२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

कावासोतीमा ११ दिने दशैं मेला हुने

कावासोतीमा ११ दिने दशैं मेला हुने

कावासोतीमा ११ दिने दशैं मेला हुने

कावासोतीमा ११ दिने दशैं मेला हुने

कावासोतीमा ११ दिने दशैं मेला हुने
श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
बिहिवार, भाद्र २७ २०८१
बिहिवार, भाद्र २७ २०८१
  • नवलपुर । नवलपुरको कावासोती ६ विष्णुनगरमा ११ दिने दशैं मेला हुने भएको छ । विष्णु नगरमा रहेको प्रतिभा युवा क्लबको आयोजनामा कावासोती ६ विष्णुनगरको खेलमा मैदानमा असोज १५ गतेदेखि २५ गतेसम्म प्रथम विष्णुनगर दशै मेला हुन लागेको हो ।

    मेलाको बारेमा जानकारी दिन आज विहान विष्णुनगरमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार कावासोतीको पर्यटन, कृषी, व्यापार, कला संस्कृति प्रद्धर्बनका लागि कावासोती ६ विष्णुनगरमा ११ दिने दशैं मेला हुन लागेको हो । क्लब भवन निर्माणार्थ सहयोग जुटाउने उद्देश्यले मेला गर्न लागेको मेला आयोजक प्रतिभा युवा क्लबका सचिव पवन भुर्तेलले बताए ।

    मेलामा १ सय स्टल, बाल उद्यन, स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरु लगायतको प्रस्तुति रहने छ ।

    कावासोती ६ को प्रतिभा युवा क्लब विष्णु नगरको आयोजनामा असोज १५ गतेदेखि २५ गतेसम्म मेला चल्ने छ । विष्णुनगरको खेल मैदानमा हुने मेलामा ५० हजार दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा लिएको छ ।

    मेला सफल पार्नका लागि स्थानीय युवाहरु सक्रिय रुपमा लागिपरेका छन् । स्थानीय स्तरका कलासस्कृति, स्थानीय पर्यटकीय क्षेत्रको प्रचारप्रसार मुख्य उद्देश्य राखिएर मेला आयोजना गरिएको मेला संयोजक तथा क्लबका पूर्व अध्यक्ष झपेन्द्र काफ्लेले बताए ।

    दशैं मेला नाम दिइएर विष्णुनगरमा पहिलो पटक आयोजना गरिएको महोत्सवको आयोजकले मेला स्थल निर्माणको तयारी शुरु गरिसकेको छ । मेलामा स्टल, बाल उद्यन लगायत राखिने भए पनि मेला खास गरी मनोरञ्जन मुलक हुने प्रतिभा युवा क्लबका अध्यक्ष सोभित रानाले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij