२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

न्यू होराइजनमा कथाा लेखन कार्यशाला,४२ विद्यार्थी सहभागी

न्यू होराइजनमा कथाा लेखन कार्यशाला,४२ विद्यार्थी सहभागी

न्यू होराइजनमा कथाा लेखन कार्यशाला,४२ विद्यार्थी सहभागी

न्यू होराइजनमा कथाा लेखन कार्यशाला,४२ विद्यार्थी सहभागी

न्यू होराइजनमा कथाा लेखन कार्यशाला,४२ विद्यार्थी सहभागी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, भाद्र २६ २०८१
बुधवार, भाद्र २६ २०८१
  • बुटवल ।  बुटवलको न्यू होराइजन अंग्रेजी आवासीय मावि अन्तर्गत न्यू होराइजन साहित्य विभाग र न्यू होराइजन बुक क्लबको आयोजनामा तीनदिने कथा लेखन कार्यशाला तथा प्रशिक्षण भएको छ ।  

    कार्यशाला तथा प्रशिक्षणमा कक्षा ६ देखि १० सम्मका ४२ जना विद्यार्थीहरु सहभागी भएका थिए ।  

    कार्यक्रममा बाल साहित्यकार विजयराज आचार्यले प्रशिक्षण दिएका थिए । कार्यक्रम समापनका अवसरमा प्रशिक्षक विजयराज आचार्यले  न्यू होराइजन राष्ट्रकै अग्रणी शैक्षिक संस्था भएकाले यहांका विद्यार्थीको प्रस्तुती र सिर्जना निकै राम्रो , परिपक्व देखिएको भन्दै प्रशिक्षण उपलब्धिमूलक भएको बताए ।

    उनले विद्यार्थीलाई सिर्जनशील बनाउन अभिभावकको पनि भुमिका हुने सुझाव दिए । 

    साहित्यकार ऋषिराम भुसालले विद्यार्थीको कथा लेखन उत्कृष्ट रहेको बताए । 

    विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले विद्यार्थीमा अन्तरनिहीत साहित्य प्रतिभा र  सिर्जना प्रस्फुटनका लागि यो कार्यक्रम आयोजना गरिएको र प्रभावकारी भएको बताए ।  कथा साहित्यको बहुआयामिक महत्व हुने र व्यक्तित्व विकासमा समेत टेवा पुराउने बताए । 


    कार्यक्रममा उपप्राचार्यहरु बालकृष्ण भण्डारी, बासुदेव अर्याल, राजीव श्रेष्ठ, अतिरिक्त क्रियाकलाप प्रमुख बालकृष्ण बस्याल, न्यू होराइजन साहित्य विभाग प्रमुख हरिप्रसाद पौडेल न्यू होराइजन बुक क्लबकी संयोजक सीमा विष्ट, कार्यशालामा सहभागी विद्यार्थीहरु अविरल न्यौपाने, साम्राज्ञी बेल्बासे, हिमांशु पौडल, प्रेक्षा  खनाल, अनिशा आचार्य, विद्या गुप्ता, रिजन खड्का, कृष्टी अधिकारी, अश्विन भण्डारी, आयुषा रिजाल, कविता अर्याल, आरुसी ज्ञवाली, नेन्सा थापा लगायतले कार्यशालाका अनुभवहरु सुनाएका थिए । विद्यार्थीले आफूले लेखेका कथा समेत वाचन गरेका थिए ।

    कार्यशाला पछि अब हरेक आइतबार कथा लेखन हुने प्रतिवद्धता समेत जनाइएको थियो ।  

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij