२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पर्यटन प्रवर्धनमा एनएचए : लुम्बिनी प्रदेश झल्किने भिडियो अंग्रेजी भाषामा निर्माण

पर्यटन प्रवर्धनमा एनएचए : लुम्बिनी प्रदेश झल्किने भिडियो अंग्रेजी भाषामा निर्माण

पर्यटन प्रवर्धनमा एनएचए : लुम्बिनी प्रदेश झल्किने भिडियो अंग्रेजी भाषामा निर्माण

पर्यटन प्रवर्धनमा एनएचए : लुम्बिनी प्रदेश झल्किने भिडियो अंग्रेजी भाषामा निर्माण

पर्यटन प्रवर्धनमा एनएचए  : लुम्बिनी प्रदेश झल्किने भिडियो  अंग्रेजी भाषामा   निर्माण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, भाद्र २६ २०८१
बुधवार, भाद्र २६ २०८१
  • बुटवल । नेप्लिज  होटेलियर्स एशोसिएसन (एनएचए) लुम्बिनीले लुम्बिनी प्रदेशको पर्यटन प्रवर्धनका लागि अंग्रेजी भाषामा भिडियो बनाएर सामाजिक सञ्जालमार्फत प्रचार गर्न थालेको छ ।

    प्रदेशका मुख्य पर्यटकीय स्थल, ऐतिहासिक धार्मिक स्थल, प्राकृतिक सौन्दर्य, संस्कृति, पर्यटकीय गन्तव्यहरु, , होटेल, क्यासिनो, नाइट लाइफ, लुम्बिनी केबलकार सहित पर्यटकीय पुर्वाधार आदि समेटेर अन्तराष्ट्रियस्तरमा प्रचार गर्न एनएचएले अंग्रेजी भाषामा भिडियो बनाएको हो । 


    प्रदेशको पर्यटन प्रवर्धनमा सरकारी निकायको मात्रै मुख ताकेर हुंदैन, निजी क्षेत्रले पनि आफ्नो तर्फबाट योगदान गर्नुपर्छ भनेर संस्थाकै खर्चमा ३ मिनेट ३१ सेकेण्डको भिडियो बनाइएको एनएचए लुम्बिनीका अध्यक्ष प्रविणबहादुर पाठकले बताए ।

    बुद्ध जन्मस्थल लुम्बिनी, लुम्बिनीस्थित विभिन्न देशका बौद्ध बिहारहरु,बुटवलको लुम्बिनी केबलकार,बर्दिया राष्ट्रिय निकुन्ज,पाल्पाको रानीमहल,बुटवल अन्तराष्ट्रिय सम्मेलन केन्द्र,प्रदेशभित्रका परम्परागत अर्गानिक खानाका परिकार र विभिन्न रमणीय प्राकृतिक सुन्दरता आदि दृश्य भिडियोमा सुन्दर ढंगले समावेश गरिएको पाठकले बताए ।  


    एनएचएका उपाध्यक्ष दिलिप गौचनले भारतसहित विदेशी पर्यटकलाई लुम्बिनी प्रदेशभित्रको पर्यटकीय विशेषता,यहांका आकर्षण लगायत विषय समेटेर निकै राम्रो भिडियो बनेको र यसले अन्तर्राष्ट्रिय जगतमा लुम्बिनीलाई चिनाउन र पर्यटकलाई आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको बताए ।

    बुद्ध जन्मस्थल लुम्बिनी र समग्र प्रदेशका पर्यटकीय गन्तव्यहरुले पर्यटकमा शान्ति, पवित्रता र जीवनभर सम्झिन लायक छाप छाड्ने तथा बुटवलमा रहेको अन्तराष्ट्रिय सम्मेलन केन्द्र, यहांका स्तरीय तारे होटेलहरुका कारण यो ठाउं मायस टुरिजम (सभा सम्मेलन,गोष्ठी सेमिनार आदिले पर्यटक तान्ने ) तथा वेडिङ डेस्टिनेसन ( विवाह गन्तव्य) बन्न सक्ने संभावनालाई पनि भिडियोले उजागर गरेको छ ।  


    एनएचए लुम्बिनीले लुम्बिनी र समग्र देशको पर्यटन प्रवद्र्धनका लागि स्थापनाकालदेखि नै सरकालाई नीतिगत सुधारका लागि विभिन्न सुझाव दिंदै आएको छ ।  एनएचएमा पर्यटकस्तरदेखि माथिका आफ्नै प्रोपर्टीका तारे स्तरका प्रदेशभरका होटेलहरु आवद्ध छन् ।  

          उक्त भिडियो  Neplese Hoteliers Assotiasin Lumbini को फेसबुक पेजमा हेर्न सकिन्छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij