२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

निगमको वाइड बडी जहाज सी चेकपछि दुई महिनापछि फर्कियो

निगमको वाइड बडी जहाज सी चेकपछि दुई महिनापछि फर्कियो

निगमको वाइड बडी जहाज सी चेकपछि दुई महिनापछि फर्कियो

निगमको वाइड बडी जहाज सी चेकपछि दुई महिनापछि फर्कियो

निगमको वाइड बडी जहाज सी चेकपछि दुई महिनापछि फर्कियो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, भाद्र २७ २०८१
बिहिवार, भाद्र २७ २०८१

  • काठमाडौं । नेपाल वायुसेवा निगमको वाइड बडी ३३० जहाज सी चेक सम्पन्न गरेर २ महिनापछि फर्किएको छ ।

    निगमको वाइड बडी जहाज नियमित सी चेक मर्मत सम्पन्न गरेर विहिबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । यो विमान फर्किएसँगै निगमले लामो दुरीको जापान र अन्य अन्तर्राष्ट्रिय उडानमा तीन वटा जहाजले सेवा दिन निगमले जनाएको छ ।

    सी चेक अर्थात् कम्प्रिहेन्सिभ इन्स्पेक्सन भनेको जहाजको नियमित मर्मत हो । यस्तो मर्मत हरेक १८ देखि २४ महिनामा गरिन्छ । यसअन्तर्गत जहाजको प्रणाली, संरचना र सामग्रीहरुको विस्तृत परीक्षण गरिन्छ । विमानको बाहिरी संरचनादेखि फ्लाइट कन्ट्रोल, इन्जिन, ल्यान्डिङ गियर, इलेक्ट्रिक्ल सिस्टमसम्म परीक्षण गरिन्छ ।

    विमानको यसरी गरिने परीक्षण ए चेक, बी चेक, सी चेक र डी चेक गरी चार प्रकारको हुन्छ । ए र बी चेक सामान्य खालको हुन्छ भने सी र डी चेकमा विमानको विस्तृत परीक्षण गरिन्छ ।

    नेपाल वायुसेवा निगमले इटालीको एटीटेक एसपीए कम्पनी छनौट गरेर सी चेक गरेको थियो ।
       

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij