्रह गर्दा पनि अटेर गरेका कारण सडकमा उत्रनु परेको बताए । 


    प्रहरी निरीक्षक हस्तबहादुर सुनारले सडक निर्माण पक्षलाई बोलाएर छलफल गराउने आश्वासन दिएपछि अवरुद्ध सडक स्थानीयले खोलेका थिए ।  

     
    सामान्य पानी पर्दा पनि यहाँ अन्य क्षेत्रको पानी समेत बगेर आउने भएकोले हिलाम्य हुने गरेको छ भने घाम लाग्दा धुलाम्य हुने गरेको छ । हिलो हुँदा पनि सडक मर्मत नगर्ने तथा घाम लाग्दा पानी समेत नहाल्ने गरेको स्थानीयले बताउँदै आएका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij