२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

आठ सय ५५ उद्योग दर्ता

आठ सय ५५ उद्योग दर्ता

आठ सय ५५ उद्योग दर्ता

आठ सय ५५ उद्योग दर्ता

आठ सय ५५ उद्योग दर्ता
शुक्रवार, जेठ २५ २०८१
शुक्रवार, जेठ २५ २०८१
  • गौरीशंकर जयसवाल
    परासी
    पश्चिम नवलपरासीमा चालु आर्थिक वर्षमा आठ सय ५५ उद्योग दर्ता भएको छ । घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीमा २०८० साउनदेखि ०८१ बैेशाख ३० गतेसम्म उक्त उद्योग दर्ताको भएका हुन्  । चालु आर्थिक वर्ष २०८० साउनदेखि ०८१ बैेशाख ३० गतेसम्म उद्योग चार सय ४६ वटा उद्योग र वाणिज्यतर्फ चार सय ९ वटा दर्ताको उद्योग कार्यालय नवलपरासीका उद्योग अधिकृत पुरुषोत्तम पौडेलले जानकारी दिए । सबैभन्दा कृषि फर्म र होेटल दर्ता रहेको छ । चालु वर्षमा पछिल्लो समयमा मार्वल ग्रेनेट  सम्बन्धी  नयाँ उद्योग ६ वटा दर्ता भएको छ  ।


    जिल्लामा गत बर्ष  एक हजार ३४ वटा उद्योग  र वाणिज्य पसल  दर्ता भएको पौडेलले जानकारी दिए । उद्योगतर्फ पाँच सय २७ वटा तथा वाणिज्यतर्फ पाँच सय ७ वटा दर्ता भएको पौडेलले बताए ।


    एक सय २३ वटा  खारेज उद्योग
     जिल्लामा चालु आर्थिक वर्षमा कुल एक सय २३ जना उद्योग वाणिज्य पसल खारेज भएका छन् । 
    जसमध्ये उद्योग ६९ वटा र वाणिज्य ५४ वटा खारेज भएका छन् । आर्थिक बन्दी र आर्थिक अभावको कारण सञ्चालन गर्न नसकिने भन्दै सम्बद्ध व्यक्तिले आवेदन दिएको ती उद्योग वाणिज्य दर्ता खारेज गरिएको उद्योग अधिकृत पौैडेलले बताए । चालु आर्थिक वर्ष  ७१ लाख ५६ हजार तीन सय ७० रुपैयाँ  राजस्व संकलन गरिएको उनले जनाए । वाणिज्यतर्फ ४६ लाख ३६ हजार नौै सय ४० रुपैयाँ र उद्योगतर्फ २५ लाख १९ हजार चार सय ३० रुपैयाँ संकलन भएको छ । उद्योगतर्फ तीन सय ५५ वटा नविकरण र उद्योगतर्फ पाँच सय ८९ गरी ९ सय ४४ वटा नविकरण भएको कार्यालयले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij