२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

सुदूरपश्चिममा आएको बजेट पास भएन, नयाँ बजेट आएन

सुदूरपश्चिममा आएको बजेट पास भएन, नयाँ बजेट आएन

सुदूरपश्चिममा आएको बजेट पास भएन, नयाँ बजेट आएन

सुदूरपश्चिममा आएको बजेट पास भएन, नयाँ बजेट आएन

सुदूरपश्चिममा आएको बजेट पास भएन, नयाँ बजेट आएन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, भाद्र २६ २०८१
बुधवार, भाद्र २६ २०८१
  • कैलाली । असार मसान्त भित्रै पारित भइसक्नु पर्ने सुदूरपश्चिम प्रदेशको बजेट भदौ मसान्त पुग्दासम्म पनि अझै पारित भएको छैन । असार १ गते पूर्व मुख्यमन्त्री दीर्घ बहादुर शाहको नेतृत्वमा तत्कालीन अर्थमन्त्री सुरेन्द्र पालले आर्थिक वर्ष २०८१/८२को लागि ३१ अर्ब ३२ करोड ९८ लाखको बजेट प्रस्तुत गरेका थिए ।

    एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितको सरकारले ल्याएको बजेट पारित नहुँदै सत्ता गठबन्धन फेरिएपछि सुदूरपश्चिम बजेट शून्यतामा पुगेको थियो ।

    असार १ गते आएको बजेट असार मसान्तसम्म पारित नभएपछि कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारले नयाँ बजेट ल्याउने अन्तिम गृहकार्य गरिरहेको छ । तर, कुन दिन बजेट आउँछ भन्ने विषय स्वयम मन्त्रीलाई पनि थाहा छैन ।


    ‘हामी बजेट तयारीको अन्तिम चरणमा छौँ । ठ्याक्कै कुन दिन बजेट आउँछ भन्ने कुरा आज मात्रै थाहा हुन्छ’ आर्थिक मामिला राज्यमन्त्री प्रकाश बलले भने, ‘मन्त्रालयबाट आएका योजनाहरू मिलाउने काम अन्तिम चरणमा भइरहेको छ । अब चाँडै बजेट आउँछ ।’

    मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले सुरुमा भदौ १०, त्यसपछि भदौ १५, २० गते हुँदै २५ गतेभित्रै बजेट ल्याउने डेटलाइन निर्धारण गरेको थियो । तर, यी कुनै पनि मितिमा बजेट आएन । नयाँ मितिबारे सरकार नै अन्योलमा परेको छ ।

    कांग्रेसले सभापति शेरबहादुर देउवा गएपछि मात्रै बजेट ल्याउने आन्तरिक तयारी गरेको सरकार निकट स्रोतको दाबी छ । पार्टीको प्रशिक्षणका लागि देउवा २८ गते धनगढी आउँदै छन् ।

    त्यसअघि बजेट आउँदा आलोचना हुन सक्ने र सभापतिसम्म धेरै विषय पुग्न सक्ने भन्दै देउवा काठमाडौँ फर्किएपछि मात्रै बजेट ल्याउने सरकारको तयारी रहेको बुझिएको छ । यसरी हेर्दा भदौ ३१ सम्ममा सरकारले बजेट ल्याउने जनाएको छ ।

    एमाले संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बजेटका सबै काम सकिएको भन्दै एक दुई दिनमै बजेट आउने बताए । ‘सबैजसो काम सकिएका छन् । अब ढिलो हुँदैन, एक दुई दिनमै बजेट आउँछ,’ उनले भने ।

    उनले बजेट केही घटेर आउने समेट जिकिर गरेका छन् । सरकारले नयाँ बजेट ल्याउने तयारी गरिरहेका बेला प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले भने सरकारले असंवैधानिक रूपले बजेट ल्याउन लागेको बताएको छ ।

    माओवादी संसदीय दलका नेता मानबहादुर धामीले सरकारले बजेट ल्याउन यति ढिला गर्दा पनि सत्ता पक्षलाई कुनै चासो नभएको भन्दै सत्ता गठबन्धनको आलोचना गरे ।

    ‘त्यो बेला सदनमा नदेखेर टर्च बालेर सरकार खोज्नेहरूले अहिले के हेरेर बसेका छन् २ महिनासम्म सरकारले बजेट नल्याउँदा , प्रदेश उधारोमा चल्दा सरकार खोज्नु पर्दैन,’ उनले भने ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij